शुक्रबार
२६ असार
२०७७

लकडाउन खुकुलो बनाउन प्रधानमन्त्री ओलीले बालुाटारमा बोलाए २५ जना विज्ञलाई

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं । लगातारको लकडाउनका कारण जनजीवन अस्तव्यस्त भइरहेको गुनासोकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका २५ जना विज्ञलाई बालुवाटार बोलाएर राय लिने भएका छन् । 

लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे स्वास्थ्य, अर्थ, सामाजिकलगायतका क्षेत्रका २५ जना विज्ञलाई बालुवाटार बोलाएका हुन् । 

लकडाउनको मोडालिटी तथा यसबाट उत्पन्न परिस्थिति र कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि चालिनु पर्ने कदमकाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले विज्ञहरुलाई डाकेका हुन् । 

यसअघि मंगलबार कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले  उद्योग व्यवसायी र सामाजिक क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेको थियो।