शुक्रबार
२६ असार
२०७७

पाकिस्तानका एक मन्त्रीको कोरोनाको संक्रमणबाट मृत्यु

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं - कोरोनाभाइरसका कारण पाकिस्तानका एक मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको कोरोनाभाइरसबाट मंगलबार मृत्यु भएको हो । 

कोरोना संक्रमित भएका मन्त्री गुलाम मुर्तजा बलोचको कराँचीको एक अस्पतालमा उपचार भइरहेको थियो । तर अचानक उनको उपचारकै क्रममा मंगलबार मृत्यु भएको हो । उनलाई गएको मे १४ मा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । 

पाकिस्तानमा हालसम्म कोरोना संक्रमितको संख्या ७६ हजार ३ सय ९८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय २१ पुगेको छ । त्यस्तै कोरोना निको हुनेको संख्या २७ हजार १ सय १० पुगेको छ ।