शनिबार
२० असार
२०७७

विश्वभर कोरोनाबाट मृत्यु हुनेको सँख्या ५ लाख ८ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ८ हजार ८४ पुगेको छ भने संक्रमितको संख्या १ करोड ४ लाख ९ हजार २ सय ३९ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ५६ लाख ६४ हजार ४ सय ९३ जना उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख २८ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २६ लाख ८१ हजार ८ सय ११पुगेको छ ।  

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५८ हजार ३ सय ८५ पुगेको छ भने संक्रमितको संख्या १३ लाख ७० हजार ४ सय ८८ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ६६पुगेको छ भने संक्रमितको संख्या ६ लाख ४१ हजार १ सय ५६ पुगेको छ ।