• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

इटाली सिरी ए : नेपोली २-० गोलले पराजित

आषाढ १९ २०७७
  • 450
    SHARES
  • इटाली सिरी ए : नेपोली २-० गोलले पराजित

    एजेन्सी । बिहीबार राति  इटाली सिरी ए अन्तर्गत भएको खेलमा एटलान्टले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा एटलान्टले नेपोलीलाई २-० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा पहिलो हाफभरी दुबै टिमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफमा खेलको ४७ औं मिनेटमा एटलान्टाका पासालिचले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ५५ औं मिनेटमा गोसेन्सले गोल गरी एटलान्टालाई जित दिलाए । जितसँगै एटलेन्टा २९ खेलबाट ६० अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ भने नेपोली  ४५ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । 

     


    आषाढ १९, २०७७ शुक्रवार ०३:००:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    सानदार जित निकाल्दै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रबेश

  • 180
    SHARES
  • सानदार जित निकाल्दै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रबेश

    काठमाडौं - गए राति युरोपा लिग अन्तर्गत भएको खेलमा स्पेनिस ला लिगा क्लब सेभिल्लाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा सेभिल्लाले प्रीमियर लिग क्लब वुल्भ्सलाई १-० गोलले पराजित गरेको हो । 

    जितसँगै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रबेश गरेको छ । उक्त खेलमा  सेभिल्लालाई जित दिलाउन लुकास ओकाम्पसले गोल गरे । 

    उनले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा कुनै गोल नभएपनि दोस्रो हाफमा गोल गरी सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । 

     


    श्रावण २८, २०७७ बुधवार ०७:२०:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग
  • # सेभिल्ला
  • # वुल्भ्स

  • क्यानाडानेपाल डेस्क

    सानदार जित निकाल्दै इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रबेश

  • 146
    SHARES
  • सानदार जित निकाल्दै इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रबेश


    काठमाडौं - सोमबार राति युरोपा लिग अन्तर्गत भएको खेलमा इटालियन सिरि ए क्लब इन्टर मिलानले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले जर्मन क्लब बायर लेभरकुसेनलाई २-१ गोलले हराउदै लिगको सेमिफाइनलमा पुगेको हो । उक्त खेलको १५ औं मिनेटमा  इन्टर मिलानका निकोलो बेरेल्लाले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि बेरेल्लाले गोल गरेको ६ मिनेटमै रोमेरो लुकाकुले गोल गरी इन्टर मिलानलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको २४ औं मिनेटमा लेभरकुसेनका काई हाभर्टले गोल गरे। जितसँगै इन्टर मिलान  युरोपा लिगको सेमिफाइनलमा प्रबेश गरेको छ । 


     
     


    श्रावण २७, २०७७ मंगलवार ०८:०२:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग
  • # इन्टर मिलान
  • # बायर लेभरकुसेन

  • क्यानाडानेपाल डेस्क

    डब्ल्यूडब्ल्यूईका चर्चित रेस्लर कमालाको निधन 

  • 256
    SHARES
  • डब्ल्यूडब्ल्यूईका चर्चित रेस्लर कमालाको निधन 

    काठमाडौं । डब्ल्यूडब्ल्यूईका एक चर्चित रेस्लरको निधन भएको छ ।  रेस्लर जेम्स ‘कमाला’ श्यारिसको ७० वर्षको उमेरमा निधन भएको छ । उनको निधनले डब्ल्यूडब्ल्यूईले पनि सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेको छ । 
     
    कमालाको अटोबायोग्राफीका सह लेखक क्यानी क्उासनोवाले पनि उनको निधन भएको सामाजिक सञ्जालमा बताएका छन् । कमाला पहिलेदेखी नै विभिन्न रोगबाट पिडित रहेको बताइएको छ । उनको खुट्टामा समस्या रहेको बताइएको छ । उनी ८० को दशकमा सुपरस्टार थिए । 

    kk.PNG


    श्रावण २६, २०७७ सोमवार १८:३९:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डब्ल्यूडब्ल्यूई
  • # निधन
  • # रेस्लर

  • क्यानाडानेपाल डेस्क

    मेस्सी चम्किदा बार्सिलोना पुग्यो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा

  • 278
    SHARES
  • मेस्सी चम्किदा बार्सिलोना पुग्यो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा

    काठमाडौं । शनिवार राति युएफा च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले नापोलीलाई ३–१ गोलले पराजित गर्दै समग्रमा ४–१ को नतिजा सहित क्वाटरफाइनलमा प्रबेश गरेको हो । 

    उक्त खेलमा बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले गरे । यसैबिच पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वार्टरफाईनलमा अब जर्मन क्लब बायर्न म्युनिखसंग खेल्नेछ । 


     


    श्रावण २५, २०७७ आइतवार ०९:११:५० बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

  • 226
    SHARES
  • सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । 
        
    सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बसेका छन् । उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दिपको पनि परीक्षण गरिएको हो । सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । 

    त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताए । सिपिएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन् । नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराएका थिए । त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो । 
        
    सन्दिपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । उनले तेस्रोपटक सिपिएल खेल्दै हुनुहुन्छ । यसअघि उनले सन् २०१८ र सन् २०१९ मा सिपिएल खेलेका थिए । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । रासस 


    श्रावण २४, २०७७ शनिवार १२:३६:२९ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    सानदार जित निकाल्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रबेश

  • 146
    SHARES
  • सानदार जित निकाल्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रबेश

    काठमाडौं - गएराति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा म्यान्चेस्टर सिटीले  रियल  मड्रिडलाई २-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

    उक्त खेलमा म्यान्चेस्टर सिटीको लागि रहिम स्टर्लिङ र ग्याब्रीएल जेससले एक एक गोल गरे भने रियलका करिम बेन्जेमाले एक गोल गरे । 

    उक्त खेलको ९ औं मिनेटमा स्टर्लिङले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २८ औं मिनेटमा रियलका बेन्जेमाले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    त्यसपछि खेलको ६८ औं मिनेटमा सिटीका जेससले गोल गरी टिमलाई जित दिलाए । जितसँगै सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रबेश गरेको छ । 


    श्रावण २४, २०७७ शनिवार १२:२८:०२ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क