शनिबार
२० असार
२०७७

अभिनेता प्रदिप खड्काले गराए कोरोना परीक्षण  

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौं - नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्काले कोरोना परिक्षण गराएका छन् । सबैका प्रिय अभिनेता बनेका प्रदीप खड्कासँगै निर्माता तथा निर्देशक सन्तोष सेन र कार्यकारी निर्माता एवं सामाजिक अभियन्ता चक्र बहादुर चन्दले पनि आरडीटी विधिबाट कोरोना परिक्षण गराएको जनाइएको छ । 

 चलचित्र ‘प्रेमगीत–३’को टिमले अहिले विभिन्न क्षेत्रहरुमा सक्रिय रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै सहयोग प्रदान गर्दै आएको छ ।  सन्तोष सेनले निर्देशन गरेको यस चलचित्रमा प्रदीप खड्कासंगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसस चलचित्र कोरोनाभाइरसका कारण रिलिज हुन पाएको छैन ।