• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

चीनसँगको विवादमा भारतको पक्षमा उभियो जापान

आषाढ १९ २०७७
  • 372
    SHARES
  • चीनसँगको विवादमा भारतको पक्षमा उभियो जापान

    काठमाडौँ। चीन र भारतबीच सीमा विवाद भइरहेको छ । दुई हप्ता अघि सीमा क्षेत्र लद्दाखमा भारतले आफ्ना सैनिक गुमाएको थियो । यसपछि दुई देशबीचको सम्बन्ध टकरावपूर्ण रहेको छ । यसैबेला जापानले भारतको समर्थन गरेको छ । शुक्रबार भारतका लागि जापानी राजदूत सतोशी सुजुकीले लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा यथास्थिति परिवर्तन गर्ने कुनै एकपक्षीय प्रयासको विरोध गर्ने बताएका छन्।

    गत जुन १५ मा गाल्भान उपत्यकामा भएको भारत र चीनको आमनेसामनेलाई लिएर वास्तविक नियन्त्रण रेखा बदल्न खोज्ने कुनै एकपक्षीय प्रयासको विरोध गर्ने राजदूत सुजुकीले जानकारी दिए। भारतका विदेश सचिव हर्ष वी श्रृंगलासँगको टेलिफोन वार्तामा राजदूत सुजुकीले जापानको समर्थन भारतलाई रहने जानकारी गराएका हुन् ।

    यसबारे विस्तृत जानकारी दिँदै सुजुकीले आफ्नो ट्विटरमा जापानले पनि भारत र चीनको विवाद वार्ताबाट शान्तिपूर्णरुपमा समाधानको आशा गरेको लेखेका छन्। उनले भारत सरकारले शान्तिपूर्ण समाधानको नीतिको अपनाएकोमा सरहना गरेको जानकारी गराए।


    आषाढ १९, २०७७ शुक्रवार १४:१३:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    कोरोनाविरुद्धको खोपलाई ‘स्पुतनिक भी’ नाम दियो रुसले, १ अर्ब डोजको अर्डर आएको दावी

  • 2.5K
    SHARES
  • कोरोनाविरुद्धको खोपलाई ‘स्पुतनिक भी’ नाम दियो रुसले, १ अर्ब डोजको अर्डर आएको दावी

    काठमाडौँ। रुसले आफ्नो पहिलो स्वीकृत कोरोनाभाइरसविरुद्धको खोपको नामांकरण गरेको छ। उसले खोपको विदेशी बजारका लागि ’स्पुतनिक भि’ नाम दिएको छ। यसैसँग रुस कोरोनाभाइरसविरुद्धको खोप स्वीकृत गर्ने पहिलो देश बनेको छ।

    यसैगरी, रुसका सार्वभौम सम्पत्ति कोषका प्रमुख किरल डिमिट्रिकाअनुसार उक्त खोपको २० भन्दा बढी देशहरूले १ अर्ब डोज अर्डर गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई महिना भन्दा कम समयको मानव परीक्षणपछि यस खोपले स्वीकृति पाएको जानकारी दिए ।

    रूसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोकाअनुसार यस खोपलाई पहिला स्वास्थ्यकर्मीहरुलाई लगाइने छ र यो यहि महिनाबाट शुरु हुने छ। स्वास्थ्यकर्मीहरुलाई यो खोप लगाइसकेपछि देशका जेष्ठ नागरिकलाई भ्याक्सिन दिइने मुराश्कोले जनाए।

    हाल यो खोप सीमित मात्रामा तयार गरिएको र यसले सबै स्वीकृति पाइसकेको हुनाले यस खोपको औद्योगिकस्तरमा सेप्टेम्बर महिनादेखि शुरु हुने रुसले बताएको छ। रुसले अक्टोबरदेखि देशव्यापी खोप दिन सुरु गर्न सक्ने अमेरिकी समाचार माध्यम वाशिङटन पोष्टले जनाएको छ ।


