• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

भाँडा र ढ्याङ्ग्रो ठटाउँदा पनि भागेनन् अटेरी सलह कीरा (भिडियो सहित)

आषाढ १९ २०७७
  • 500
    SHARES
  • भाँडा र ढ्याङ्ग्रो ठटाउँदा पनि भागेनन् अटेरी सलह कीरा (भिडियो सहित)

    भारत हुँदै नेपाल प्रवेश गरेका सलहका बगालहरूले देशका विभिन्न भागमा बालीनालीमा क्षति पुर्‍याएका छन्। भाँडा र ढ्याङ्ग्रो ठटाउने, आगो बालेर धुवाँ पुत्ताउने, ठूलो स्वरमा कराउने आदि जे गरे पनि सलह धपाउन नसकिएको किसानहरूले बताएका छन्। सुरुमा नेपालमा सलह नआउने निष्कर्षमा पुगेका सरकारी अधिकारीले नेपालमा सलहले धेरै क्षति नपुर्‍याउने दाबी गरेका छन्।

    सलहले नेपालमा वंशवृद्धि गर्न नसक्ने र नेपाल आएको बगाल सानो आकारको भएको बताउँदै आएका छन्। 

    समाचार : बीबीसी नेपाली सेवा 

     


    आषाढ १९, २०७७ शुक्रवार ०७:३४:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    चितवनका १६ जनासहित थप २१ जनामा देखियो कोरोना संक्रमण

  • 250
    SHARES
  • चितवनका १६ जनासहित थप २१ जनामा देखियो कोरोना संक्रमण

    काठमाडौं - चितवनका १६ जनासहित थप २१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार ३ सय १० जनामा नमूना परीक्षण गरिएकोमा चितवनका १६ जना, बाराका १ जना, बैतडीका १ जना, तनहुँका २ जना र रौतहटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर १, ३, ४, ८, १० र ११ का ७ जना पुरुष र  ५ जना महिला रहेका छन् भने इच्छाकामना गाउँपालिका–५ की ७८ वर्षीया वृद्ध पनि रहेकी छिन् । त्यस्तै सिमरा–९ बाराका ४५ वर्षीय पुरुष,  दिलासैनी–३ बैतडीका ४० वर्षीय पुरुष र रौतहटकी ८ वर्षीया बालिका रहेकी छिन् । 


     


    श्रावण २८, २०७७ बुधवार ०९:०९:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चितवन
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    डोटीमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ३२ जना घाइते

  • 154
    SHARES
  • डोटीमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ३२ जना घाइते

    काठमाडौं - डोटीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा दुर्घटना भएको हो । 

    दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको र मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 
     
    घाइते भएकाहरुको उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जनाइएको छ । बस सडकबाट ३० मिटर तल खसेको बताइएको छ । 


    श्रावण २८, २०७७ बुधवार ०८:५३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डोटीमा बस दुर्घटना
  • # मृत्यु

  • क्यानाडानेपाल डेस्क

    निधन भएको ६ दिनपछि पूर्वमन्त्री बस्नेतका बाबुमा कोरोना पुष्टि, सयौंको संख्यामा थिए मलामी

  • 144
    SHARES
  • निधन भएको ६ दिनपछि पूर्वमन्त्री बस्नेतका बाबुमा कोरोना पुष्टि, सयौंको संख्यामा थिए मलामी

    काठमाडौं - काँग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतका बाबुलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेता बस्नेतका बुबाको एक हप्ताअघि काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा निधन भएको थियो । 

    निधन भएको ६ दिनपछि मंगलबार स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले मनमोहन कार्डियो भास्कुलरमा निधन भएका वृद्धामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । 

    बस्नेतका बाबुको मलामीमा करिब २२ सय जना गएको बताइएको छ । कोरोना भएको व्यक्तिको मलामि गएपछि सिन्धुपाल्चोकको बाह्रविसेमा त्रास फैलिएको बताइएको छ । 


    काँग्रेस नेता बस्नेतले भने सामाजिक सञ्जालमार्फत आफ्ना बाबुको मृत्यु मिर्गौलाले काम नगरेपछि भएको डाक्टरहरुले जानकारी दिएको बताएका छन् । उनले मनमोहन कार्डियो भास्कुलर लैजानु अघि  कोरोना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको बताएका छन् । 

