बुधबार
२४ असार
२०७७

बसन्तपुर युथ क्लवद्वारा रुकुम जाजरकोट हत्यालाई सरकारले गम्भीरता पुर्वक लिन माग  

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

चितवन - वसन्तपुर व्याइज तथा साइड नेपाल क्लवको विघटन पश्चात्त बनेको वसन्तपुर युथ क्लव माडिले रुकुम जाजरकोट सामुहिक हत्याका विषयमा सरकारले गम्भीरता नदेखाएको , मृतक परिवारलाई उचित न्याय दिन ढिलो गरेको साथै जातिय द्वन्द भड्कन वाट रोक्न गृह मन्त्रालय तथा नेपाल सरकारले उचित जोड दिनु पर्ने वताएका छन् । 

नव गठित क्लवले माडि नगरपालिकाले हिजो घोषणा गरेको अन्तर जातिय विवाहलाई सम्मान स्वरुप १ लाख दिने घोषणालाई समेत समर्थन गरेका छन् ।  साथै सवै प्रकारका विवाहलाई कडा रुपमा उमेर हदवन्दि लागू गर्न नगरपालिकालाई समेत ध्यानकर्षण गराएका छन् । 

आज वसेको क्लवको वैठकले आगामि क्लवका वार्षिक कार्यक्रमको टुङ्गो लगाउने भनिएता पनि पुन : अर्को वैठकवाट लकडाउन साथै अन्य समयलाई समेत सम्बोधन हुने गरि कार्यक्रम घोषणा गरिने कुरा क्लव प्रतिनिधि मिलन पनेरुले वताउनु भएको छ ।