शुक्रबार
२६ असार
२०७७

अभिनेता आशिष राय आईसीयुमा भर्ना, सलमानसँग मागे सहयोग

मंगलबार जेठ २०, २०७७/ Tuesday 06-02-20

एजेन्सी - भारतकै चर्चित टिभि सिरियल ‘ससुराल सिमरका’का कलाकार आशिष राय बिरामी परेका छन् । लामो समय देखि बिरामी परेका उनी स्वास्थ्यमा समस्या बढेपछि आईसीयुमा भर्ना भएका हुन् । 

एक अन्तवार्तामा मृगौलाले राम्रोसँग काम नगरेको बताएका उनी एक्कासी समस्या देखा परेपछि एसआरवी मल्टिस्पेशल अस्पतालको आईसीयुमा भर्ना भएको भारतिय मिडियामा जनाइएको छ । 

 निम्नआय भएका उनि बिरामी परेपछि आर्थिक सहयोग जुटाई अस्पताल लगिएको थियो । उनले फेसबुकमार्फत आफु बिरामि परेको बताउदै आफुलाई सहयोग गरिदिन आग्रह गरेका थिए । 

आफ्नो उपचारमा धेरै खर्च हुने भएपछि उनले भने, ‘अब सलमान खानसंग सहयोगको आशा गरेको छु उनले धेरै साथिहरुसंग सहयोग मागिरहेका छन् । उनि यतिबेला राय डायलिसिस गराइरहेका छन् ।