• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

साम्राज्ञीलाई भुवनले दिए कडा जवाफ -  ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने

क्यानाडानेपाल आषाढ १५ २०७७
  • 5.4K
    SHARES
  • साम्राज्ञीलाई भुवनले दिए कडा जवाफ -  ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने

    काठमाडौं पछिल्लो समय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको एक भिडियोले निकै चर्चा पाएको छ । उनले उक्त भिडियोमा फिल्ममा भोगेको अनुभव बताएकी थिइन् ।  भिडियोमा फिल्म क्षेत्रमा  निर्माता र निर्देशकले अपशब्द बोल्ने गरेको बताएकी थिइन् । 

    उनको उक्त भनाईप्रति आइतबार बेलुका अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै  जुन थालमा खाने त्यही थालमा दुलो पार्ने भन्दै आक्रोश पोखेका हुन् । 

    उनले फेसबुकमा लेखेका छन् - खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’

    \"\"

    यसअघि अभिनेत्री साम्राज्ञीले एक भिडियोमा भनेकी थिइन् - १७ बर्षको उमेरमा चलचित्रमा डेव्यु गरे।  त्यो बेला धेरैले हाम्रो क्षेत्र सानो छ कति कुरा बाहिर निकाल्नु हुन्न, भन्नु हुन्न भन्थे।  काम नपाउने, चलचित्र नै नपाउने जस्तो कुरा पनि गर्थे।   हरेक चलचित्रको प्रमोशनमा जादा सोधिने किन घमण्डी, किन मान्छेले घृणा गर्छन् लगायतका प्रश्नले दिक्क हुन्थे। मैले जति पनि व्यानरसंग काम गरे त्यो मध्ये धेरैसंग काम नदोहोरिनुको  कारण उहाहरुले मलाई गर्ने व्यवाहार नै हो।  एउटा कलाकारले पाउनु पर्ने सानो सम्मान सम्म यहा पाइदैन । कति पटक ह्यारेश्मेंट हुन्थ्यो।  तर पनि त्यो सब कुरालाई जोक जस्तो मानेर मुहारमा हासो ल्याएर काम गर्नुपर्थ्यो। ' 

    कतिसम्म भयो भने समयमा खान र पानीको व्यवस्था नहुदा यसको बारेमा बोल्यो भने सवैको अगाडी अपशब्द प्रयोग गरेर बोलिन्थ्यो।  आक्रमण गर्ने शैलीमा आउथे, धेरै बेर रुन्थे अनि केहि नभएजस्तो गरेर फेरी मेकअप गरेर सुटिङ्ग ज्वाइन गर्थे किनकि मलाई काम संग प्रेम छ, कामको सम्मान गर्नुपर्छ भन्ने मलाई थाह छ र मैले सकेको १०० प्रतिशत भन्दा बेसी मेहनत लगाएर नै काम गर्थे।  

    एउटा यस्तो नमिठो अनुभव पनि मैले भोगेकी छु कि एक चलचित्रमा मैले साईन गरे।  उहाको बानि व्यवहार र उहाको रुष्टपनलाई लिएर धेरै चर्चा हुने गर्दथ्यो।  तर पनि मलाइ उहा त्यस्तो लाग्दैनथ्यो।  तर जब चलचित्रको काम सुरु भयो मेरो विस्वास एकैपटकमा टुट्यो।  

    काम गरेको व्यानरबाट फेरी अफर नआएको हैन तर मैले फेरी त्यहि टिमसंग काम गर्ने आँट नै गरिन्।  यस्तो बिषयमा धेरै खुलेर कुरा गर्न खोज्नुहुन्न अनि चलचित्र मेकरहरु पनि यस्तो कुरा बाहिर नाओस भन्ने चाहनुहुन्छ तर यस्तो नाओस भन्ने सोच्ने मान्छेले कलाकारलाइ थोरै भए पनि सम्मान दिन सक्नु भएको भए पनि त हुन्थ्यो।  यस्ता कुरा धेरै पहिलेबाट बोल्न चाहन्थे तर एकजना चलेको निर्देशकले तिमि चलेको अभिनेत्री हौ यस्तो कुरा गर्नु राम्रो हुन्न समेत भन्नु भयो।  

    मलाई थाह छ यो सव बोलेपछि मैले अझ धरै घृणा पाउछु होला अथवा माया पनि पाउन सक्छु तर यो बोल्न आवश्यक थियो।  घृणापाउने नकारात्मक प्रतिक्रिया पाउने त बानी भैसक्यो मलाई। यी सबै कुरा म डिटेल्समा भन्न चाहन्छु तर लाग्दैन यो सबै कुरा भन्न सक्छु होला । अथवा यी सवै कुरा भन्दा नराम्रो इमेज पनि बन्छ होला म त्यो कसैको होस् भन्ने चहान्न।' 

