शुक्रबार
२६ असार
२०७७

र्याप प्रेमीलाई 'अनलाइन र्याप व्याटल' प्रतियोगिता, राखियो आकर्षक नगद पुरस्कार

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्वका धेरै देश लकडाउनमा रहेका छन् । विस्तारै लकडाउन खुकुलो बन्दै गएका छन्। तर पनि लामो समयबाट मानिसको दैनिकी घरभित्र नै सिमित भएको छ। 
यहि बिचमा नीता प्रधानङ्ग र केटिएम सौल्जाले संयुक्त रुपमा  'शब्द संग्राम' नामक 'अनलाइन र्याप ब्याटल लकडाउन सेसन' गर्ने भएका छन्। यसमा मेरो मज्जाको कार्यलयको सहकार्य रहेको छ। मान्छेमा भएको सिर्जनशिलतालाई ई-प्लाटफर्मको सदुपयोग गर्दै आम नागरिकसमक्ष पुर्याउने उदेश्य रहेको आयोजकले जानकारी दिएको छ।  यसमा सहभागी जनाउन चाहनेले  sangramsabda@gmail.com  मा आफ्नो 16 Bar 
 पठाउन सक्नेछन्। कुनै उमेरहद नतोकिएको यो प्रतियोगितामा जो कोहिले सहभागिता  जनाउन सक्नेछन्। यसमा उत्कृष्ट हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।