• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

प्रधानमन्त्री फेर्ने होइन ओली सुध्रिने बेला हो

आषाढ १९ २०७७
  • 2.0K
    SHARES
  • प्रधानमन्त्री फेर्ने होइन ओली सुध्रिने बेला हो

    काठमाडौं । विश्व कोरोनाभाइरस (कोभिड १९)को चपेटामा छ । यसबाट नेपाल पनि अछुतो रहेन । गत चैत ११ गतेदेखिको लकडाउन निरन्तर छ । यसका केही स्वरुप परिवर्तन गरिए पनि मानिसको दैनिक जीवन सामान्य बनिसकेको छैन । आर्थिक कारोबारमा मन्दीप्रायः छ । 

    कोरोनाभाइरसको महामारीका बेला छिमेकी मुलुक भारतले नेपालको भूमिमाथि नाङ्गो हस्तक्षेप गरेपछि नेपाल राष्ट्रिय अखण्डता र स्वतन्त्रता रक्षामा लाग्नु परेको छ । गत मे ८ मा भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकमा बाटो बनाएर उद्घाटन गरेपछि नेपालले राष्ट्रियता र भौगोलिक अखण्डता रक्षार्थ केही कदम चाल्न बाध्य भएको छ ।

    गत नोभेम्बरदेखि वार्तालाई टार्दै आएको भारतले कोरोनाको संकटको मौका छोपेर नेपालको भौगोलिक अखण्डाविरुद्ध सडक उद्घाटन गरेपछि नेपालले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा अद्यावधिक गर्दै जारी गरेको छ । भारतसँगको राष्ट्रियताको लडाइँमा नेपाल उभिएको छ । 

    कोरोनाको कहरले थलिएका बेला किसानले लगाएको बाली नष्ट गर्ने सलह कीराको नेपाल प्रवेशले अर्काे चिन्ता थपिएको छ । यी सबैको सामना गर्ने र जनतालाई राहत उपलब्ध गराउने कार्य सरकारकै हो । सरकारलाई जनतादेखि नेतासम्मले साथ दिनुपर्ने अवस्था रहेको छ । 

    यस घडीमा सत्तारुढ दलभित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिएमा पुनः प्रधानमन्त्री चयनका लागि राजनीति दलहरु लाग्नु पर्ने हुन्छ । मुलुक विभिन्न समस्यासँग जुधिरहेको र जनताको प्राण रक्षाका लागि काम गर्नुपर्ने बेलामा प्रधानमन्त्री फेर्ने विषय उचित नहुन सक्छ । अहिले भएका दलीय विवादलाई थाँती राखेर जनताको प्राण रक्षा र मुलुकको भौगोलिक अखण्डता रक्षा गर्ने दायित्व राजनीतिक दलदेखि साधारण जनतासम्मको हो । 

    तर, अहिले प्रधानमन्त्री फर्ने भन्दा प्रधानमन्त्री ओलीका व्यवहार परिवर्तन हुनु आवश्यक छ । विभिन्न राजनीति दल र जनताले निरन्तर उठाइरहेका आवाज प्रधानमन्त्री ओलीले सुन्नु आवश्यक छ । सडकदेखि सदनसम्मबाट गराइएका ध्यानाकर्षणबारे प्रधानमन्त्री ओली गम्भीर बन्नै पर्छ । सरकारको ध्यानाकर्षण गराएको विषयमा प्रधानमन्त्री ओलीले ओठे जवाफ वा कसैलाई चिढ्याउने गरी अभिव्यक्ति दिनु बाञ्छनीय हुँदैन । 

    आफ्नो पार्टीभित्र उठाइएका विषयलाई पनि गम्भीरताका साथ लिँदै नेताहरुको साथ र समर्थन लिएर प्रधानमन्त्री ओली अघि बढ्नु पर्छ । नेपाली कांग्रेससहित प्रतिपक्षी दलको राम्रो समर्थन पाएका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीभित्र समर्थन गुमाउँदै जाने अवस्था अन्त्यका लागि पहल गर्नुपर्छ । 

