शुक्रबार
२६ असार
२०७७

पाल्पामा थप २ जनामा देखियो कोरोना   

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं - पाल्पामा थप दुईजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा रामपुर नगरपालिका ९ का २३ र २८ वर्षका पुरूष रहेका छन् । यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । 

रामपुर नगरपालिका स्वास्थ्य प्रमुख तीर्थ ढुंगानाका अनुसार उनीहरुमा पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।  कोरोना संक्रमित २ जना रामपुरको सदावर्त सिताराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । उनीहरु गएको जेठ ११ गते भारतबाट आएका थिए । पाल्पामा थप २ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।