शनिबार
२० असार
२०७७

आजदेखि शेयर बजार खुल्यो, सर्किट ब्रेकको नियम पुरानै हुने

सोमबार असार १५, २०७७/ Monday 06-29-20

काठमाडौँ - कोरोनाभाइरसका कारण लामो समयदेखि बन्द भएको धितोपत्र बजार आजबाट नियमित शुरु भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक बोर्डको बैठकले आजदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्ने जनाएको थियो । 

सोही अनुरुप सेयर बजार पुनस् रुपमा सञ्चालन भएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार सञ्चालन हुने जनाइएको छ । सर्किट ब्रेक र कम्पनीको मूल्य परिवर्तन सीमा गएको चैत्र १० भन्दा अगाडीकै ब्यबस्था अनुसार  हुने जनाइएको छ ।