    सडक र सदनमा उठाइएका विषयलाई जवाफ फर्काएर भन्दा गम्भीरताका साथ लिएर आवश्यक कदम चाल्न प्रधानमन्त्री ओली पछि हट्न हुँदैन, चाहे कुनै मन्त्रीमाथि लागेको आरोप होस् वा कुनै सरकारी कर्मचारीमाथि नै किन नहोस् उदारताका साथ छानबिन गरेर निर्क्योल गर्नुपर्छ । जनताले आशंका गरेका विषयमा अनुसन्धान र छानबिनमार्फत त्यसलाई स्पष्ट पार्न पनि प्रधानमन्त्री ओली राजी हुनु पर्छ । 

    आफूले गरेका सबै ठीक र अरुले उठाएका विषय सबै गलत भन्ने परिपाटीको प्रधानमन्त्री ओलीले अन्त्य गरेर आफूलाई सच्याउनु आवश्यक छ । लकडाउनका कारण जोखिममा परेकाहरुलाई तत्काल राहत प्याकेजको घोषणा गर्नुपर्ने सरकारको पहिलो दायित्व हो । कानुन र नियम सर्वसाधारणका लागि मात्रै होइन सबैका लागि बराबर रहेको आभास गराउनु अर्को दायित्व पनि सरकारकै हो । 

    जनताको जीविकोपार्जन ठप्प छ । जनतालाई अत्यावश्यकीय कामका लागि घर बाहिर निस्कन निकै झन्झट् व्यहोर्नु पर्छ, तर पहुँचवाला लकडाउनका बेला खुलम्खुलला हिड्नेदेखि उनीहरुको व्यापार व्यवसाय निरन्तर चल्ने परिपाटीले नागरिकबीच विभेदको आभास गराएको छ । जुन गलत हो, यस्ता कार्य रोक्न सरकार सक्षम हुनुपर्छ । जनताको जीवन रक्षा र स्वास्थ्य सेवामा ध्यान दिनु सरकारको शर्तरहित कार्य हो । 

    यस अवस्थामा प्रधानमन्त्री फेर्नभन्दा भएका प्रधानमन्त्री ओलीलाई जिम्मेवार, लगनशील र उत्तरदायी बनाउनु सबैको कर्तव्य र आवश्यकता हो । यस संकटपार गरेपछि सदनमा बहुमत प्राप्त दल नेकपाले कसलाई प्रधानमन्त्री बनाउने र हटाउने अधिकार प्रयोग गर्न सक्छ । तर, अहिले देखिएका विभिन्न संकटमोचनका लागि प्रधानमन्त्री फेर्ने कुरा असान्दर्भिक देखिने राजनीतिक विश्लेषकहरुले बारम्बार बताइरहेका छन् । 
     


    आषाढ १९, २०७७ शुक्रवार २०:४३:०० बजे : प्रकाशित

    अर्कोसमाचार

    झलनाथ खनालमा देखियो ‘मिर्गौला फेल’पछि स्वास्थ्य समस्या 

  • 400
    SHARES
  • झलनाथ खनालमा देखियो ‘मिर्गौला फेल’पछि स्वास्थ्य समस्या 

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी गरिएको छ ।

    केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत खनालको मिर्गाैला फेलपछिको स्वास्थ्य समस्या देखिएको छ । 

    स्वास्थ्यमा जटिलता देखिन थाले पछि उनलाई नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको छ । यसअघि गत माघमा पनि खनालले सोही अस्पतालमा उपचार गरेका थिए । 

    लगातार आएको ज्वरो कम नभएपछि र हेमोग्लोबिन कम भएपछि नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनालको स्वास्थ्यमा मिर्गाैला फेलपछि जटिलता देखिएको हो । 

    साथै फोक्सोमा पानी जमेको र अक्सिजनको लेभल पनि राम्रो नरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको अक्सिजनको सहायतामा उपचार भइरहेको छ । 

    मिर्गौला फेलपछिको देखिएको जटिलताबारे खनालको सचिवालयले केही बताइसकेको छैन । तर, उनलाई उपचारका लागि नयाँ दिल्ली लैजान भने सचिवालयले प्रक्रिया थालिसकेको बताइएको छ । 


    आषाढ २, २०७८ बुधवार १२:१७:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल

  • क्यानाडा नेपाल

    झलनाथ खनाललाई भेट्न अस्पताल पुगे इश्वर पोखरेल, खनालले भने - पार्टी मिलाउनुस् कमरेड 

    आषाढ २

  • 250
    SHARES
  • झलनाथ खनाललाई भेट्न अस्पताल पुगे इश्वर पोखरेल, खनालले भने - पार्टी मिलाउनुस् कमरेड 