    उनले भनेका छन् - सम्पुर्णमा अपिल! हाम्रो ८४ वर्षिय पुजनिय पिताको मृत्युमा समेत राजनितिक कुचेष्टा सहित हस्पिटल बाट जबरजस्ती पि सि आर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सम्पुर्ण सन्चार माध्यम प्रती गहिरो खेद प्रकट गर्दछु। वास्तवमा बुबाको मृत्यु दुवै किड्नीको खराबीको कारणले यहि मिति २०७७/०४/२२ गते ११:४५ मा भएको थियो। उपचारमा सम्लग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पुर्णमा जानकारी गराउदछौं । 

    शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो । पहिला उपचार पछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुन समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो  डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं।  

    दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट  एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं । यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राती नै शब लैजान भन्ने अमानवीय हर्कद भयो ? मोहन बहादुर बस्नेत केन्द्रिय सदस्य नेपाली काङ्ग्रेस ।।

    samm.PNG


    श्रावण २८, २०७७ बुधवार ०८:३९:५५ बजे : प्रकाशित

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 538
    SHARES
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै सप्तरीमा मंगलबार राति कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भएका ८० वर्षीय वृद्व रहेका छन् । उनलाई लगायतार ज्वरो आए कोरोना परिक्षण गरिएको थियो । उनको मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारको लागि एम्बुलेन्समा लैजादै गर्दा मृत्यु भएको हो । 

    राजविराज ६ स्थित सिरहा रोडमा बस्दै आएकी उनी मुटु, थाइराइड, सुगर, उच्च रक्तचापबाट पीडित रहेका थिए । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । 


    श्रावण २८, २०७७ बुधवार ०८:०७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    आज देशका यी स्थानमा भारी बर्षा

  • 286
    SHARES
  • आज देशका यी स्थानमा भारी बर्षा

    काठमाडौं । आज बुधबार देशका केही स्थानमा बिहानदेखी हल्का पानी परिरहेको छ । आज देशका अधिकांश भू-भागहरुमा  समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका थोरै स्थानहरु हल्का पानी पर्ने सम्भावना रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोपछि देशको प्रदेश नं ५ , गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २ र  कर्णाली प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । 
     
    त्यस्तै आज राति पनि देशका  बाग्मती प्रदेश, प्रदेश नं ५  र सुदुर पश्चिम प्रदेशका स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ भने गण्डकी प्रदेश  र कर्णाली प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । 


    श्रावण २८, २०७७ बुधवार ०७:४९:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    १२ दिनमै कोरोनालाई जितेका सांसद यादव भन्छन् - दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, बेसार खाए  

  • 904
    SHARES
  • १२ दिनमै कोरोनालाई जितेका सांसद यादव भन्छन् - दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, बेसार खाए  

    काठमाडौं । संघीय सांसद प्रदीप यादवले कोरोनाभाइरसलाई जितेका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका यादवको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । उनले १२ दिनमै कोरोनालाई जित्न सफल भएका हुन् । 

    उनले मंगलबार आफ्नो दास्रो कोरोना रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले घरमै आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरको सल्लाह अनुसार गरेर कोरोनालाई जित्न सफल भएको बताएका छन् । 

    उनले आफु अझै ७ दिन घरमै बस्ने बताएका छन् । उनले दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, आधा चम्चा बेसार, एउटा कागती, कालो खुर्सानी र बिरेनुन मिक्सरमा पिसेर हरेक दिन तीनपटक खाएको पनि बताएका छन् । 

    त्यस्तै उनले कोरोनालाई जित्नको लागि आफुले दैनिक तीन गिलास मह, कागती पानी खाएको र बिहान बेलुका जगिङ्ग गरेको पनि बताएका छन् । 

    उनले कोरोना जितेपछि सामाजिक संजालमा भनेका छन् - 'सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ, मास्क र सनिटाईजर को प्रयोग गरौ, कोरोना लाग्दै मा भयभित न बनौ उच्चमनोबल राखी एकार्का प्रति माया सद्भाव राखेर स्वयम्अनुशासित भएर डाक्टरको सलाह बमोजीम नियमित कार्य गरौ ।'

    उनी गएको १६ साउनमा वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणबाट कोरोना पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।


    श्रावण २७, २०७७ मंगलवार २२:२६:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # प्रदीप यादव

  • क्यानाडानेपाल डेस्क