• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

कोरोना कहर : १३ करोडभन्दा धेरै मानिस भोकमारीको चपेटामा पर्न सक्ने

आषाढ १९ २०७७
  • 398
    SHARES
  • कोरोना कहर : १३ करोडभन्दा धेरै मानिस भोकमारीको चपेटामा पर्न सक्ने

    काठमाडौं । कोरोनाभाइरस (कोभिड १९)को महामारीले विश्व शान्ति र सुरक्षामा गहिरो प्रभाव पारेको छ। वर्तमान परिप्रेक्षमा सम्पूर्ण विश्व अहिले संकटको सामना गरिरहेको छ। यसैबीच संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले वर्तमान संकटका बारे चिन्ता व्यक्त गरेका छन्। कोभिड १९ बाट उत्पन्न परिस्थितिहरूकाबारेमा उनले सुरक्षा परिषद समक्ष वर्तमान समयमा जनताको ज्यान बचाउनु र भविष्यका लागि सुरक्षा प्रदान गर्न सबैभन्दा ठूलो चुनौती रहेको जानकारी गराएका छन् ।

    डर व्यक्त गर्दै उनले यस वर्षको अन्त्यसम्ममा करिब १३ करोड भन्दा बढी मानिसहरूले भोकमरी चपेटामा पर्न सक्ने सम्भावना औंल्याएका छन् । यसैगरी, उनले महामारीका कारण विश्वका एक अर्बभन्दा बढी बालबालिकाहरू विद्यालयमा जान र खोपका कार्यक्रममा सहभागी हुनबाट बन्चित हुनु पर्ने अवस्था सृजना भएको बताए ।

    साथै दादुरा र पोलियो जस्ता खोपहरुको वितरण कार्यमा पनि अवरोध सृजना भएको छ । यसले आगामी दिनमा पनि असर गर्न सक्ने सम्भावनाबारे उनले बैठकमा जानकारी गराएका छन् । महामारीले सामाजिक, आर्थिक चुनौती बढाएको छ । विश्वमा रोगको फैलावट, रोकथामको लागि निरन्तर काम गर्नु पर्ने आवश्यक छ तर यसमा थुप्रै बाधा उत्पन्न भएको छ ।

    यस्तो अवस्थामा शान्ति प्रक्रिया पनि विघटन भएको र विश्व समुदायको ध्यान पनि विभाजित भएको छ । विश्वका विभिन्न आतंकवादी र कट्टरपन्थी समूहहरूले यसलाई फाइदाको रूपमा लिएको उनले बताएका छन्।


    आषाढ १९, २०७७ शुक्रवार ११:०२:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    भारतमा भयावह बन्दै कोरोना, एकैदिन भेटिए ६१ हजार बढी संक्रमित 

  • 528
    SHARES
  • भारतमा भयावह बन्दै कोरोना, एकैदिन भेटिए ६१ हजार बढी संक्रमित 

    काठमाडौं - भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ५० हजारको दरमा कोरोना संक्रमित फेला पर्न थालेका छन् । 

    वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार २ सय ५२ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २३ लाख २८ हजार ४ सय ५ पुगेको छ । 

    त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय ३५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६  हजार १ सय ८८ पुगेको छ । 

    त्यस्तै हालसम्म १६ लाख ३८ हजार १ सय १ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

    i.PNG


    श्रावण २८, २०७७ बुधवार ०९:२३:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    कोरोनाविरुद्धको खोपलाई ‘स्पुतनिक भी’ नाम दियो रुसले, १ अर्ब डोजको अर्डर आएको दावी

  • 2.5K
    SHARES
  • कोरोनाविरुद्धको खोपलाई ‘स्पुतनिक भी’ नाम दियो रुसले, १ अर्ब डोजको अर्डर आएको दावी

    काठमाडौँ। रुसले आफ्नो पहिलो स्वीकृत कोरोनाभाइरसविरुद्धको खोपको नामांकरण गरेको छ। उसले खोपको विदेशी बजारका लागि ’स्पुतनिक भि’ नाम दिएको छ। यसैसँग रुस कोरोनाभाइरसविरुद्धको खोप स्वीकृत गर्ने पहिलो देश बनेको छ।

