बुधबार
२४ असार
२०७७

आज एकैदिन २८८ जनामा कोरोना संक्रमण, ४५ जना निको भएर घर फर्किए, कहाँ कति संक्रमित ?

मंगलबार जेठ २०, २०७७/ Tuesday 06-02-20

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको छ । 

मन्त्रालयको नियमित मिडिया ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको जानकारी दिए । जसमध्य २७० पुरुष र १८ जना महिला रहेका छन् । 

प्रवक्ता डा. देवकोटाकाअनुसार नयाँ संक्रमित हुनेहरुमा रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङ १७, प्यूठानका १, कञ्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १९, काठमाडौंका ४, नवलपरासी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रुपन्देहीका १० जनामा रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ९९ सय पुगेको छ । जसमध्ये १९४९ पुरुष र १५० महिला रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर घर फर्किनेको संख्या ४५ जना रहेका प्रवक्ता देवकोटाले जानकारी दिए । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या २६६ पुगेको छ भने ८ जनाले ज्यान गुमाएका छन् ।