बुधबार
२४ असार
२०७७

अक्षय कुमारको कोरोना सम्बन्धी जनचेतनामूलक विज्ञापन सार्वजनिक (भिडियो)

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

एजेन्सी - बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार । कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण फिल्मी कार्यक्रमहरु नहुँदा पछिल्लो समय उनी घरमै बसिरहेका छन् । उनले कोरोना महामारीको समयमा समस्यामा परेका दैनिक ज्यालादारी गरेर खाने मानिसहरुलाई सहयोग गरिरहेका छन् । 

त्यस्तै उनले सामाजिक सञ्जालमार्फत विभिन्न जनचेतनामूलक सामाग्रीहरु पनि शेयर गरिरहेका छन् । यसैक्रममा हालै उनले एक भिडियो शेयर सार्वजनिक गरेका छन् । उक्त भिडियो जनचेतनामूलक विज्ञापन हो । 

उनले हालै भारत सरकारसँग हातेमालो गरी जनचेतनामूलक विज्ञापनको छायांकन गरेका थिए । त्यही भिडियो उनले युट्युबमा सार्वजनिक गरेका हुन्। यस भिडियोमा  कोरोना महामारीबीच पनि काममा जाँदा मास्क लगाउने, समय–समयमा साबुनपानीले हात धुने, प्रत्येक व्यक्तिबीच कम्तिमा २ मिटरको दूरी कायम गर्नेलगायत सावधानी अपनाउनु पर्नेबारे जानकारी गराइएको छ ।