शुक्रबार
१९ असार
२०७७

नेपालमा थप एक जनाको कोरोनाबाट मृत्यु, संख्या १० पुग्यो

बिहीबार जेठ २२, २०७७/ Thursday 06-04-20

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । 

पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो । मृत्यु हुने पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो । 

उनी भारतबाट पाँच दिनअघि आएका थिए । मृत्यु भएका पुरुषको स्वाब भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा पोजेटिभ आएको हो । मृतक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।