    यसैगरी, रुसका सार्वभौम सम्पत्ति कोषका प्रमुख किरल डिमिट्रिकाअनुसार उक्त खोपको २० भन्दा बढी देशहरूले १ अर्ब डोज अर्डर गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई महिना भन्दा कम समयको मानव परीक्षणपछि यस खोपले स्वीकृति पाएको जानकारी दिए ।

    रूसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोकाअनुसार यस खोपलाई पहिला स्वास्थ्यकर्मीहरुलाई लगाइने छ र यो यहि महिनाबाट शुरु हुने छ। स्वास्थ्यकर्मीहरुलाई यो खोप लगाइसकेपछि देशका जेष्ठ नागरिकलाई भ्याक्सिन दिइने मुराश्कोले जनाए।

    हाल यो खोप सीमित मात्रामा तयार गरिएको र यसले सबै स्वीकृति पाइसकेको हुनाले यस खोपको औद्योगिकस्तरमा सेप्टेम्बर महिनादेखि शुरु हुने रुसले बताएको छ। रुसले अक्टोबरदेखि देशव्यापी खोप दिन सुरु गर्न सक्ने अमेरिकी समाचार माध्यम वाशिङटन पोष्टले जनाएको छ ।


    श्रावण २७, २०७७ मंगलवार २०:२३:४८ बजे : प्रकाशित

    कोरोना खोपलाई स्वीकृति दिने पहिलो देश बन्यो रूस, खोप सुरक्षित र प्रभावकारी साबित

  • 318
    SHARES
  • कोरोना खोपलाई स्वीकृति दिने पहिलो देश बन्यो रूस, खोप सुरक्षित र प्रभावकारी साबित

    मस्को, एएनआई – संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।“मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भन्नुभयो ।

    “मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” उहाँले थप्नुभयो । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिनुभएको छ । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उहाँले बताउनुभयो ।

    यद्यपि खोपबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक धारणा आइसकेको छैन ।आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुशी व्यक्त गर्नुभयो ।

    “मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस (१०० डिग्री फरेनहाइट) पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो ।”

    जोन्स हकिन्स विश्विद्यालयको पछिल्लो अपडेट अनुसार हालसम्म कोभिड–१९ बाट विश्वमा दुई करोड ९२ हजार ८५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म सात लाख ३६ हजार २५४ सङ्क्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई महामारीका रूपमा विश्वभर फैलिएको घोषणा गरेको थियो । 


    श्रावण २७, २०७७ मंगलवार १९:३३:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # कोरोना खोप
  • # रूस

  • क्यानाडानेपाल डेस्क

    चर्चित उर्दू कवि राहत इन्दोरीको कोरोना संक्रमणबाट निधन

  • 214
    SHARES
  • चर्चित उर्दू कवि राहत इन्दोरीको कोरोना संक्रमणबाट निधन

    काठमाडौं - भारतका चर्चित उर्दू कवि राहत इन्दोरीको निधन भएको छ। कोरोना संक्रमित रहेका ७० वर्षीय  इन्दोरीको मंगलबार अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

    उनलाई सोमबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। मध्यप्रदेशको इन्दौरस्थित श्री अरविन्दो अस्पतालमा भर्ना भएका उनलाई मंगलबार दुई पटक हृदयघात भएको बताइएको छ । 

    हृदयघात भएपछि अस्पतालमा उपचारको क्रममा निधन भएको भारतिय मिडियाले जनाएका छन् । उनी चर्चित कविमा गनिने गर्थे । 

     


    श्रावण २७, २०७७ मंगलवार १८:४६:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राहत इन्दोरी
  • # कोरोना भाइरस
  • # मृत्यु

  • क्यानाडानेपाल डेस्क

    बाढी प्रभावित नेपाल, भारत र बंगलादेशलाई ईयुको सवा २३ करोड सहयोग

  • 178
    SHARES
  • बाढी प्रभावित नेपाल, भारत र बंगलादेशलाई ईयुको सवा २३ करोड सहयोग

     काठमाडौँ। युरोपेली युनियनले बाढी प्रभावित दक्षिण एसियाली राष्ट्र नेपाल, भारत र बंगलादेशलाई आर्थिक सहयोग गर्ने भएको छ । ईयूले बाढीबाट अतिप्रभावित नेपाल, भारत र बंगलादेशलाई सवा २३ करोड रुपैयाँ सहयोग गर्ने भएको समाचार संस्था एएनआईले जनाएको छ ।

