शुक्रबार
२६ असार
२०७७

नेपालबारे अमेरिकाको डर लाग्दो प्रतिवेदन, आतंकवादी आक्रमण हुन सक्ने

शुक्रबार असार १२, २०७७/ Friday 06-26-20

काठमाडौं । नेपालको सुरक्षा प्रणाली र व्यवस्थालाई लिएर अन्तर्राष्ट्रिय जगतबाट बेला बेलामा असन्तुष्टि जनाउँदै आएका छन् । नेपालको सुरक्षा अवस्थालागयतलाई कारण देखाएर नेपालको हवाइ सेवा असुरक्षित रहेको बताउँदै आएका छन् । 

यही बेला अमेरिकाले तयार पारेको एक प्रतिवेदनमा नेपालमाथि आतंकवादी आक्रमण हुन सक्ने उल्लेख गरेको छ । भारतसँगको नेपालको खुला सीमालाई दुरुपयोग गरेर आतंककारीहरुले नेपालमा आक्रमण हुन सक्ने सार्वजनिक प्रतिवेदनले दावी गरेको छ । 

बुधबार राति सार्वजनिक भएको आतंकवादसम्बन्धी गत वर्षको प्रतिवेदनमा अन्तर्राष्ट्रिय आतंककारीहरूले नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्न सक्ने आंकलन गरिएको छ ।  नेपालको खुला सीमा र एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकललाई कारण बनाउँदै अमेरिकाले सो प्रतिवेदनमा नेपाल ट्रान्जिट प्वाइन्ट हुन सक्ने उल्लेख गरेको छ