शुक्रबार
२६ असार
२०७७

भोका पेटहरुलाई खाना खुवाउदै अनुप

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

लकडाउनका कारण धेरै पेट भोका रहेका छन् । दिनभरी काम गरेर दुई छाक टार्ने वर्ग पिडित रहेको छ। विभिन्न समयमा भिन्न व्यक्तिले राहत वितरण गरिरहेका छन्। यहि बीच अभिनेता अनुपविक्रम शाहीले मंगलबार राजधानीका विभिन्न ठाउमा पुगेर भोका पेटहरुलाई आहार बाडेका छन्। उनले चक्रपथ, बसुन्धारा, कमलादी, टुडिखेल खुल्लामन्च लगायतला स्थानमा पुगेर शाहीले खाना खुवाएका हुन्। 
काम विहिन श्रमिक, सडक वालवालिका, रिक्सा चालक, अशक्त, धापासी स्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल संस्थामा रहेका बालबालिकालाई भेटेर अनुपले खाना खुवाएका हुन् ।