शुक्रबार
२६ असार
२०७७

‪गगन थापाको आक्रोश : सरकार जोगाउन बालुवाटारमा तमासा छ !

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20
फाइल तस्विर

काठमाडौ । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले आज बिहान ट्विट गर्दै सरकार जोगाउन बालुवाटारमा तमासा सुरु भएको उल्लेख गरेका छन् ।

गगन थापाले जनताको आक्रोश व्यक्त गर्दै भने, "सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬" प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामाको माग आएपछि आफू निकटका मन्त्री र नेतालाई बालुवाटार बोलाएर छलफलमा व्यस्त हुँदै गर्दा गगनले आक्रोश व्यक्त गरेका हुन् । सरकारले कोरोनाभाइरससंग लड्न छलफल गर्न छोडेर आफ्नो सरकार जोगाउन कसरतमा लागेको आरोप लाएका छन् ।

गगन थापाले लेखेका छन् : "बालुवाटारमा तमासा छ!‬

‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬

‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।‬"