• Jan 17 2021 | २०७७, माघ ४गते

२०७७, माघ ४गते

प्रिमियर लिग : बेन मीले जिताए बर्नलीलाई

क्यानाडानेपाल आषाढ १६ २०७७
  • 1.0K
    SHARES
  • प्रिमियर लिग : बेन मीले जिताए बर्नलीलाई

    काठमाडौं - सोमबार राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा बर्नलीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बर्नलीले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा बर्नलीलाई जित दिलाउन बेन मीले एक गोल गरे । उनको गोल नै निर्णायक बन्यो । उनले खेलको ६२ औं मिनेटमा गोल गरेका हुन् जितसँगै बर्नलीले तालिकाको आठौं स्थानमा ओगटेको छ । 

     


    आषाढ १६, २०७७ मंगलवार ०७:२८:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    माडी गोल्ड कप आजबाट शुरू, विभिन्न जिल्लाका टिमहरूको सहभागीता रहने

    क्यानाडानेपाल

    माघ ३

  • 312
    SHARES
  • माडी गोल्ड कप आजबाट शुरू, विभिन्न जिल्लाका टिमहरूको सहभागीता रहने

    चितवन - चितवनको माडीकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता माडी गोल्ड कपको दोश्रो संस्करण आज बाट शुरू हुँदैछ । 

    चितवन लगायत विभिन्न जिल्लाका टिमहरूको सहभागीता रहने यस प्रतियोगिताको उदघाटन कार्यक्रम आज दिउँसो हुँदैछ ।माडी गोल्ड कपको उदघाटन माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले गर्ने बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालले जानकारी दिए । 

    प्रतियोगिता  आगामी माघ ८ गते सम्म चल्नेछ । आज हुने पहिलो खेलमा लेखनाथ युनाइटेड क्लव पोखरा र हनामी एभरेष्ट क्लव चितवन भीड्ने छन् ।

     प्रतियोगितामा विजेता हुने टिमले रू २ लाख ट्रफी मेडल प्रमाणपत्र पाउनेछ भन उपविजेता टिमले रु १ लाख र ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । 

    madi.jpg


    माघ ३, २०७७ शनिवार ०९:३५:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माडी गोल्ड कप

  • नेत्र भुषाल

    विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्स दाहालले मारे छलाङ, कति औँ स्थानमा ?

    क्यानाडानेपाल

    माघ ३

  • 168
    SHARES
  • विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्स दाहालले मारे छलाङ, कति औँ स्थानमा ?

    काठमाडौं - विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिएका छन् । यसअघिको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए । 

    दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहेका छन्। विश्व बरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका छन् । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा रहेका थिए । नेपालका जुनियर खेलाडी दाहालले पाउनुभएको यो अहिलेसम्मकै ठूलो सफलता हो । 

    व्यक्तिगत तथा देशकै लागि ठूलो उपलब्धि भएको दाहालले बताए । उनी पुष्पलाल स्मृति ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिता खेल्ने क्रममा सिरहाको गोलबजारमा छन् । दाहाल शुक्रबार भएको क्वाटरफाइनलको खेलमा नवीन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो सफलता भएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिमको दार्चुला घर भएका दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आवद्ध छैनन् । उनी आफ्नो प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन् । विसं २०७६ चैतमा विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको बरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए । 

    विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल ३२औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा पुस अन्तिम साता १०औँ स्थानमा उक्लिएका थिए। दार्चुला सदरमुकाम खलङ्गा घर भएका १७ वर्षीय दाहाल हाल ललितपुरको जाउलाखेलस्थित डाँफे इङ्गलिस बोर्डिङ स्कूलमा १० कक्षामा अध्ययनरत छन् । विश्व ब्याडमिन्टन महासङ्घले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व बरियता निर्धारण गर्दै आएको छ । रासस
     


    माघ ३, २०७७ शनिवार ०८:१३:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रिन्स दाहाल

  • क्यानाडानेपाल डेस्क

    सानदार जित निकाल्दै बिल्वाओ सुपर कपको फाइनलमा  

    क्यानाडानेपाल

    माघ २

  • 494
    SHARES
  • सानदार जित निकाल्दै बिल्वाओ सुपर कपको फाइनलमा  

    काठमाडौं - गए राति स्पेनिस सुपर कप अन्तर्गत भएको खेलमा एथलेटिको बिल्वाओले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा बिल्वाओले रियल  म्याड्रिडलाई २–१ गोलले पराजित गर्दै सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

    उक्त खेलको १८औं मिनेटमा  बिल्वाओका राहुल गार्सियाले गोल गरुी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ३८औं मिनेटमा बिल्वाओका गार्सियाले अर्को गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७३औं मिनेटमा रियलका करिम बेन्जेमाले गोल फर्काए ।  


    माघ २, २०७७ शुक्रवार ०८:३४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस सुपर कप

  • क्यानाडानेपाल डेस्क

    एनसेल बाह्रखरी गल्फ माघ २४ गते पोखरामा हुने

    क्यानाडानेपाल

    माघ १

  • 222
    SHARES
  • एनसेल बाह्रखरी गल्फ माघ २४ गते पोखरामा हुने

    काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ ।

    एनसेलसँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म पोखरामा सम्पन्न हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो ।

    पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

    कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाईनै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरालाई ‘एनसेल बाह्रखरी गल्फ’को केन्द्रबिन्दु बनाइएको प्रधानले जानकारी दिए ।

    पोखरामा हुने यस प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने छ । 

    खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ ।  साथै पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले माघ २३ गते शुक्रबार साइकल र्‍याली आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    पोखराको हलनचोकदेखि हिमालयन गल्फ कोर्स विजयपुर मझेरीपाटनसम्म साइकल र्‍याली हुनेछ । गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा फेब्रुअरी ६ तारिख अर्थात माघ २४ गते हुनेछ । 

    जहाँ ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । साथै अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै होल इन वन गर्ने खेलाडीलाई हुन्ड्याई ग्रान्ड आइटेन नियोस उपहार राखिएको बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर  आचार्यले जानकारी दिए ।

    एनसेल प्रमुख प्रायोजक रहेको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब दुई सय पाहुना सम्मिलित हुनेछन् । पोखराका प्रतिष्ठित उद्यमी, व्यवसायी तथा गण्यमान्य गरी करिब तीन सय पाहुना गल्फको पुरस्कार वितरण समारोहमा विशेष आमन्त्रित हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, र्‍याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको छ । प्रतियोगितामा उपस्थित पाहुनाका लागि १६ वटाभन्दा बढी होटलमा बस्ने व्यवस्था गरिएको छ भने रेष्टुरेन्ट एवम् बार एशोसिएसन पोखरासँग आवद्ध २५ बढी रेष्टुरेन्टमा बाह्रखरीका पाहुनाका लागि तीन दिन २३, २४ र २५ गते स्पेशल छुटको व्यवस्था हुनेछ । 


    माघ १, २०७७ बिहिवार २०:१५:०२ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    श्रीलंका–इङल्यान्ड टेस्ट शुरु

    क्यानाडानेपाल

    माघ १

  • 360
    SHARES
  • श्रीलंका–इङल्यान्ड टेस्ट शुरु

    गाले, श्रीलंका, एएफपी – श्रीलंका र इङल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गालेमा बिहीबार शुरु भएको छ । 

    टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो दिनको पहिलो सत्रमै ६२ रन बनाउँदै तीन विकेट गुमाइसकेको छ । इङल्यान्डका तिब्र गतिका बलर स्टुआर्ट बोर्डले दुई विकेट लिएका थिए ।

    श्रीलंकाका नियमित कप्तान डिमुथ करुनारत्ने बुढी औंलामा चोट लागेपछि खेल्न असमर्थ भएसँगै श्रीलंकाली टोली दबाबमा परेको थियो । श्रीलंकाली टोलीको नेतृत्व दिनेश चन्डीमलले गरेका छन् । 

    एन्जेलो म्याथ्युज (१७) र कप्तान चन्डीमल (२२) बीच अविजित ४० रनको साझेदारी भएसँगै श्रीलंकाले भोजन समयसम्म ६५ रन बनाएको छ । 

    इङल्यान्डका बलर बोर्डले प्रारम्भिक ब्याट्सम्यान लाहिरु थिरिमाने (४) र कुसल मेन्डिस (०) लाई आउट गरेका थिए । 

    गत मार्चमै हुनुपर्ने यो टेस्ट शृंखला कोरोनाभाइरस महामारीका कारण स्थगित भएको थियो । यसपटक पनि महामारीका कारण रंगशालामा दर्शकलाई प्रवेश दिइएको छैन । 

    यी दुई मुलुकबीच दुई टेस्टको शृंखला हुनेछ । दोस्रो टेस्ट गालेमै जनवरी २२ मा शुरु हुनेछ । 
     


    माघ १, २०७७ बिहिवार १३:४२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # श्रीलंका–इङल्यान्ड टेस्ट

  • क्यानाडानेपाल डेस्क

    कोपा इटालिया : सानदार जित निकाल्दै युभेन्टस क्वाटरफाइनलमा

    क्यानाडानेपाल

    माघ १

  • 274
    SHARES
  • कोपा इटालिया : सानदार जित निकाल्दै युभेन्टस क्वाटरफाइनलमा

    काठमाडौं । गए राति कोपा इटालिया अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले जिनोआलाई ३-२ गोलले पराजित गरेको हो । जितसँगै युभेन्टस कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रबेश गरेको छ । 

    uv.jpg

    उक्त खेलको युभेन्टसका कुलुसेभ्स्कीले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २३ औं मिनेटमा युभेन्टसका मोराटाले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको २८ औं मिनेटमा जिनोआका सिबोराले गोल गरे । 

    त्यसपछि खेलको ७४ औं मिनेटमा जिनोआका फिलिप्पोले गोल गरी टिमलाई बराबरीमा पुर्याए। त्यसपछि खेलको अन्तिम समयमा युभेन्टसका हाम्जाले गोल गरी जित दिलाए । 


     


    माघ १, २०७७ बिहिवार ११:२९:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युभेन्टस्
  • # कोपा इटालिया

  • क्यानाडानेपाल डेस्क