     


     


    आषाढ १५, २०७७ सोमवार ०८:५५:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    'नबोली जित्छौ तिमी' मा नरेश र करुणाको रोमान्स (भिडियो)

    क्यानाडानेपाल

    माघ १५

  • 204
    SHARES
  • 'नबोली जित्छौ तिमी' मा नरेश र करुणाको रोमान्स  (भिडियो)

    काठमाडौं - चर्चित सञ्चारकर्मी तथा मोडल नरेश भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । 

    गायक कुमार दवाडीको सुमधुर स्वरमा सजिएको ‘नबोली जित्छौ तिमी’ बोलको गीतको भिडियो बिहिबार युट्युबमा सार्वजनिक भएको हो । भिडियो कुमार क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

    गीतमा होम न्यौपानेको शब्द र दिपक भट्टराईको संगीत रहेको छ । भिडियोमा सञ्चारकर्मी भट्टराई र मोडल करुणा श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियोमा नरेश र करुणा प्रेमजोडीको रुपमा देखिएका छन् । 

    भिडियोमा सागर प्रधानको छायाँकन, विकास दाहालको सम्पादन  र युवराज वाइवाको निर्देशन रहेको छ ।  


    माघ १५, २०७७ बिहिवार १८:४३:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नरेश भट्टराई

  • क्यानाडानेपाल डेस्क

    हलिउड फिल्ममा अभिनय गर्दै नेपालकी अञ्जली लामा

    क्यानाडानेपाल

    माघ १४

  • 470
    SHARES
  • हलिउड फिल्ममा अभिनय गर्दै नेपालकी अञ्जली लामा

    काठमाडौं - नेपाली मोडल अञ्जली लामाले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन् । भारतमा मोडलिङ गरिरहेकी ट्रान्सजेन्डर अन्जलीले हलिउड फिल्म ‘सेयरिङ अ राइड’मा अभिनय गर्ने भएकी हुन् । 

    उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग अभिनय गर्ने बताइएको छ । महिलाको विषयवस्तुमा बन्न लागेको यस फिल्मलाई लीना यादवले निर्देशन गर्न लागेकी छिन् । 

    महिला कलाकार मात्र हुने यस फिल्ममार्फत ज्याकलिनले पनि डेब्यु गर्दैछिन् । ६ हिस्सामा बाँडिएको फिल्मको निर्देशन विश्वका अलग निर्देशकले निर्देशन गर्ने बताइएको छ । 

    फिल्मको छयांकन इटली, भारत र अमेरिकामा हुनेछ । सन् २०१७ देखि अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भएकी अञ्जली मुम्बईमै रहेर मोडलिङ गरिरहेकी छिन् । 

     
     


    माघ १४, २०७७ बुधवार २०:१५:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अञ्जली लामा

  • क्यानाडानेपाल डेस्क

    बर्षाले किन छोडिन् 'सुदुर' ?

    क्यानाडानेपाल

    माघ १४

  • 386
    SHARES
  • बर्षाले किन छोडिन् 'सुदुर' ?

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटीले फिल्म 'सुदुर' छाडेकी छिन् । 

    रमेश बुढाथोकीको निर्देशनमा बन्ने यस फिल्ममा वर्षा सिवाकोटीको मूख्य अभिनय रहने बताइएको थियो । तर बर्षाल यस फिल्ममा अभिनय नगर्ने भएकी छिन् । 

    Barsha-Siwakoti-4.jpg

    फिल्मको छायांकन पटक पटक सारिएपछि बर्षाले फिल्म छाडेको बताइएको छ । उनले डेढ बर्ष अघि यस फिल्ममा साइन गरेकी थिइन् । 

    फिल्म छायांकन हुनेमा शंका उत्पन्न भएपछि बर्षाले फिल्ममा अभिनय नगर्ने भएकी हुन् ।  फिल्मको छायांकन जुम्लामा गर्ने तयारी रहेको छ । अब बर्षा फिल्म परदेशी २ मा प्रकाश सपुतसँग देखिदैछिन् । 

     


    माघ १४, २०७७ बुधवार १३:४०:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वर्षा सिवाकोटी

  • क्यानाडानेपाल डेस्क

    अब चुप बस्दैनौ भन्दै यसरी आक्रोश पोखे रेखा र मनिषाले, कार्यक्रममै चल्यो रुवाबासी (भिडियो)

    क्यानाडानेपाल

    माघ १३

  • 2.0K
    SHARES
  • अब चुप बस्दैनौ भन्दै यसरी आक्रोश पोखे रेखा र मनिषाले, कार्यक्रममै चल्यो रुवाबासी (भिडियो)

