शुक्रबार
२६ असार
२०७७

फेरि क्वारिन्टिनमा अर्की महिलाको मृत्यु, चार दिनअघि भारतबाट आएकी थिइन्

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं । हरेक दिन क्वारिन्टिनमा बसेका मानिसको मृत्यु हुने क्रम बढेको छ । यसैक्रममा डडेल्धुराको क्वरेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। 

गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया महिलाको मंगलबार राति शौचालय जाँदा बेहोस भएलगत्तै मृत्यु भएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिएका छन्।

चार दिनअघि भारतबाट आएकी ती महिला श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका–१ ले निर्माण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन्। आजै उनको स्वाब निकालेर कोरोना परीक्षण गरिने भएको छ ।