शनिबार
२० असार
२०७७

काठमाडौं, ललितपुर र भक्तपुरमा थप ८ जनामा कोरोना संक्रमण

सोमबार असार १५, २०७७/ Monday 06-29-20

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा आठ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभर देखिएका नयाँ ४७६ जनामा संक्रमित मध्ये आठ जना काठमाडौं उपत्यकाका रहेका जानकारी दिएका हुन् । 

सोमबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंका ६, ललितपुरका १ र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।साथै उनकाअनुसार पछिल्लो २४ घण्टामा मुलुकभर देखिएका ४७६ जनामा संक्रमितमध्ये ३६४ पुरुष र ११२ जना महिला रहेका छन् । 

नयाँ संक्रमित हुनेहरुमा मोरङका १, सप्तरीका १५, धनुषाका ६, मोहत्तरीका ४, पर्साका १, बाग्लुङका १४, अर्घाखाँचीका ३८, भक्तपुरका १, धनकुटाका १, गोरखाका ५, गुल्मीका २०, खोटाङका १, पाल्पाका २३, पर्वतका १३, प्युठानका ९, रौतहटका १८, रोल्पाका १, रुपन्देहीका ५, स्याङ्जाका ८, तनहुँका ९, धादिङका १, काठमाडौंका ६, चितवनका ४, कैलालीका ३०, बाराका ३, मकवानपुरका १, काभ्रेका १, ललितपुरका १, बाजुराका ९८, कपिलवस्तुका २, डोल्पाका २, कालिकोटका २, दाङका ५८, रुकुम पश्चिमको १ र डोटीका ६९ जना रहेका प्रवक्ता डा. गौतमले जानकारी दिए । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमध्ये ११ हजार ६ सय ६२ जना पुरुष र एक हजार पाँच सय ८६ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा १२१ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ३१३४ पुगेको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ रहेको छ । 
............