बिहीबार
२५ असार
२०७७

भारतका चर्चित फिल्म निर्देशक बासुको निधन 

बिहीबार जेठ २२, २०७७/ Thursday 06-04-20

एजेन्सी - भारतका चर्चित फिल्म निर्माता तथा निर्देशक बासु चटर्जीको निधन भएको छ । भारतिय मिडियाका अनुसार केही समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका उनको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको जनाइएको छ । उनको निधन भएको बारे निर्माता अशोक पण्डितले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् । 

बिहीबार निधन भएका उनको  मुम्बईको शवदाह गृहमा अन्तिम संस्कार पनि गरिसकिएको जनाइएको छ । उनले उनले पिया का घर, उस पार, रजनीगन्धा, छोटी सी बात, चितचोर, स्वामी, खट्टा मीठा, प्रियतमा लगायतका धेरै फिल्मको निर्देशन गरेका थिए ।