• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

सडकका यी इन्जिनियरलाई लाग्यो सवा तीन करोडको भ्रष्टाचारको मुद्दा

आषाढ १९ २०७७
  • 388
    SHARES
  • सडकका यी इन्जिनियरलाई लाग्यो सवा तीन करोडको भ्रष्टाचारको मुद्दा

    काठमाडौं । सडक विभाग अन्तर्गतका इन्जिनियर भरतराज आचार्यविरुद्ध सवा तीन करोड भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । विभाग अन्तर्गतका विभिन्न कार्यालयमा रहँदा आर्जन गरेको सम्पत्तिको स्रोत नखुलेको देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार इन्जिनियर  आचार्यलाई बिगोसहित भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । 

    आयोगले जारी गरेको प्रेस विज्ञप्ति :

    सडक विभाग अन्तर्गतका इन्जिनियर भरतराज आचार्यले सडक विभाग अन्तर्गत बसी गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरी उच्चजीवनयापन गरिरहेको भन्ने आयोगमा दर्ता हुन आएको उजुरीउपरको अनुसन्धानमा निज नेपाल सरकारको सरकारी सेवा अन्तर्गत सार्वजनिक निर्माण शाखा रुकुममा सव(ओभरसियर पदमा मिति २०४१र०६र१२ मा अस्थायी नियुक्तिमा सेवा प्रवेश गरी मिति २०४३/०३/२१ मा ओभरसियर पदमा स्थायी नियुक्ति पश्चात् विभिन्न कार्यालयहरुमा कार्यरत रहँदै मिति २०६४/१०/०१ मा इन्जिनियरमा पदोन्नति भएका निज डिभिजन सडक कार्यालय चरिकोट, दोलखा हुँदै हाल सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत रहेको देखियो ।

    सार्वजनिक सेवामा प्रवेश पश्चात निज भरतराज अर्यालले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिद लगायतमा खर्च लगानीका साथै स्रोत नखुलेको रकमहरुसमेत अस्वभाविक मात्रामा बैकिङ कारोवार तथा विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी शेयर लगानी लगायतका आफु अनुकूल लगानी खर्च गर्ने गरेको देखिन आयो ।

    अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोराहरु अनुसार निज भरतराज आचार्यले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ जेठ मसान्तसम्मको जाँचअवधिमा सार्वजनिक सेवामा रही जम्मा रु. २,०७,७९,९८६।–(दुई करोड सात लाख उनासी हजार नौ सय छयासी रुपैयाँ) आय आर्जन गरेको देखिन्छ भने अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी खर्चमा निज भरतराज आचार्यले रु. ५,२९,४२,४६६।– (पाँच करोड उन्तीस लाख वयालीस हजार चार सय छैसठ्ठी रुपैयाँ) खर्च तथा लगानी गरेको देखिंदा निजको आयको अनुपातमा रु. ३,२१,६२,४८०।– (तीन करोड एक्काइस लाख बयसठ्ठी हजार चार सय असी रुपैयाँ) बराबरको भागलाई निजको वैध आयस्रोतले खामेको पाइएन।

    साथै, सार्वजनिक पद धारण गरेका भरतराज आचार्यले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज भरतराज आचार्यलाई बिगो रु. ३,२१,६२,४८०।– (तीन करोड एक्काइस लाख बयसठ्ठी हजार चार सय असी रुपैयाँ) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ बमोजिम र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानुनी रुपमा निज भरतराज आचार्यले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिहरु निजले श्रीमती रितादेवी खनाल आचार्यसमेतका नाममा राखेको पाइएकोले उक्त स्रोत नखुलेका सम्पत्तिहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ निजको श्रीमती रितादेवी आचार्यसमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।

    प्रवक्ता
    प्रदीपकुमार कोइराला
     


    आषाढ १९, २०७७ शुक्रवार १०:११:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 338
    SHARES
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै सप्तरीमा मंगलबार राति कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भएका ८० वर्षीय वृद्व रहेका छन् । उनलाई लगायतार ज्वरो आए कोरोना परिक्षण गरिएको थियो । उनको मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारको लागि एम्बुलेन्समा लैजादै गर्दा मृत्यु भएको हो । 

    राजविराज ६ स्थित सिरहा रोडमा बस्दै आएकी उनी मुटु, थाइराइड, सुगर, उच्च रक्तचापबाट पीडित रहेका थिए । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । 

     

     
     


    श्रावण २८, २०७७ बुधवार ०८:०७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # मृत्यु
  • # सप्तरी

  • क्यानाडानेपाल डेस्क

    आज देशका यी स्थानमा भारी बर्षा

  • 182
    SHARES
  • आज देशका यी स्थानमा भारी बर्षा

    काठमाडौं । आज बुधबार देशका केही स्थानमा बिहानदेखी हल्का पानी परिरहेको छ । आज देशका अधिकांश भू-भागहरुमा  समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका थोरै स्थानहरु हल्का पानी पर्ने सम्भावना रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोपछि देशको प्रदेश नं ५ , गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २ र  कर्णाली प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । 
     
    त्यस्तै आज राति पनि देशका  बाग्मती प्रदेश, प्रदेश नं ५  र सुदुर पश्चिम प्रदेशका स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ भने गण्डकी प्रदेश  र कर्णाली प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । 


    श्रावण २८, २०७७ बुधवार ०७:४९:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    १२ दिनमै कोरोनालाई जितेका सांसद यादव भन्छन् - दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, बेसार खाए  

