शुक्रबार
२६ असार
२०७७

कम्मर दुखाई, पखाला र बान्ता पनि कोरोनाको लक्षण

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20

काठमाडौँ। हालसम्म कोरोनाभाइरसको नौ वटा लक्षणहरु मानिँदै आइएको थियो । विश्वभर नयाँ स्वरुपमा फैलिरहेको यस भाइरसको थप तीन लक्षणहरु पत्ता लागिएको छ। रुघा, खोकी, बान्ता र पखाला बाहेक कम्मर दुख्ने पनि कोरोनाको लक्षण हुन सक्ने भारतीय मिडियाले जानकारी दिएका छन्।

कम्मर, पेट, पिडुला र दाँत दुखाइ पनि कोरोना भाइरसको लक्षण हुन सक्ने वरिष्ठ भारतीय डाक्टर जलील पारकरले बताएका छन्। डाक्टर पारकरले अहिले सम्म २०० विरामीको उपचार गरिसकेका छन्। उनको अनुसार पछिल्लो केहि बिरामीमा यस्ता लक्षण देखिएका कारण कम्मर दुखाई, पखाला र बान्ता पनि कोरोनाको लक्षण हुन सक्ने बताएका छन्।

हालसम्म, कोरोना भाइरसका ९ लक्षणहरू रिपोर्ट गरिएका थियो। अहिले अमेरिकी रोग रोग नियन्त्रण केन्द्र (सीडीसी)ले तीन नयाँ लक्षणहरु थपेको छ। जसमा ज्वरो, सुख्खा खोकी, सास फेर्न गाह्रो, थकान, शरीर दुखाइ, टाउको दुख्ने, स्वाद वा गन्धको महसुस नहुने घाँटी दुख्ने समस्या वा लक्षण उल्लेख गरिएको थियो तर अहिले यसमा कम्मर दुखाई, पखाला र बान्ता पनि कोरोना को लक्षण हुन सक्ने जानकारी दिएको छ।