    श्रावण २७, २०७७ मंगलवार २०:२३:४८ बजे : प्रकाशित

    कोरोना खोपलाई स्वीकृति दिने पहिलो देश बन्यो रूस, खोप सुरक्षित र प्रभावकारी साबित

  • 316
    SHARES
  • कोरोना खोपलाई स्वीकृति दिने पहिलो देश बन्यो रूस, खोप सुरक्षित र प्रभावकारी साबित

    मस्को, एएनआई – संसारमा सबैभन्दा पहिले कोभिड–१९ खोपलाई स्वीकृती दिँदै यसलाई राज्यमा दर्ता गर्ने पहिलो मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।“मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भन्नुभयो ।

    “मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” उहाँले थप्नुभयो । यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिनुभएको छ । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उहाँले बताउनुभयो ।

    यद्यपि खोपबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक धारणा आइसकेको छैन ।आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुशी व्यक्त गर्नुभयो ।

    “मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस (१०० डिग्री फरेनहाइट) पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो ।”

    जोन्स हकिन्स विश्विद्यालयको पछिल्लो अपडेट अनुसार हालसम्म कोभिड–१९ बाट विश्वमा दुई करोड ९२ हजार ८५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म सात लाख ३६ हजार २५४ सङ्क्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई महामारीका रूपमा विश्वभर फैलिएको घोषणा गरेको थियो । 


    श्रावण २७, २०७७ मंगलवार १९:३३:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # कोरोना खोप
  • # रूस

  • क्यानाडानेपाल डेस्क

    चर्चित उर्दू कवि राहत इन्दोरीको कोरोना संक्रमणबाट निधन

  • 214
    SHARES
  • चर्चित उर्दू कवि राहत इन्दोरीको कोरोना संक्रमणबाट निधन

    काठमाडौं - भारतका चर्चित उर्दू कवि राहत इन्दोरीको निधन भएको छ। कोरोना संक्रमित रहेका ७० वर्षीय  इन्दोरीको मंगलबार अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

    उनलाई सोमबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। मध्यप्रदेशको इन्दौरस्थित श्री अरविन्दो अस्पतालमा भर्ना भएका उनलाई मंगलबार दुई पटक हृदयघात भएको बताइएको छ । 

    हृदयघात भएपछि अस्पतालमा उपचारको क्रममा निधन भएको भारतिय मिडियाले जनाएका छन् । उनी चर्चित कविमा गनिने गर्थे । 

     


    श्रावण २७, २०७७ मंगलवार १८:४६:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राहत इन्दोरी
  • # कोरोना भाइरस
  • # मृत्यु

  • क्यानाडानेपाल डेस्क

    बाढी प्रभावित नेपाल, भारत र बंगलादेशलाई ईयुको सवा २३ करोड सहयोग

  • 176
    SHARES
  • बाढी प्रभावित नेपाल, भारत र बंगलादेशलाई ईयुको सवा २३ करोड सहयोग

     काठमाडौँ। युरोपेली युनियनले बाढी प्रभावित दक्षिण एसियाली राष्ट्र नेपाल, भारत र बंगलादेशलाई आर्थिक सहयोग गर्ने भएको छ । ईयूले बाढीबाट अतिप्रभावित नेपाल, भारत र बंगलादेशलाई सवा २३ करोड रुपैयाँ सहयोग गर्ने भएको समाचार संस्था एएनआईले जनाएको छ ।

    भारत, नेपाल र बंगलादेश जस्ता दक्षिण पूर्वी एसियाली मुलुकमा बाढीले भएको क्षतिलाई ध्यानमा राख्दै ईयूले १ दशमलव ६५ मिलियन युरो प्रदान गर्ने भएको हो। जसलाई नेपाली रुपैयाँमा परिणत गर्दा २३ करोड २५ लाख ६३ हजार ४५ रुपैयाँ हुन आउँछ ।

    ani.JPG


    श्रावण २७, २०७७ मंगलवार १८:१६:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढी
  • # २३ करोड सहयोग
  • # युरोपेली युनियन

