शनिबार
२० असार
२०७७

गण्डकी प्रदेशमा बिहानै थपिए १७ कोरोना संक्रमित, हेर्नुहोस् कहाँ कति ?

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौं - मंगलबार गण्डकी प्रदेशमा थप १७ जनाका कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा  स्याङजाका १, तनहुँका ५, तमजुङका ३ र कास्कीका ८ जनामा कोरोना पुष्टि भएको हो । 

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । त्यस्तै हालसम्म कोरोना निको भई घर फर्कनेको संख्या २ सय १४ पुगेको छ ।