शुक्रबार
२९ कार्तिक
२०७६

नेपाली श्रमिकको समस्या समाधान गर्न युएई सहमत, श्रम सम्झौता कार्यान्वयन गर्न बैठक बस्ने

बुधबार असोज २९, २०७६/ Wednesday 10-16-19

काठमाडौं । नेपाल र युएईबीच श्रम सम्झौता कार्यान्वयन गर्ने विषयमा दुई देशको संयुक्त कार्य समितिको बैठक काठमाडौंमा बस्ने भएको छ । हाल युएई भ्रमणमा रहेका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र त्यहाँका समकक्षी मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीबीच भएको भेटवार्तामा यूएईसँगको श्रम सम्झौता कार्यान्वयन सम्बन्धमा छलफल गर्न आउँदो नोभेम्बर पहिलो हप्ता संयुक्त कार्य समितिको बैठक नेपालमा बस्ने सहमति भएको हो । 

सो भेटवार्ताका क्रममा मन्त्री विष्टले नेपाली श्रमिकले भोग्नु परेको समस्याको जानकारी गराउँदै समाधान गर्न आग्रह गरेका छन् । जवाफमा  मन्त्री हम्लीले नेपाली श्रमिकको समस्या समाधान गर्न यूएई सकारात्मक र गम्भीर रहेको भन्दै सुधारका प्रयासमा रहेको जानकारी दिए । बुधबारदेखि दुबईमा सुरु हुने मन्त्रीस्तरीय पाँचौँ आबुधाबी डायलगमा सहभागी हुन मन्त्री विष्ट मंगलबार यूएई पुगेका हुन् ।