  • क्यानाडानेपाल डेस्क

    विश्वकै सबैभन्दा महँगो मास्कको मूल्य १८ करोड

  • 158
    SHARES
  • विश्वकै सबैभन्दा महँगो मास्कको मूल्य १८ करोड

    काठमाडौँ। विश्वभर कोरोनाभाइरसको संक्रमण बढिरहेको बेला मानिसका लागि मास्क अनिवार्य बनेको छ। नाक र मुख छोप्ने मास्क अहिले विभिन्न प्रकारका बजारमा उपलव्ध छन्। मास्क निर्माण गर्ने कम्पनीहरुले पनि अहिले मानिसको चाहनाअनुसार मास्कहरुको निर्माण गरेका छन्।

    विशेषतया, महिलालाई लक्षित गरेर मास्क निर्माणकर्ताहरुले यसलाई परिमार्जन गर्दै आकर्षक रंग र डिजाइनमा उत्पादन गरेका छन्। वर्तमान अवस्थामा बजारमा १० रुपैयाँदेखि हजारौँ रुपैयाँ पर्ने मास्क बिक्री भइरहेको छ। केहि समय अघि भारतका एक व्यक्तिले लगाएको सुनको मास्कबारे विश्वका केही सञ्चार माध्यमहरुले कभरेज गरेका थिए ।

    त्यस समयमा यसलाई सबैभन्दा महँगो मास्कको रुपमा वर्णन गरिएको थियो। तर, अहिले यसलाई माथ दिने गरी महङ्गो मास्को मूल्य सार्वजनिक भएको छ ।

    इजरायली ज्वेलरी कम्पनीले सुन र हिराको प्रयोग गरेर विश्वकै सबैभन्दा महँगो मास्क निर्माण गरिने जनाएको छ। इजरायली गहना कम्पनी योभलले उक्त महङ्गो मास्क बनाउन काम गरिरहेको अमेरिकी समाचार माध्यम एबिसी न्युजले जनाएको छ।

    कम्पनीका मालिक तथा डिजाइनर आइजक लेवीले यस मास्कमा १८ क्यारेटको वाइट गोल्ड प्रयोग गर्ने र मास्कलाई सजाउन ३६ सय सेतो र कालो हिराको प्रयोग गर्ने बताएका छन्। यसैगरी, ग्राहकको अनुरोधमा यस मास्कमा टप रेटेड एन ९९ फिल्टरको पनि प्रयोग गर्ने उनले बताए।

    लेवीले भन्छन्, अमेरिकामा बस्ने चिनियाँ व्यवसायीद्वारा यस मास्क एक दशमलव ५ मिलियन अमेरिकी डलर तिर्ने भएका छन्। अमेरिकी १.५ मिलियनलाई नेपाली रुपैयाँमा परिणत गर्दा आजको अमेरिकी डलरको भाउका अनुसार १८ करोड हुन आउँछ।

    यसैगरी, उक्त मास्क खरिद गर्ने ग्राहकले ज्वेलरी कम्पनीसँग दुईवटा शर्त राखेको कम्पनीका मालिक लेवीले जानकारी दिए। ग्राहकले पहिलो शर्त उक्त मास्क यस वर्षको अन्त्यसम्म निर्माण भइसक्नु पर्ने र अर्को उक्त मास्क विश्वकै महँगो मास्क हुनुपर्ने उनले बताए। लेवीले यी दुवै शर्तहरुलाई मध्यनजर गर्दै काम थालिसकेको बताएका छन्।


    श्रावण २७, २०७७ मंगलवार १६:१५:२५ बजे : प्रकाशित

    कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा

    क्यानाडानेपाल

    श्रावण २७

  • 184
    SHARES
  • कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा

    काठमाडौं । कोरोनाभाइरस संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ ।

    मस्तिष्कमा बनेको ब्लड क्लट हटाउन शल्यक्रिया गरिएपछि अवस्था गम्भीर बनेसँगै ८४ वर्षीय मुखर्जीलाई भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    सोमबार उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सम्पन्न भएको केही घण्टामै अवस्था गम्भीर भनेपछि उनलाई भेन्टिलेटरमा राखिएको हो । 

    यसअघि गरिएको परीक्षणमा मुखर्जीलाई कोरोना पोजेटिभ देखिएको थियो । 


    श्रावण २७, २०७७ मंगलवार १५:३८:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल