• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

आषाढ १९ २०७७
  • 1.5K
    SHARES
  • फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको पाँच सय रुपैयाँले घटेको हो ।

    बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९० हजार पाँच सयमा कारोबार भइरहेको छ ।

    महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     


    आषाढ १९, २०७७ शुक्रवार ०५:४३:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    तरकारीदेखि भैंसी किन्दासम्म क्यास प्रयोग भएन भने मात्र डिजिटल बैंकिंगमा सफलता पाईन्छ

    क्यानाडानेपाल

    श्रावण २७

  • 174
    SHARES
  • तरकारीदेखि भैंसी किन्दासम्म क्यास प्रयोग भएन भने मात्र डिजिटल बैंकिंगमा सफलता पाईन्छ

    काठमाडौ । कोभिड-१९ का कारण नेपाली वित्तीय संस्थाहरु डिजिटल तर्फ लम्किएका छन् । अहिले वित्तीय संस्थाहरु बीच डिजिटल बैंकिंगमा कसले बढि प्रभावकारी प्रोडक्ट ल्याउने भन्नेमा कडा प्रतिस्पर्धा चलिरहेको छ । यहि प्रतिस्पर्धामा नविल बैंक पनि अग्रपंक्तिमा कुदिरहेको छ तर नविल बैंकलाई चुनौती पनि बढी नै छ ।

    नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले डिजिटल बैंकिंगमा नै अब वित्तीय संस्थाहरुको भविष्य अडिएको बताएका छन् । हरेक देशमा कुनै न कुनै कारणले डिजिटल बैंकिंगको प्रयोग बढ्ने गरेकोले नेपालका लागि कोभिड-१९ कोशेढुंगा भएको बैंकर शाहको ठम्याई रहेको छ । कोभिडका कारण बैंकिंग क्रियाकलाप गर्न सहज र सुरक्षित भनेको डिजिटल बैंकिंग एक मात्र तरिका थियो जसका कारण अहिले डिजिटल बैंकिंग नेपालमा छोटो समय मै फस्टाएको अनिल शाहको भनाई रहेको छ ।

    क्यानडा नेपालसंगको कुराकानीमा बैंकर शाहले भने, "अब नेपालका बैंकहरुले डिजिटल तर्फ आफूलाई पूर्ण रुपमा ढल्काएनन् भने धेरैपछि पर्ने देखेको छु । कोभिडका कारण नेपाली जनताहरु अहिले डिजिटल बैंकिंग तर्फ आकर्षित भएको पाएको छु र यो वेभलाई जुन बैंकले पकड्छ उही नै अघि बढ्न सक्छ । नत्र म नेपालको नंबर वान बैंक भनेर डिजिटल बैंकिंगको वेभ पकड्न सकेन भने एक दुई वर्ष मै धेरैपछि परिने समय आईसकेको छ ।"

    "डिजिटल बैंकिंगको सुरुवात मात्र होईन अहिले बैंकहरु बीच प्रतिस्पर्धा पनि बढ्दो भएको छ । तर डिजिटल बैंकिंगको चुनौती पनि उत्तिकै छ । नविल बैंकले अहिले आफ्नो आगामी योजनाहरु मध्य मुख्य डिजिटल बैंकिंगलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ लगेका छ । हाम्रो लक्ष्य भनेको हरेक नेपालीले तरकारी किन्दादेखि हाट बजारमा भैंसी किन्दा सम्म क्यास प्रयोग नगरेर डिजिटल पेमेन्ट प्रयोग गरुन भन्ने हो । यदि यो गर्न सके मात्र डिजिटल बैंकिंगमा सफलता पाएको भन्न सकिन्छ ।"

    डिजिटल बैंकिंग कत्तै सुरक्षित हुदैन कि भन्ने प्रश्नमा बैंकर शाहले भने, "नेपालमा बरु बैंकहरु चोरी भएको वा लुटिएको सुनेका छौं तर डिजिटल बैंकिंग वा अनलाईन बैंकिंग मार्फत पैसा लुटिएको वा चोरेको अहिले सम्म सुनेका छैनौ । राष्ट्र बैंकको मापदण्ड अनुसार मात्र हामीले अनलाईन बैंकिंगको सेवा प्रदान गर्न सक्छौं जसले गर्दा ग्राहकहरुले सुरक्षित बैंकिंग सेवा प्रयोग गर्न सकिरहेका छन् । आजको दिनसम्म अनलाईन बैंकिंग नेपालमा सुरक्षित छ तर ग्राहकहरु पनि सतर्क भने रहन जरुरी चाहिं छ ।"


