शुक्रबार
२६ असार
२०७७

राजीनामा मागेपछि ओलीले गरे आफूनिकटका नेतासँग परामर्श, योगेशले भने– प्रोक्सी वार बन्द गरौँ

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20

काठमाडौं । आफ्नै पार्टीका नेताहरुले राजीनामा मागेपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटका नेताहरुसँग परामर्श गरेका छन् । गत बुधबारबाट सुरु भएको स्थायी समितिको मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललागयतका नेताहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको राजीनामा मागेका थिए । सरकार र पार्टी दुवै चलाउन नसकेको भन्दै उनहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन ओलीलाई भनेका थिए। 

यसपछि बुधबार बिहान प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री र नेताहरुसँग परामर्श र छलफल गरेका हुन् । पार्टीभित्र देखिएको समस्याबारेमा छलफल गर्न नेताहरुलाई ओलीले बोलाएकोबारे जानकारी दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गोगेश भट्टराईले सो छलफलमा पार्टी एकतालाई बचाउनु पर्नेमा जोड दिइएको बताए । 

‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ’, मन्त्री भट्टराईले भनेका छन् । 

पार्टीभित्र देखिएको समस्या समाधान हुनेमा आशा गर्न आग्रह गर्दै उनले भनेका छन्, ‘चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गराैँ।’

प्रधानमन्त्री ओलीसँगको भेटपछि मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्स गर्ने प्रमले बताउनु भयो जुन सकारत्मक छ । सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ । चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौँ ।’