शनिबार
२० असार
२०७७

अक्षय र कियाराको 'लक्ष्मी बम' अब डिज्नी प्लस हटस्टारमा रिलिज हुने 

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

एजेन्सी । विश्वव्यपी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोनाका कारण भारतका हलहरु पनि सञ्चालनमा आउन असम्भव भइसकेको छ । 

यस्तो अवस्थामा बलिउडका फिल्महरु धमाधम अनलाइन प्लेटफर्ममार्फत प्रदर्शनमा आउने तयारीमा रहेका छन् । यस्तै रिलिजको तयारीमा रहेको अभिनेता अक्षयकुमारको फिल्म लक्ष्मी बम पनि कोरोनाका कारण रिलिज हुन पाएन । 

हरर कमेडी जनरामा बनेको अक्षयको फिल्म लक्ष्मी बम अब डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको भारतिय मिडियामा जनाइएको छ । यस फिल्ममा अक्षय र कियारा मुख्य भूमिका रहेको छ । लक्ष्मी बम तमिल फिल्मको हिन्दी रिमेक हो ।