• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

गौतमबुद्ध विमानस्थल डिसेम्बर भित्रै सञ्चालन हुने

आषाढ १९ २०७७
  • 370
    SHARES
  • गौतमबुद्ध विमानस्थल डिसेम्बर भित्रै सञ्चालन हुने

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बर महिनाभित्र निर्माण सम्पन्न भई सञ्चालन हुने भएको छ । पर्यटनमन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल भिसेम्बरमा सञ्चालनमा आउने र व्यावसायिक उडानका लागि त्यसको तीन महिनाभित्र सबै कार्य सकिने तयारी रहेको जानकारी दिएका छन्  ।

    हाल यो विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ । बन्दाबन्दीको अवधिमा तीन प्रतिशत भौतिक प्रगति भएको थियो । विमानस्थलको टर्मिनलमा प्राविधिक तथा यान्त्रिक उपकरण आउने क्रम शुरु भएको छ । विमानस्थल निर्माणमा २९ चिनियाँसहित २७५ कामदार निरन्तर परिचालन गरिएका मन्त्रालयले जनाएको छ । कतिपय प्राविधिक चीन, जापान, युरोपलगायत मुलुकबाट आउनुपर्ने भएकाले विमानस्थलको केही प्राविधिक काम विलम्ब भएको पनि मन्त्रालयले जनाएको छ । 

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि बन्दाबन्दीमा निरन्तर भएको छ । यस अवधिमा नौ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको विमानस्थल आयोजनाले जनाएको छ । बजेटबाट पर्यटन क्षेत्रको पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न रु २० करोडको बजेट व्यवस्था गरिएको छ । होटल रेस्टुरा तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यवसाय सुचारु गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको मन्त्रालयले जनाएको छ ।


    आषाढ १९, २०७७ शुक्रवार १३:०६:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    निधन भएको ६ दिनपछि पूर्वमन्त्री बस्नेतका बाबुमा कोरोना पुष्टि, सयौंको संख्यामा थिए मलामी

  • 80
    SHARES
  • निधन भएको ६ दिनपछि पूर्वमन्त्री बस्नेतका बाबुमा कोरोना पुष्टि, सयौंको संख्यामा थिए मलामी

    काठमाडौं - काँग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतका बाबुलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेता बस्नेतका बुबाको एक हप्ताअघि काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा निधन भएको थियो । 

    निधन भएको ६ दिनपछि मंगलबार स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले मनमोहन कार्डियो भास्कुलरमा निधन भएका वृद्धामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । 

    बस्नेतका बाबुको मलामीमा करिब २२ सय जना गएको बताइएको छ । कोरोना भएको व्यक्तिको मलामि गएपछि सिन्धुपाल्चोकको बाह्रविसेमा त्रास फैलिएको बताइएको छ । 


    काँग्रेस नेता बस्नेतले भने सामाजिक सञ्जालमार्फत आफ्ना बाबुको मृत्यु मिर्गौलाले काम नगरेपछि भएको डाक्टरहरुले जानकारी दिएको बताएका छन् । उनले मनमोहन कार्डियो भास्कुलर लैजानु अघि  कोरोना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको बताएका छन् । 

    उनले भनेका छन् - सम्पुर्णमा अपिल! हाम्रो ८४ वर्षिय पुजनिय पिताको मृत्युमा समेत राजनितिक कुचेष्टा सहित हस्पिटल बाट जबरजस्ती पि सि आर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सम्पुर्ण सन्चार माध्यम प्रती गहिरो खेद प्रकट गर्दछु। वास्तवमा बुबाको मृत्यु दुवै किड्नीको खराबीको कारणले यहि मिति २०७७/०४/२२ गते ११:४५ मा भएको थियो। उपचारमा सम्लग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पुर्णमा जानकारी गराउदछौं । 

    शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो । पहिला उपचार पछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुन समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो  डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं।  

    दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट  एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं । यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राती नै शब लैजान भन्ने अमानवीय हर्कद भयो ? मोहन बहादुर बस्नेत केन्द्रिय सदस्य नेपाली काङ्ग्रेस ।।

    samm.PNG


    श्रावण २८, २०७७ बुधवार ०८:३९:५५ बजे : प्रकाशित

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 446
    SHARES
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै सप्तरीमा मंगलबार राति कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भएका ८० वर्षीय वृद्व रहेका छन् । उनलाई लगायतार ज्वरो आए कोरोना परिक्षण गरिएको थियो । उनको मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारको लागि एम्बुलेन्समा लैजादै गर्दा मृत्यु भएको हो । 

    राजविराज ६ स्थित सिरहा रोडमा बस्दै आएकी उनी मुटु, थाइराइड, सुगर, उच्च रक्तचापबाट पीडित रहेका थिए । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । 


    श्रावण २८, २०७७ बुधवार ०८:०७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    आज देशका यी स्थानमा भारी बर्षा

  • 238
    SHARES
  • आज देशका यी स्थानमा भारी बर्षा

    काठमाडौं । आज बुधबार देशका केही स्थानमा बिहानदेखी हल्का पानी परिरहेको छ । आज देशका अधिकांश भू-भागहरुमा  समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका थोरै स्थानहरु हल्का पानी पर्ने सम्भावना रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसोपछि देशको प्रदेश नं ५ , गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २ र  कर्णाली प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । 
     
