शनिबार
२० असार
२०७७

गायक बद्री पंगेनीको आज जन्मदिन

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौँ – आज चर्चित गायक बद्री पंगेनीको जन्मदिन परेको छ । २०३८ साल असार १६ गते नबलपरासी जिल्लामा जन्मिएका  उनले आज आफ्नो जन्मदिन मनाउदैछन् । जन्मदिनको दिन उनलाई आज बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । 

सबैको मन छुने गीत गाउने उनका हरेक गीत धेरैले रुचाउने गर्छन् । उनका मन थिएन जोगी बन्नलाई, ससुरालीमा, लाऊ चेली सिन्दुर लाऊ, जनताको शासन, रातो पछ्यौरी लगायतका गीत निकै चर्चित छन् ।