शुक्रबार
१९ असार
२०७७

मेस्सीलाई पछि पार्दै रोनाल्डो बने विश्वमै सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडी

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

एजेन्सी - विश्व चर्चित खेलाडी तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडी बनेका छन् । उनले बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पनि पछि पार्दै विश्वकै धेरै आम्दानी गर्ने फुटबल खेलाडी बनेका हुन् । 

फोब्सले सार्वजनिक गरेको सुची अनुसार रोनाल्डोले ८५ मिलियन पाउण्ड  आम्दानी गरेका छन् । त्यस्तै सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको दोस्रो नम्बरमा परेका मेस्सीले ८४ मिलियन पाउण्ड आम्दानी गरेका छन् ।

रोनाल्डोले मेस्सीलाई १ मिलियन पाउण्डले मात्र पछि पारेका छन् । त्यस्तै सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको तेस्रो नम्बरमा पीएसजीका स्टार नेयमार परेका छन् । उनले ७७ मिलियन पाउण्ड आम्दानी गरेका छन् ।