शनिबार
७ मङ्सिर
२०७६

छ माया छपक्कै हेर्न रवि लामिछाने दम्पति हल सम्म पुगे (भिडियो)

बुधबार असोज २९, २०७६/ Wednesday 10-16-19

दिपक दिपाको टिमले निर्माण गरेको चलचित्र छ माया छपक्कैले बम्पर ओपनिङ्ग गरे संगै चलचित्र टिमले आज जय नेपाल हलमा विशेष शो आयोजना गरेको छ । सेलिब्रिटीहरु देखि मन्त्रिहरु यस चलचित्र हेर्न हल सम्म पुगेका छन् जसले यस विशेष शोको माहोललाइ रोचक बनायो ।

चलचित्र हेर्न रवि लामिछाने दम्पति पनि पुगेका थिए । प्राय कमै देखिने रवि दम्पति यस चलचित्रका लागि समय निकालेर आएका हुन् र पुरै चलचित्र हेर्ने गरि आएको बताएका थिए । भुवन केसी देखि करिश्मा मानन्धरहरु यस शोको मुख्य आकर्षणहरु बन्न पुगे भने मन्त्रिहरुमा लाल बाबु पण्डित देखि योगेश भट्टराइ सम्म पुगेका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि चलचित्र हेर्न पुगेका छन् ।