शुक्रबार
२६ असार
२०७७

इटालीमा एक नेपाली युवाको पौडी खेल्ने क्रममा ज्यान गयो

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20

मिलान । इटालीमा एक नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका–४ सिन्धुपाल्चोक स्थायी घर भएका २८ वर्षीय किरण खरेल रहेका छन् । उनको पाभिया शहरमा रहेको तिसिनो नदीमा पौडी खेल्ने क्रममा सोमबार डुबेर मृत्यु भएको हो । 

एनआरएनए इटालीका अनुसार सोमबार दिउँसो १ बजे उनी तिसिनो नदीमा पौडी खल्ने क्रममा बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएपछि साथिहरुले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले खोजी गर्ने क्रममा उनको शव नदीको किनारमा फेला पारेको हो । उनी ४ बर्षदेखी इटालीको मिलान शहरमा बस्दै आएका थिए। उनको शव अहिले पोस्टमार्टमका लागि पाभियाको सान मातियो अस्पतालमा राखिएको जनाइएको छ ।