• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी सहरमा कर्फ्यू, हजारौ गिरफ्तार

जेठ १९ २०७७
  • 1.6K
    SHARES
  • हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी सहरमा कर्फ्यू, हजारौ गिरफ्तार

    वासिङ्टन, पीटीआई - थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन । 

    देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा कफुर्यु आदेश जारी गरेका छन् ।

    केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । 

    अफ्रिकीमूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो । उहाँलाई एक स्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो । 

    सयौँ मानिसहरूले ४६ बर्षीय फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए ।

    देशभरका झण्डै १४० सहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन् । 

    गत छ दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झण्डै दुई दर्जन सहरहरुबाट प्रहरीले दुई हजार ५६४ जनालाई पक्राउ गरेको थियो ।

    घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरिसकिएको जनाएको छ भने दोषीलाई कारबाही गरिने भएकाले आन्दोलित नहुन सरकारी अधिकारीहरुले आग्रह पनि गर्दै आएका छन् ।  

    प्रहरीले कतिपय ठाउँमा अश्रु ग्यास र लाठी चार्ज गरेपनि प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न कठिन परिरहेको छ । 

    जर्जियास्थित सीएनएनको कार्यालय नजिकै विरोध गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए ।
     
    हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका डेरेक चौविनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ । चौविन र थप तीनजना प्रहरीहरूलाई यही घटनाकै कारण सेवाबाट यसअघि नै बर्खास्त गरिएको छ ।

    घटनाप्रति राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुःख व्यक्त गर्दै भयानक र भयानक घटनाको संज्ञा दिनुभएको छ । उहाँले फ्लोइडका परिवारसँग कुराकानी पनि गरेको बताउनु भएको छ ।

     


    जेठ १९, २०७७ सोमवार १८:०१:०० बजे : प्रकाशित

    अर्कोसमाचार

    इथियोपिया द्धन्द्धग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा  

    आषाढ १

  • 208
    SHARES
  • इथियोपिया द्धन्द्धग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा  

    संयुक्त राष्ट्रसंघ - संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ ।

    युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ ।संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

    उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ ।यसैकारणले सो क्षेत्रमा मानवीय सहायता पनि पु¥याउन सकिएको छैन । ती बालबालिका र उनीहरुका आमाबुबाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सो क्षेत्रमा आवश्यक खाद्य सहायता पु¥याउनु पर्ने बताइएको हो ।

    युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले सो क्षेत्रमा सहयोगका पु¥याउने कामको समन्वयका लागि र सहयोग दिनका लागि इथियोपियाको सरकार र अरु विश्वका दाताहरुमा आग्रह गर्नुभएको छ ।उहाँले उत्तरी इथियोपियामा कम्तीमा पनि २२ लाख मानिस सहयोगको आशामा रहेका बताउनुभयो । 

    उहाँले ती सबै नागरिकलाई सहयोग आवश्यक रहेको र उनीहरुको सहयोगका लागि आवश्यक वातावरण बनाएर उद्धार गरेर त्यहाँ सहयोग पु¥याउन सकेमा मात्र ३३ हजार बालबालिकाको ज्यान बचाउन सकिने जानकारी दिनुभएको हो ।सिन्ह्वा


    आषाढ १, २०७८ मंगलवार १४:०८:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इथियोपिया
  • ‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

    आषाढ १

  • 204
    SHARES
  • ‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह

    ब्रसेल्स - मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गर्नुभएको छ । 

    अमेरिकी समय अनुसार सोमबार अपरान्ह् उहाँले ट्वीटरमार्फत् सन्देश जारी गर्दै भन्नुभयो, “यदि तपाई (अमेरिकी) नागरिकहरूले खोप लगाउनुभएको छैन भने बिना कुनै ढिलाई खोप लगाउनुहोस् । धेरै स्थानहरूबाट खोप सेवा उपलब्ध भइरहेको बताउँदै उहाँले थप्नुभयो, “हामीसँग यो भाइरसलाई परास्त गर्न अझ धेरै काम बाँकी छ । सङ्क्रमण दरलाई कम गर्न खोप लगाउनुको विकल्प छैन ।”

    उहाँले सङ्क्रमणका कारण अमेरिकामा लगभग छ लाख व्यक्तिको मृत्यु भएको उहाँले बताउनुभयो । 

    “महामारीका कारण विश्व अर्थतन्त्रमा प्रभाब परेको बताउँदै उहाँले भन्नुभयो, अमेरिकालगायत विश्वका कुनै पनि मुलुकले महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोरेको छ । संयुक्त राज्य अमेरिका खोप अभियानपछि महामारी नियन्त्रणका साथै आर्थिक वृद्धिको बाटोमा अग्रसर भइसकेको र स्वास्थ्यका हिसाबले पनि देशका अधिकांश भागमा अवस्था सामान्य भइसकेको उहाँले दावी गर्नुभएको छ ।

    धेरै जसो देश सामान्य अवस्थामा फर्किएको छ र हाम्रो आर्थिक सुधारले विश्वलाई नेतृत्व गरिरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण भएको मृत्युको सङ्ख्या उल्लेख्यरूपमा घट्दैछ । यद्यपि यसैमा सन्तुष्टि लिने अवस्था भने आइसकेको छैन । 

    यसैबीच ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) शिखर सम्मेलनपछि गरिएको पत्रकार सम्मेलनका क्रममा उहाँले अमेरिकामा कोरोनाभाइरसबाट अझै पनि औसत दैनिक ३७० व्यक्तिको मृत्यु भइरहेको बताउनुभएको छ । 

    रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार राष्ट्रिय रूपमा आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत बयस्क अमेरिकीहरूले खोपको कम्तिमा एउटा मात्रा लगाउने उद्देश्य राखेको छ । सरकारको यो उद्देश्य पूरा हुन सहज भने देखिएको छैन । 

