शुक्रबार
२६ असार
२०७७

कोरोना संक्रमण देखिएपछि केएमसी अस्पतालका सबै सेवा बन्द

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं - काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सबै सेवा बन्द गरिएको छ । स्वास्थ्यकर्मी र बिरामीलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि अस्पतालका सबै सेवा बन्द गरिएको हो । 

मंगलबार केएमसीमा रहेका दुई जना बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो । अस्पतालमा कोरोना संक्रमित भेटिएपछि अस्पतालले सबै विभागहरुमा निर्मलीकरण गर्न सबै सेवाहरु बन्द गरेको हो । अस्पतालले अर्को सूचना जारी नभएसम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको जनाएको छ ।