    श्रावण २७, २०७७ मंगलवार २३:००:०० बजे : प्रकाशित

    धितोपत्र बजार : नेप्से परिसूचकमा सामान्य गिरावट

  • 130
    SHARES
  • धितोपत्र बजार : नेप्से परिसूचकमा सामान्य गिरावट

    काठमाडौँ – धितोपत्र बजारमा सोमबार ३७ अङ्कले वृद्धि भएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ६.६१ अङ्कले घटेर एक हजार ४२३.८१ मा पुगेको छ ।

    सेन्सेटिभ परिसूचक १.३८ ले घटेर २९७.२७ अङ्कमा पुगेको छ । आज कुल १९० कम्पनीका ३६ लाख ३० हजार ८४५ कित्ता शेयर रु एक अर्ब २७ करोड १७ लाख ३८ हजार ९१४ मा खरिदबिक्री भयो । कारोबार भएका १२ मध्ये सामूहिक लागनी कोष उपसमूहमात्र बढेको छ । सामूहिक लागनी कोष ०.०२ अङ्कले बढ्दा बैंकिङ ६.५४, व्यापार १९.२७, होटल ४३.२३, विकास बैंक ९.४२, जलविद्युत् १.०४, वित्त ०.६, निर्जीवन बीमा ३.२१, उत्पादन १६.९९, अन्य ०.५७, लघुवित्त २१.५८ र जीवन बीमा २३.१४ अङ्कले घटेको छ ।

    कारोबार रकमका आधरमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १२ करोड १६ लाख सात हजार ८०६ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु आठ करोड ३९ लाख ३९ हजार ६२४, युनाइटेड इन्स्योरेन्सको रु चार करोड ७६ लाख ७० जहार ७०७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु चार करोड ७० लाख ६६ हजार ६४३, एनएमबी बैंकको रु चार करोड ५५ लाख ६४ हजार ७७८, अजोड इन्स्योरेन्सको रु चार करोड ५४ लाख ६३ हजार ५८ र एनआइसी एसिया बैंकको रु चार करोड २८ लाख ४२ हजार २४८ बराबरको शेयर कारोबार भयो ।

    नेप्से घटे पनि आज सबैभन्दा बढी अजोड इन्स्योरेन्सका लागनीकर्ताले ९.९४ प्रतिशतले कमाएका छन् । यस्तै साधना लघुवित्त वित्तीय संस्था ९.८१, युनियन हाइड्रोपावर ८.७७, युनाइटेड इन्स्योरेन्स कम्पनी ५.२२, वेष्ट फाइनान्स ५.१, गुह्वेश्वरी मर्चेन्ट बैंक ४.९२, आँखुखोला जलविद्युत् कम्पनी ३.८५, मिथिला लघुवित्त वित्तीय संस्था ३.८० र राधी विद्युत् कम्पनीका शेयरधनीले ३.५९ प्रतिशतले कमाएका छन् ।

    नेपाल फाइनान्सका शेयरधनीले सर्वाधिक ९.८ प्रतिशतले गुमाएका छन् । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ५.४६, गुराँस लघुवित्त वित्तीय संस्था ५.४५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.८१, कर्णाली डेभलपमेन्ट बैंक ३.७७, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ३.७५, श्री इन्भेष्टमेन्ट फाइनान्स ३.७३, घलेम्दी हाइड्रोपावर ३.५७, ओरियन्टल होटल ३.३५ र सोल्टी होटल लिमिटेडका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाएको नेप्सेले उल्लेख गरेको छ ।रासस


    श्रावण २७, २०७७ मंगलवार १९:०५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    हेर्नुहोस् यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

  • 168
    SHARES
  • हेर्नुहोस् यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

    काठमाडौं - आज मंगलबार नेपाली बजारमा विदेशी मुद्राको भाउ घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर  १ सय २० रुपैयाँ १४ पैसा तोकिएको छ ।त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६३  पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ ४५ पैसा  तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३२  रुपैयाँ ३ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९९ पैसा तोकिएको छ ।  

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

    mud.jfif


    श्रावण २७, २०७७ मंगलवार ११:३८:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा

  • क्यानाडानेपाल डेस्क

    फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

  • 2.0K
    SHARES
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

    काठमाडौं - मंगलबार पनि सुनको मूल्य घटेको छ । पछिल्लो तनि दिनमा सुनको मूल्य लगातार घटिरहेको छ ।

    सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ८ सय रुपैयाले घटेर प्रतितोला प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। 

    आज तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १ हजार १ सय रुपैया कारोबार भइरहेको जनाइएको छ । 
     
    त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


    श्रावण २७, २०७७ मंगलवार ११:१६:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    प्रशोधित पानीको नयाँ मूल्य निर्धारण, कुनको कति ?

  • 176
    SHARES
  • प्रशोधित पानीको नयाँ मूल्य निर्धारण, कुनको कति ?