    राष्ट्रव्यापीरूपमा १८ बर्षभन्दा माथिका करीब ६४.५ प्रतिशत अमेरिकीले कम्तीमा खोपको एक मात्रा लगाइसकेका सीडीसीले जनाएको छ । एएनआई
     


    आषाढ १, २०७८ मंगलवार २०:४९:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # जो बाइडेन
  • विश्वभर १६ करोड १८ लाख कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    आषाढ २

  • 250
    SHARES
  • विश्वभर १६ करोड १८ लाख कोरोना संक्रमित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

    काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण विस्तारै घट्न थालेको छ ।  

    कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्रमितको संख्या बढेको देखिन्छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड ७४ लाख १४ हजार ४ सय ७१ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ३८ हजार ५ सय ६ पुगेको छ ।

    त्यस्तै हालसम्म विश्वमा १६ करोड १८ लाख ५९ हजार १६८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख १५ हजार ७ सय १७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४३ लाख ५२ हजार १ सय ८५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ८५ लाख ७८हजार ७ सय १ कोरोना संक्रमित निको भइसकेका छन् । 

    त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ९१ हजार १ सय ६४ पुगेको छ भने संक्रमितको संख्या १ करोड ७५ लाख ४३ हजार ८ सय ५३ पुगेको छ ।  

    sl.PNG


    आषाढ २, २०७८ बुधवार १०:३३:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

    आषाढ २

  • 180
    SHARES
  • इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प

    जाकार्ता – इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् ।

    भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । 

    भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।सिन्ह्वा

     


    आषाढ २, २०७८ बुधवार १८:१४:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता आज

    आषाढ २

  • 170
    SHARES
  • अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच बहुप्रतिक्षित भेटवार्ता आज

    जेनेभा – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बुधबार स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेटवार्ता हुँदैछ । अमेरिका–रुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समयमा यो बहुप्रतिक्षित भेटवार्ता हुन लागेको हो । 

    विगत चार महिनादेखि दुबै नेताले एकअर्का विरुद्ध तिखा व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए । राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षणप्राप्त ह्याकरहरुले द्वेषपूर्ण साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाउनु भएको छ । साथै उहाँले रसियाका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताउनु भएको छ ।

    तर रुसी राष्ट्रपति पुटिनले अमेरिकी आरोपहरुको खण्डन गरिरहनु भएको छ । अमेरिकी संसदमा गत जनवरी ६ मा भएको घटनालाई दृष्टान्त बनाउँदै राष्ट्रपति पुटिनले अमेरिकाले लोकतान्त्रिक मूल्यमान्यतालाई लिएर अरुलाई पाठ नपढाएको बेश हुने बताउनु भएको छ । 

    उहाँले अमेरिकी गुप्तचर निकायहरुले जेसुकै देखाए पनि अमेरिकी कुनै पनि चुनावलाई लक्षित गरेर आफूहरुले हस्तक्षेप वा साइबर आक्रमण नगरेको स्पष्ट गर्नु भएको छ ।

    अहिले, दुबै नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार हुनु भएको छ । यो वार्ता चार देखि पाँच घण्टा चल्ने अनुमान गरिएको छ । तर वार्ताबाट तत्कालै कुनै निश्कर्ष निस्कनेमा दुबै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले शुरु गर्नेछ ।

    राष्ट्रपति बाइडेनले यो भेटवार्ता दुबै देशबीच सम्बन्ध सामान्यीकरणमा एउटा महत्वपूर्ण कदम हुने बताउनु भएको छ । संयुक्तराज्य अमेरिका र रुस दुबैले आपसी सम्बन्धमा “स्थायित्व र अनुमानयोग्य” हुने विश्वास लिएको पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ । 

    बाइडेनले गत अप्रिलमा रुसी राष्ट्रपति पुटिनलाई टेलिफोन गरी अमेरिकी चुनावलाई प्रभावित तुल्याउन सक्रिय अमेरिकामा रहेका धेरै जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने तथा रुसी केही दर्जन व्यक्ति एवं कम्पनीमाथि प्रतिबन्ध लगाउने जनाउ दिनु भएको थियो ।अमेरिकी यस कदमको विरोधमा रुसले समेत प्रतिशोधपूर्ण कारबाही गरेको थियो ।  

    तर अहिले रुसी राष्ट्रपति र उहाँको टोली बाइडेनसँगको शिखर वार्ताका लागि जेनेभास्थित सम्मेलन स्थल भिल्ला ला ग्रान्जेमा आइपुग्न लागेको छ । त्यसलगत्तै बाइडेन र उहाँको टोली सम्मेलन स्थलमा पुग्नेछ । स्वीट्जरल्यान्डका राष्ट्रपति गाए पार्मिलिनले दुबै नेतालाई स्वागत गर्नु हुनेछ । 

    बाइडेन र पुटिनबीच संक्षिप्त भेटघाट पछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ पनि सहभागी हुनु हुनेछ । त्यसपछि दुई पक्षीय भेटवार्तामा दुबै पक्षका वरिष्ट अधिकारीहरु संलग्न हुनु हुनेछ । एपी


    आषाढ २, २०७८ बुधवार १९:४६:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जो बाइडेन
  • कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

    आषाढ २

  • 168
    SHARES
  • कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन– बेलायती प्रधानमन्त्री

    लन्डन - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताउनुभएको छ । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जि७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको बताइएको छ ।

    उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभएको थियो– शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।

    तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताउनुभएको थियो ।

    उहाँले यस विषयमा बेलायतका बैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताउनुभएको थियो ।सिन्ह्वा


    आषाढ २, २०७८ बुधवार २१:३२:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस