शुक्रबार
२६ असार
२०७७

काठमाडौं उपत्यकामा देखिएका सलह कीरालाई कागले लखेट्दै (तस्बिरसहित)

बुधबार असार १७, २०७७/ Wednesday 07-01-20

काठमाडौं । शनिवार बिहान भारतको बिहार हुँदै नेपाल छिरेको  सलहको समूह काठमाडौं उपत्यकामा पनि देखिएको छ ।  काठमाडौंको आकाशमा मंगलबार सलह कीराको सानो झुण्ड घुमिरहेको देखिएको थियो । 

मंगलबार काठमाडौंका बनस्थली, न्युरोड, ठमेल, भृकुटीमण्डप लगायतका क्षेत्रमा सलह देखिएको थियो । काठमाडौं उपत्यकाको आकाशमा घुमिरहेको सलह कीरालाई काग लगायतका चराले आहारा बनाइरहेका छन् । 

आकाशमा उडिरहेका सलह कीरालाई कागहरुले लखेटेर आहारा बनाएको तस्बिरहरु सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा कागले सलहलाई आहारा बनाएका तस्बिरहरु भाइरल बनिरहेका छन् । 

भारतबाट प्रबेश गरेको सलह कीरा शुरुमा रुपन्देही, बारा, पर्सा, सर्लाहीमा देखिएको थियो । अहिले देशका बिभिन्न स्थानमा सलहले बाली सखाप पारेको समाचारहरु आइरहेका छन् । यी तस्बिरहरु नमस्ते भक्तपुरको फेसबुकबाट लिइएको हो ।