    काठमाडौँ - काठमाडौँ उपत्यकाकासहित काभ्रेपलाञ्चोक जिल्लामा आगामी भदौ १० गतेदेखि पानीको नयाँ मूल्य निर्धारण हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रतिस्पर्धाले बजारमा पानीको जथाभावी मूल्य कायम गरिएकाले विभिन्न उद्योगको स्थलगत अध्ययन तथा निरीक्षणपछि मूल्य समायोजन गरिएको  जनाएको छ । 

    मूल्य निर्धारण कार्यदलका संयोजक एवं विभागका बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रका अुनसार विभिन्न २१ पानी उद्योगको निरीक्षणपछि मूल्य निर्धारण गरिएको हो । पानी उद्योगको स्थलगत निरीक्षण तथा पानीका जार र बोतलको मूल्य निर्धारण सम्बन्धमा गठन गरिएको कार्यदलले पानी उद्योगले उपलब्ध गराएको सूचीलाई पाँच क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रबाट चारचार उद्योग नमूनाका लागि छनोट गरेर निरीक्षण गरेको थियो ।

    नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको प्रतिजारको मूल्यमा रु दश तथा प्रतिलिटर बोतलको पानीमा रु दुई घटाइएको छ । यसअघि रु साठी मूल्य रहेकामा अधिकतम खुद्रा मूल्य रु ५० तथा प्रतिबोतल रु १८ मूल्य भएको बोतलको मूल्य रु १६ कायम हुनेछ ।

    मिश्रका अनुसार पिउने पानीको उत्पादन र बिक्रीवितरण  सुव्यवस्थित गरी उपभोक्ताले सुलभ तरिकाले सुपथ मूल्यमा जार तथा बोतलका प्रशोधित पिउने पानी प्राप्त गर्न सकून् भनेर मूल्य निर्धारण गरिएको हो ।

    गत असार २५ गते विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अध्यक्षतामा बसेको बैठकले प्रशोधित पानीका जार तथा बोतलको मूल्य निर्धारण गर्न कार्यशर्तसहित पानी उद्योगको स्थलगत निरीक्षण गर्न पाँच सदस्यीय कार्यदल समिति गठन गरेको थियो । 

    उक्त समितिमा सदस्यका रुपमा खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल बोटलर्स वाटर एशोसिएशनका महासचिव धुव्रबहादुर गौतम र विभागका अनुगमन अधिकृत ध्रुव खनाललाई राखिएको थियो ।

    प्रशोधित पानी प्रतिजार कम्पनी मूल्य रु २०, बिक्री मूल्य रु ३५, प्रतिबोतल बिक्री मूल्य रु १६ तथा प्रतिप्याक बिक्री मूल्य रु १३५ कायम गरिएको छ ।रासस


    श्रावण २७, २०७७ मंगलवार ०९:४९:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पानीको–नयाँ–मूल्य

  • क्यानाडानेपाल डेस्क

    धितोपत्र बजार : ३७ अङ्कले बढ्यो नेप्से परिसूचक

  • 154
    SHARES
  • धितोपत्र बजार : ३७ अङ्कले बढ्यो नेप्से परिसूचक

    काठमाडौँ – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर २९८.६४ पुगेको छ ।

    स्टकका अनुसार आज कुल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर रु एक अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ मध्ये एक उपसमूहको शेयर मात्र ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ अङ्कले ओरालो लाग्दा बैंकिङ ३२.९३, व्यापार १०.१४, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत् २३.२३, वित्त ७.६७, निर्जीबन बीमा २८३.०८, उत्पादन ५४.८६, अन्य १२.६३, लघुवित्त ७१.५७ र जीवन बीमा २२३.१५ अङ्कले उकालो लागे ।

    कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु सात करोड १६ लाख ३९ हजार ८८ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड ८१ लाख ५० हजार २८३, एनआइसी एसिया बैंकको रु पाँच करोड ३८ लाख १६ हजार ६६३, अजोड इन्स्योरेन्सको रु चार करोड ८४ लाख २२ हजार ४४५ र एनएमबी बैंकको शेयर रु तीन करोड ३९ लाख ७८ हजार ९६ मा कारोबार भई शीर्ष स्थानमा रहे ।

    आज साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.८६ प्रतिशतले कमाए । यस्तै अजोड इन्स्योरेन्स कम्पनी ९.८५, घोडीघोडा लघुवित्त वित्तीय संस्था ८.७०, एभरेष्ट इन्सयोरेन्स ८.५८ र साङ्ग्रीला डेभलपमेन्ट बैंकका शेयरधनीले ८.३९ प्रतिशतले कमाए ।

    दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५.७० प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय वित्तीय संस्था ४.७६, वेष्ट फाइनान्स कम्पनी ३.९२, खानीखोला हाइड्रोपावर ३.९२ र घलेम्दी हाइड्रोपावरका शेयरधनीले ३.४५ प्रतिशतले गुमाए । रासस


    श्रावण २६, २०७७ सोमवार १९:४३:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क