    काठमाडौं - बलिउड अभिनेत्री मनिषा कोइराला र नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री रेखा थापा पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रिय छन् । 

    सामाजिक सञ्जालमार्फत पनि आवाज उठाउदै आइरहेका यी अभिनेत्री राष्ट्रिय एकता परिषद् मार्फत सामाजिक कामहरु गरिरहेका छन् । मंगलबार राष्ट्रिय एकता परिषद्ले आयोजना गरेको महिला अधिकार सम्बन्धी कार्यक्रममा  मनिषा र रेखा दुवै सहभागी भएका थिए । 

    उक्त कार्यक्रममा दुवै अभिनेत्रीले महिला अधिकार सम्बन्धी आआफ्ना धारणाहरु राखेका छन् । भिडियोमा देखाए जस्तै सहभागीले सुनाएका समस्या र पीडा सुनेर मनिषा र रेखाले आशुँ थाम्न सकेनन् । कार्यक्रममा नै उनीहरु निकै भावुक बने । 

    बालविवाह अन्त्यको अभियानमा पनि सहभागी रेखाले कार्यक्रममा मेची देखी महाकालीसम्म पुग्दा अनौठा उदाहरण देखेको बताइन् । उनले योगमायालाई अहिलेको अवस्थाको सिर्जना गर्नुमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरिन् ।


    माघ १३, २०७७ मंगलवार २२:०६:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेखा थापा
  • # मनिषा कोइराला

  • क्यानाडानेपाल डेस्क

    गीता ढुंगानाले पुष्पलाई भन्दैछिन् 'दिइसके यो जिवन '

    क्यानाडानेपाल

    माघ १३

  • 330
    SHARES
  • गीता ढुंगानाले पुष्पलाई भन्दैछिन् 'दिइसके यो जिवन '

    काठमाडौँ । नायक तथा मोडल पुष्प खड्का र  गीता ढुंगानाको अभिनय रहेको 'दिइसके यो जिवन' बोलको गीतको भिडियो रिलिज गरिएको छ । 

    गायक एच. बी.  सुनार र मन्जु उपासनाको स्वरमा रहेको गीतका शब्द शान्त गोविन्द महर्जनको शब्द र एच. बी. सुनारकोनै संगीत रहेको डान्सिङ शैलीको यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ । 

    ज्ञानेद्र शर्माको सिनेमाटोग्राफी,सुबोल थापाको कोरियोग्राफी ,रहेको भिडियोमा अमृत चापागाईको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ । 

    प्रेम रोमान्सले भरिएको भिडियोमा निर्माण यूनिटले निकै मेहेनत गरेको देखिन्छ । हेर्नुहोस् भिडियो


     


    माघ १३, २०७७ मंगलवार २१:२७:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गीता ढुंगाना
  • # पुष्प खड्का

  • क्यानाडानेपाल डेस्क

    पहिलेकी मोटी रेखा अहिले भइन् स्लिम, नयाँ फिल्मका लागि घटाइन् २० किलो तौल

    क्यानाडानेपाल

    माघ १३

  • 1.4K
    SHARES
  • पहिलेकी मोटी रेखा अहिले भइन् स्लिम, नयाँ फिल्मका लागि घटाइन् २० किलो तौल

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा अब नयाँ फिल्मको तयारीमा लागेकी छिन् ।

    केही महिनादेखी आफ्नो मोटो शरिर स्लिम बनाउनमा लागेकी रेखाले फिल्मकै लागि तौल घटाएकी छिन् । उनले केही महिनामै २० किलो आफ्नो तौल घटाएकी छिन् । 

    rekha.jpg

    पहिलेकी मोटी रेखा अहिले स्लिम भएकी छिन् । निर्देशक तथा निमात्री समेत रहेकी रेखाले अब नयाँ फिल्म बनाउदैछिन् ।

    उनले आउँदो बैशाखदेखि होमप्रोडक्सनमा निर्माण हुने फिल्मलाई छायांकनमा लैजाने बताएकी छन् । 

    rekha.jpg

    रेखाले आफ्नै निदैशनमा फिल्म निर्माण गर्दैछिन् । उनले एक्सनवाला फिल्म निर्माण गर्ने बताइएको छ । उनले अहिले आफ्नो नयाँ फिल्मका लागि आफुलाई मेन्टेन गरिरहेकी छिन् । 

    rekha.jpg

    कोरोना संक्रमणको बेलामा जिम जान जोखिम हुने हुनाले उनले घरमै दैनिक व्यायम गर्दै आइरहेकी छिन् । केही समयदेखी ट्रेनर विज्जु पार्कीसँग अभ्यास गरेका तस्बिरहरु  सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।  


    माघ १३, २०७७ मंगलवार २०:२९:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेखा थापा

  • क्यानाडानेपाल डेस्क