बुधबार
२४ असार
२०७७

२० जुनदेखि शुरु हुने 'सिरी ए' फुटबलको खेल तालिका सार्वजनिक  

मंगलबार जेठ २०, २०७७/ Tuesday 06-02-20

एजेन्सी – कोरोनाभाइरसका कारण रोकिएको इटालियन सिरी ‘ए’ अब शुरु हुने भएको छ । गएको मार्च ९ देखि स्थगित भएको  सिरी ‘ए’ २० जुनदेखि शुरु गर्ने तयारी गरिएको छ । यसैक्रममा सिरी ए फुटबलको नयाँ खेल तालिका पनि सार्वजनिक गरिएको छ । 

२० जुनदेखि शुरु हुन लागेको खेलको तालिका इटालियन फुटबल फेडेरेसनले सार्वजनिक गरेको हो । खेल तालिका अनुसार जुन २० मा दुई खेल हुनेछन् । 

जसमा पर्माले काग्लियारी तथा एट्लान्टाले सासुलोसँग र जुन २१ मा इन्टर मिलानले साम्पोडोरियासँग खेल्नेछ । त्यस्तै तालिका अनुसार  युभेन्ट्सले जुन २२ मा बोलोग्नासँग खेल्नेछ । खेल शुरु हुने भनेपछि केहि समयअ अघि देखी नै  सिरी ‘ए’ क्लबहरुले प्रशिक्षण शुरु गरिसकेका छन् ।