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल थप उपचारका लागि आज नयाँ दिल्ली लैजाने तयारी गरिएको छ ।

    केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएर उपचाररत खनालको मिर्गौला फेलपछिको स्वास्थ्य समस्या देखिएको छ । स्वास्थ्यमा जटिलता देखिन थाले पछि उनलाई नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको हो । 

    दिल्ली जानुअघि खनाललाई भेट गर्न एमाले महासचिव इश्वर पोखरेल अस्पताल पुगेका थिए। उक्त भेटमा खनालले पोखरेललाई पार्टी मिलाउन आग्रह गरेको बताइएको छ । खनालले पोखरेललाई 'पार्टी मिलाउनुस् कमरेड ...' भनेको बताइएको छ ।

    एमाले नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै एमाले नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै
     


    आषाढ २, २०७८ बुधवार १३:०५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्

  • 1.5K
    SHARES
  • ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्

    काठमाडौं । थप उपचारका लागि भारतको दिल्ली प्रस्थान गर्नुअघि पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको एकता बचाउन आग्रह गरेका छन् । 

    लगातार उच्च ज्वरो र हेमोग्लोबिन कम भएपछि केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनाल थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पताल जाने तयारीमा छन् । 

    उनको स्वास्थ्य अवस्थाबारे सरकार र एमालेले चासो राखेको छ । पार्टीका महासचिव ईश्वर पोखरेलसहितका नेताहरु अस्पताल पुुगेर खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् । 

    सोहीक्रममा अर्थमन्त्री विष्णु पौडेलले खनालसँग प्रधानमन्त्री ओलीको फोन सम्पर्क गराएका छन् । बुधबार भएको फोन सम्पर्कमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले खनालको स्वास्थ्य लाभको कामना गरेका छन् । 

    अन्ततः ओली गले  अन्ततः ओली गले 

    दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका प्रधानमन्त्री ओलीले खनालको उपचारका लागि सरकारले सहयोग गर्ने वचन पनि दिएका छन् । 

    सोही क्रममा नेता खनालले अध्यक्ष ओलीलाई एमालेको एकता जोगाउन भावुकशैलीमा आग्रह गरेका छन् । यसअघिका घटनाहरुलाई बिर्सिएर पार्टी एकता गर्न ओलीलाई आग्रह गर्दै एमालेका पूर्व अध्यक्षसमेत रहेका खनालले भने, ‘कमरेड, म फर्केर आउँछु कि आउँदिन, त्यो पनि थाहा छैन । पार्टी एकतावद्ध बनाउनुहोस्, मेरो यही चाहना छ ।’

    एकतावद्ध एमालेको चाहना आफ्नो रहेको भन्दै खनालले पार्टीलाई एकतावद्ध बनाउने स्थानमा ओली रहेकालाई आग्रह गरेको बताएका छन् । जवाफ अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन आफू लचिलो भएर प्रस्तुत हुने बताएका छन् । 

    अध्यक्ष ओलीलाई जस्तै आफूलाई हेट्न आएका महासचिव पोखरेललाई पनि खनालले पार्टी एकताको पक्षमा काम गर्न आग्रह गरेका थिए ।  खनालमा मिर्गौला फेलपछि देखिने स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ । 


    आषाढ २, २०७८ बुधवार १४:३३:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # झलनाथ खनाल

  • क्यानाडा नेपाल

    पार्टी एकताको सन्देश छाडेर उपचारका लागि खनाल दिल्ली प्रस्थान 

  • 244
    SHARES
  • पार्टी एकताको सन्देश छाडेर उपचारका लागि खनाल दिल्ली प्रस्थान 

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल थप उपचारका लागि बुधबार दिउँसो भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    लगातार उच्च ज्वरो र हेमोग्लोबिन कम भएपछि केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनालको थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । 

    नर्भिक अस्पतालमा रहँदा स्वास्थ्य अवस्थ स्थिर रहेको खनाललाई नेपाल एयरलाइन्सको फ्लाइटबाट उनलाई नयाँ दिल्ली लगिएको हो । 

    गत सोमबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराएका खनाललाई उच्च ज्वरो, फोक्सोमा पानी जमेको, अक्सिजनको मात्रा शरीरमा कम देखिएको तथा सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि भारत लगिएको हो । 

    पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो। नेता खनालमा मिर्गाैलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरुसमेत देखिएको छ । 

    ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस् ओलीलाई अस्पतालको शैयाबाट खनालले भने– कमरेड, म फर्केर आउँछु कि आउँदिनँ, पार्टी बचाउनुहोस्

    नयाँ दिल्ली प्रस्थान गर्नुअघि पार्टीका महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले भेटेर उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने वचन दिएका थिए ।

    अध्यक्ष ओलीले टेलिफोनमार्फत स्वास्थ्य लाभको कामना गर्दा खनालले पाटीलार्ई एकताबद्ध गर्न आग्रह गरेका थिए । भावुकशैलीमा खनालले अध्यक्ष ओलीसँग एमालेको एकताको लागि काम गर्न आग्रह गरेका थिए । 

    साथै दिल्ली जानुअघि प्रेस विज्ञप्ति जारी गरेर पनि खनालले पार्टी एकताका लागि नेताहरुलाई आह्वान गरेका छन् । 

    दिल्ली प्रस्थान गर्नुअघि खनालले दिएको पार्टी एकताको सन्देशसहितको प्रेस विज्ञप्तिको पूर्णपाठ :

    आदरणीय दिदि बहिनी तथा दाजुभाईहरु, 

    उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु । 

    देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ ।

    राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामि सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु । 

    हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो । सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेको छ । तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ ।

    देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु । 
    धन्यवाद !

    press note jhalanath.jpg


    आषाढ २, २०७८ बुधवार १६:२९:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    झलनाथ खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा शुरु, पार्टीको लागि छोडे यस्तो सन्देश  

    आषाढ २

  • 382
    SHARES
  • झलनाथ खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा शुरु, पार्टीको लागि छोडे यस्तो सन्देश  

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा शुरु भएको छ । थप उपचारका लागि बुधबार दिउँसो भारतको नयाँ दिल्ली प्रस्थान गरेका खनालको अहिले एपोलो अस्पतालमा उपचार शुरु भएको हो । 

    भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अस्पतालमा खनालको उपचार शुरु भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले खनाल र उनको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भएको बताएका छन् ।

    nil.PNG

    लगातार उच्च ज्वरो र हेमोग्लोबिन कम भएपछि केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएर उपचार गराइरहेका खनालको थप उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । 

    गत सोमबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराएका खनाललाई उच्च ज्वरो, फोक्सोमा पानी जमेको, अक्सिजनको मात्रा शरीरमा कम देखिएको तथा सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि भारत लगिएको हो । 

    jhalnath.jpg

    पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो। नेता खनालमा मिर्गौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरुसमेत देखिएको छ ।

    नयाँ दिल्ली प्रस्थान गर्नुअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले स्वास्थ्य लाभको कामना गरेका थिए । 

    अध्यक्ष ओलीले टेलिफोनमार्फत स्वास्थ्य लाभको कामना गर्दा खनालले पाटीलाई एकताबद्ध गर्न आग्रह गरेका थिए । भावुकशैलीमा खनालले अध्यक्ष ओलीसँग एमालेको एकताको लागि काम गर्न आग्रह गरेका थिए । दिल्ली जानुअघि प्रेस विज्ञप्ति जारी गरेर पनि खनालले पार्टी एकताका लागि नेताहरुलाई आह्वान गरेका थिए । 

    press note jhalanath.jpg


    आषाढ २, २०७८ बुधवार २०:११:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • माधव नेपाल र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

    आषाढ २

  • 316
    SHARES
  • माधव नेपाल र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

    काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। 

    बुधबार डा. भट्टराई नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । उनीहरुबीच के बिषयमा छलफल भयो भन्ने खुलेको छैन । नेपाल र भट्टराईबीच भेटवाता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    यसअघि सोमबार नेता नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पुगेका थिए । 

    उनीहरुबीच लोकतान्त्रिक गठबन्धनलाई कसरी कसिलो बनाएर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद रोक्ने भन्ने बिषयमा छलफल भएको थियो । यस्तै कोरोना न्यूनीकरणका लागि सरकारको प्रयास फितलो भएको र नागरिकले खोप नपाएको विषयमा छलफल भएको थियो। 
     


    आषाढ २, २०७८ बुधवार २०:५८:४७ बजे : प्रकाशित