    त्यस्तै आज राति पनि देशका  बाग्मती प्रदेश, प्रदेश नं ५  र सुदुर पश्चिम प्रदेशका स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ भने गण्डकी प्रदेश  र कर्णाली प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । 


    श्रावण २८, २०७७ बुधवार ०७:४९:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम

  • क्यानाडानेपाल डेस्क

    १२ दिनमै कोरोनालाई जितेका सांसद यादव भन्छन् - दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, बेसार खाए  

  • 880
    SHARES
  • १२ दिनमै कोरोनालाई जितेका सांसद यादव भन्छन् - दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, बेसार खाए  

    काठमाडौं । संघीय सांसद प्रदीप यादवले कोरोनाभाइरसलाई जितेका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका यादवको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । उनले १२ दिनमै कोरोनालाई जित्न सफल भएका हुन् । 

    उनले मंगलबार आफ्नो दास्रो कोरोना रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले घरमै आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरको सल्लाह अनुसार गरेर कोरोनालाई जित्न सफल भएको बताएका छन् । 

    उनले आफु अझै ७ दिन घरमै बस्ने बताएका छन् । उनले दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, आधा चम्चा बेसार, एउटा कागती, कालो खुर्सानी र बिरेनुन मिक्सरमा पिसेर हरेक दिन तीनपटक खाएको पनि बताएका छन् । 

    त्यस्तै उनले कोरोनालाई जित्नको लागि आफुले दैनिक तीन गिलास मह, कागती पानी खाएको र बिहान बेलुका जगिङ्ग गरेको पनि बताएका छन् । 

    उनले कोरोना जितेपछि सामाजिक संजालमा भनेका छन् - 'सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ, मास्क र सनिटाईजर को प्रयोग गरौ, कोरोना लाग्दै मा भयभित न बनौ उच्चमनोबल राखी एकार्का प्रति माया सद्भाव राखेर स्वयम्अनुशासित भएर डाक्टरको सलाह बमोजीम नियमित कार्य गरौ ।'

    उनी गएको १६ साउनमा वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणबाट कोरोना पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।


    श्रावण २७, २०७७ मंगलवार २२:२६:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # प्रदीप यादव

  • क्यानाडानेपाल डेस्क

    जब प्रेस ब्रिफिङ कार्यक्रममै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले नाक कोट्याए

    क्यानाडानेपाल

    श्रावण २७

  • 342
    SHARES
  • जब प्रेस ब्रिफिङ कार्यक्रममै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले नाक कोट्याए

    काठमाडौं । मुलुकभरको कोरोनाभाइरस संक्रमणको अवस्थाबारे स्वास्थ्य मन्त्रालयले नियमित जानकारी गराउने गरेको छ । हरेक दिन अपरान्ह सवा चार बजे मन्त्रालयका प्रवक्ताले मुलुकभरको कोरोनाभाइरसको संक्रमणको अवस्थाबारे जानकारी दिने गरेका छन् ।

    गत जेठ २६ गतेदेखि लगातार मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोनाभाइरसबारे अपडेट गराउँदै आएका छन् ।नियमित हुने प्रेस ब्रिफिङमा उनले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि नियमित साबुन पानीले हात धुने, अनुहारमा हात नलैजानेलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्न आग्रह गर्ने गरेका छन् । तर, मंगलबार उनी आफैंले लाइभ कार्यक्रममै नाक कोट्याएको दृश्य सबै नियाल्न पुगे । 

    कोरोनाको अपडेटको दिन आएको पहिलो दिनमै सांकेतिक भाषा भन्नु पर्नेमा सांस्कृति भाषा भनेर भाषागत त्रुटि बोलेका उनले दुई महिनापछि मंगलबार प्रेस ब्रिफिङको लाइभ कार्यक्रममै नाक कोट्याएका हुन् । जसको आलोचना भइरहेको छ । 


    मंगलबारको प्रेस ब्रिफिङ कार्यक्रममा अपडेट गराउनु अघि केहीबेर मौन बसिरहेका उनले नाक कोट्याउन पुगेका हुन् । प्राविधिक तयारी गरिरहेको जस्तो देखिँदा मौन बसिरहेका उनले नाक कोट्याएका हुन् । 

     


    श्रावण २७, २०७७ मंगलवार २०:२८:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको करेन्ट लागेर ज्यान गयो

  • 422
    SHARES
  • भारतबाट आएर  क्वारेन्टिनमा बसेकी एक युवतीको करेन्ट लागेर ज्यान गयो

    काठमाडौं - कञ्चनपुरमा करेन्ट लागेर क्वारेन्टिनमा बसेकी एक युवतीको ज्यान गएको छ। ज्यान जानेमा २२ वर्षीया राधा वड रहेकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी उनको करेन्ट लागेर ज्यान गएको हो । 

    नुहाउने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । उनी श्रीमानसँगै  भारतको बैङ्लोरबाट आएर क्वारेन्टिनमा बसेकी थिइन्।


    श्रावण २७, २०७७ मंगलवार २०:१३:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # क्वारेन्टिन
  • # युवती
  • # मृत्यु

  • क्यानाडानेपाल डेस्क