शनिबार
२० असार
२०७७

सानदार जित निकाल्दै रियल म्याड्रिड फेरि शीर्ष स्थानमा, बार्सिलोना पर्‍यो पछि

सोमबार असार १५, २०७७/ Monday 06-29-20

काठमाडौं - आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले सानदार जित हासिल गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा रियल म्याड्रिडले स्पानियोललाई १–० गोलले पराजित गर्न सफल भयो । 

खेलमा रियलका क्यासिमिरोले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै रियल म्याड्रिड लिगको शिर्ष स्थानमा उक्लिएको छ । स्पानियोलको घरेलु मैदानमा भएको उक्त खेल दुबै टिमबीच निकै प्रतिस्पर्धा भएको थियो ।