  • 870
    SHARES
  • १२ दिनमै कोरोनालाई जितेका सांसद यादव भन्छन् - दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, बेसार खाए  

    काठमाडौं । संघीय सांसद प्रदीप यादवले कोरोनाभाइरसलाई जितेका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका यादवको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । उनले १२ दिनमै कोरोनालाई जित्न सफल भएका हुन् । 

    उनले मंगलबार आफ्नो दास्रो कोरोना रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले घरमै आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरको सल्लाह अनुसार गरेर कोरोनालाई जित्न सफल भएको बताएका छन् । 

    उनले आफु अझै ७ दिन घरमै बस्ने बताएका छन् । उनले दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, आधा चम्चा बेसार, एउटा कागती, कालो खुर्सानी र बिरेनुन मिक्सरमा पिसेर हरेक दिन तीनपटक खाएको पनि बताएका छन् । 

    त्यस्तै उनले कोरोनालाई जित्नको लागि आफुले दैनिक तीन गिलास मह, कागती पानी खाएको र बिहान बेलुका जगिङ्ग गरेको पनि बताएका छन् । 

    उनले कोरोना जितेपछि सामाजिक संजालमा भनेका छन् - 'सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ, मास्क र सनिटाईजर को प्रयोग गरौ, कोरोना लाग्दै मा भयभित न बनौ उच्चमनोबल राखी एकार्का प्रति माया सद्भाव राखेर स्वयम्अनुशासित भएर डाक्टरको सलाह बमोजीम नियमित कार्य गरौ ।'

    उनी गएको १६ साउनमा वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणबाट कोरोना पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।


    श्रावण २७, २०७७ मंगलवार २२:२६:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # प्रदीप यादव

  • क्यानाडानेपाल डेस्क

    जब प्रेस ब्रिफिङ कार्यक्रममै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले नाक कोट्याए

    क्यानाडानेपाल

    श्रावण २७

  • 330
    SHARES
  • जब प्रेस ब्रिफिङ कार्यक्रममै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले नाक कोट्याए

    काठमाडौं । मुलुकभरको कोरोनाभाइरस संक्रमणको अवस्थाबारे स्वास्थ्य मन्त्रालयले नियमित जानकारी गराउने गरेको छ । हरेक दिन अपरान्ह सवा चार बजे मन्त्रालयका प्रवक्ताले मुलुकभरको कोरोनाभाइरसको संक्रमणको अवस्थाबारे जानकारी दिने गरेका छन् ।

    गत जेठ २६ गतेदेखि लगातार मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोनाभाइरसबारे अपडेट गराउँदै आएका छन् ।नियमित हुने प्रेस ब्रिफिङमा उनले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि नियमित साबुन पानीले हात धुने, अनुहारमा हात नलैजानेलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्न आग्रह गर्ने गरेका छन् । तर, मंगलबार उनी आफैंले लाइभ कार्यक्रममै नाक कोट्याएको दृश्य सबै नियाल्न पुगे । 

    कोरोनाको अपडेटको दिन आएको पहिलो दिनमै सांकेतिक भाषा भन्नु पर्नेमा सांस्कृति भाषा भनेर भाषागत त्रुटि बोलेका उनले दुई महिनापछि मंगलबार प्रेस ब्रिफिङको लाइभ कार्यक्रममै नाक कोट्याएका हुन् । जसको आलोचना भइरहेको छ । 


    मंगलबारको प्रेस ब्रिफिङ कार्यक्रममा अपडेट गराउनु अघि केहीबेर मौन बसिरहेका उनले नाक कोट्याउन पुगेका हुन् । प्राविधिक तयारी गरिरहेको जस्तो देखिँदा मौन बसिरहेका उनले नाक कोट्याएका हुन् । 

     


    श्रावण २७, २०७७ मंगलवार २०:२८:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको करेन्ट लागेर ज्यान गयो

  • 422
    SHARES
  • भारतबाट आएर  क्वारेन्टिनमा बसेकी एक युवतीको करेन्ट लागेर ज्यान गयो

    काठमाडौं - कञ्चनपुरमा करेन्ट लागेर क्वारेन्टिनमा बसेकी एक युवतीको ज्यान गएको छ। ज्यान जानेमा २२ वर्षीया राधा वड रहेकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी उनको करेन्ट लागेर ज्यान गएको हो । 

    नुहाउने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । उनी श्रीमानसँगै  भारतको बैङ्लोरबाट आएर क्वारेन्टिनमा बसेकी थिइन्।


    श्रावण २७, २०७७ मंगलवार २०:१३:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # क्वारेन्टिन
  • # युवती
  • # मृत्यु

  • क्यानाडानेपाल डेस्क

    सरकारको निर्णय : शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने

    क्यानाडानेपाल

    श्रावण २७

  • 1.6K
    SHARES
  • सरकारको निर्णय : शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने

    काठमाडौं । सरकारले शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । आउँदो भदौ १ गतेदेखि भर्ना अभियान थाल्ने बताएको सरकारले अब अनिश्चितकालका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

     मंगलबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्रालयका जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा.युवराज खतिवडाले अहिले कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

    शैक्षिक संस्थासहित सेमिनार, पाटी प्यालेस, सैलुन, पुस्तकालय पनि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । 


    श्रावण २७, २०७७ मंगलवार २०:००:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # शैक्षिक संस्था

  • क्यानाडानेपाल