शुक्रबार
२६ असार
२०७७

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार आइतवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार ३ सय ६८ पुगेको छ भने संक्रमितको संख्या ६४ लाख ८४ हजार ९ सय ३९ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ३० लाख १० हजार ४ सय ८३ जना उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ८ हजार ५९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १८ लाख ८१ हजार २ सय ५ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ६ लाख ४५ हजार ९ सय ७४ जना निको भइसकेका छन् । 

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ३१ हजार ३ सय ९ पुगेको छ भने संक्रमितको संख्या ५ लाख ५८ हजार २ सय ३७ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार ५ सय ३० पुगेको छ भने संक्रमितको संख्या २ लाख ३३ हजार ५ सय १५ पुगेको छ ।