शुक्रबार
२६ असार
२०७७

अमेरिकाले किन्यो कोरोनाभाइरसको सबै औषधि, विश्वभरमा संकट हुने

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20

काठमाडौँ। अमेरिकाले कोरोनाभाइरस (कोभिड १९)को उपचारमा प्रयोग गरिने सम्पूर्ण औषधि किनेको छ । विश्वभर कोरोनाभाइरसका लागि दुई प्रकारका औषधि प्रभावकारी थियो। यसैबेला, अमेरिकाले दुई औषधि मध्ये एकको आपूर्तिलाई प्रभावकारी रुपमा सुरक्षित गरेको छ। रिमडेसिभिर नामक औषधिलाई अमेरिकाले किनेर सुरक्षित राखेको छ। रिमडेसिभिर औषधिलाई पहिला इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो।

तर, अहिले यसको प्रभावकारिता कोरोना भाइरसको उपचारमा पनि लागेको हुनाले अमेरिकाले सम्पूर्ण औषधिलाई आफ्नो पोल्टोमा कसेको छ जसका कारण विश्वमा २ देखि ३ महिनासम्म उक्त औषधिको संकट पर्ने विज्ञहरुको भनाइ छ। अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएसएस)ले यो औषधिको ५० लाख भन्दा बढीको खुराक किनेको घोषणा गरेको छ।

उक्त औषधि फार्मास्यूटिकल कम्पनी गिलियड साइन्सद्वारा मात्र निर्माण गरिन्छ । अमेरिकाले औषधि भण्डारण गर्ने निर्णयले संसारको बाँकी मुलुकमा केहि महिना यस औषधीको अभाव हुने सम्भावना छ। एचएसएस सचिव अलेक्स अजरले यो कदमको प्रशंसा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले “आश्चर्यजनक सम्झौता” गरेको प्रतिक्रिया दिएका छन् ।