    भारत, नेपाल र बंगलादेश जस्ता दक्षिण पूर्वी एसियाली मुलुकमा बाढीले भएको क्षतिलाई ध्यानमा राख्दै ईयूले १ दशमलव ६५ मिलियन युरो प्रदान गर्ने भएको हो। जसलाई नेपाली रुपैयाँमा परिणत गर्दा २३ करोड २५ लाख ६३ हजार ४५ रुपैयाँ हुन आउँछ ।

    ani.JPG


    श्रावण २७, २०७७ मंगलवार १८:१६:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढी
  • # २३ करोड सहयोग
  • # युरोपेली युनियन

  • क्यानाडानेपाल डेस्क

    विश्वकै सबैभन्दा महँगो मास्कको मूल्य १८ करोड

  • 160
    SHARES
  • विश्वकै सबैभन्दा महँगो मास्कको मूल्य १८ करोड

    काठमाडौँ। विश्वभर कोरोनाभाइरसको संक्रमण बढिरहेको बेला मानिसका लागि मास्क अनिवार्य बनेको छ। नाक र मुख छोप्ने मास्क अहिले विभिन्न प्रकारका बजारमा उपलव्ध छन्। मास्क निर्माण गर्ने कम्पनीहरुले पनि अहिले मानिसको चाहनाअनुसार मास्कहरुको निर्माण गरेका छन्।

    विशेषतया, महिलालाई लक्षित गरेर मास्क निर्माणकर्ताहरुले यसलाई परिमार्जन गर्दै आकर्षक रंग र डिजाइनमा उत्पादन गरेका छन्। वर्तमान अवस्थामा बजारमा १० रुपैयाँदेखि हजारौँ रुपैयाँ पर्ने मास्क बिक्री भइरहेको छ। केहि समय अघि भारतका एक व्यक्तिले लगाएको सुनको मास्कबारे विश्वका केही सञ्चार माध्यमहरुले कभरेज गरेका थिए ।

    त्यस समयमा यसलाई सबैभन्दा महँगो मास्कको रुपमा वर्णन गरिएको थियो। तर, अहिले यसलाई माथ दिने गरी महङ्गो मास्को मूल्य सार्वजनिक भएको छ ।

    इजरायली ज्वेलरी कम्पनीले सुन र हिराको प्रयोग गरेर विश्वकै सबैभन्दा महँगो मास्क निर्माण गरिने जनाएको छ। इजरायली गहना कम्पनी योभलले उक्त महङ्गो मास्क बनाउन काम गरिरहेको अमेरिकी समाचार माध्यम एबिसी न्युजले जनाएको छ।

    कम्पनीका मालिक तथा डिजाइनर आइजक लेवीले यस मास्कमा १८ क्यारेटको वाइट गोल्ड प्रयोग गर्ने र मास्कलाई सजाउन ३६ सय सेतो र कालो हिराको प्रयोग गर्ने बताएका छन्। यसैगरी, ग्राहकको अनुरोधमा यस मास्कमा टप रेटेड एन ९९ फिल्टरको पनि प्रयोग गर्ने उनले बताए।

    लेवीले भन्छन्, अमेरिकामा बस्ने चिनियाँ व्यवसायीद्वारा यस मास्क एक दशमलव ५ मिलियन अमेरिकी डलर तिर्ने भएका छन्। अमेरिकी १.५ मिलियनलाई नेपाली रुपैयाँमा परिणत गर्दा आजको अमेरिकी डलरको भाउका अनुसार १८ करोड हुन आउँछ।

    यसैगरी, उक्त मास्क खरिद गर्ने ग्राहकले ज्वेलरी कम्पनीसँग दुईवटा शर्त राखेको कम्पनीका मालिक लेवीले जानकारी दिए। ग्राहकले पहिलो शर्त उक्त मास्क यस वर्षको अन्त्यसम्म निर्माण भइसक्नु पर्ने र अर्को उक्त मास्क विश्वकै महँगो मास्क हुनुपर्ने उनले बताए। लेवीले यी दुवै शर्तहरुलाई मध्यनजर गर्दै काम थालिसकेको बताएका छन्।


    श्रावण २७, २०७७ मंगलवार १६:१५:२५ बजे : प्रकाशित