शुक्रबार
२६ असार
२०७७

आतंककारी संगठनका कमाण्डर नेपाली, सोमालियामा मारिए

आइतबार असार १४, २०७७/ Sunday 06-28-20
फाइल तस्बिर

काठमाडौं । हालै सोमालियामा मारिएका आतंकाकारी संगठन अल सबाबका कमाण्डर नेपाली रहेको दाबी अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले गरेको छ । गत बिहीबार सोमालियाको सरकारी सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका कमाण्डर नेपाली रहेको दाबी गरिएको हो । 

उनी नेपालको भनिए पनि थप विवरण केही खुलाइएको छैन । सोमालियाको सरकारी रेडियोलाई उद्धृत गर्दै रोयटर्सले उनी नेपालबाट गएको भन्ने सम्ममात्रै उल्लेख गरिएको छ । 

सन् २००८ बाट सोमालियामा मुस्लिम राज्य स्थापनाका लागि भन्दै अल सबाब सक्रिय रहँदै आएको छ ।