शुक्रबार
२६ असार
२०७७

रोनाल्डोले गरे मेस्सीको प्रशंसा, भने - 'उनी विश्वकै उत्कृष्ट फुटबलर हुन्'

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

एजेन्सी - विश्व चर्चित खेलाडी तथा ब्राजिलका चर्चित फुटबलर रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सीको प्रशंसा गरेका छन् । उनले लियोनल मेस्सीको तारिफ गर्दै विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका हुन् । 

रोनाल्डोले स्पेनिस पत्रिका एएससँग कुरा गर्दै  मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका हुन् । उनले कुराकानीको क्रममा मेस्सी अहिलेको नम्बर एक खेलाडी भएको र क्रिस्टियानो रोनाल्डो, नेयमारलगायतका अन्य खेलाडी टप फाइभभित्र पर्ने पनि बताए । 

कुराकानीमा उनले मेस्सी जस्तो प्रतिभा भएको अहिलेको अवस्थामा कोहि नरहेको पनि बताए । उनले उनको जस्तो प्रचिभा हेर्न अझै २०, ३० बर्ष लाग्ने पनि बताउ ।