• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

गोकुल बाँस्कोटा भन्छन्– ओली सिधिँदा प्रचण्ड पनि सकिन्छन् (अन्तर्वार्ता)

आषाढ १९ २०७७
  • 958
    SHARES
  • गोकुल बाँस्कोटा भन्छन्– ओली सिधिँदा प्रचण्ड पनि सकिन्छन् (अन्तर्वार्ता)

    काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । सरकारको नेतृत्व परिवर्तनको विषयलाई लिएर नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो । पार्टी एकीकरण भएको दुई वर्ष नाघेपछि नेकपा फुटको संघारमा उभिएको छ  । 

    जनमतलाई उपेक्षा गरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद बढेको हो । राजनीतिक स्थीरताका लागि भन्दै जनतासँग मत मागेको नेकपाभित्र प्रचण्डलगायतका नेताहरुले आफ्नै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराएर नयाँ प्रधानमन्त्री बनाउने खेल भइरहेको छ । 

    जनमत विपरीत र अनावश्यक राजनीतिक खेलले ओलीलाई सिध्याउँदा प्रचण्ड पनि नजोगिने नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बताए । एउटै पार्टीका एक अध्यक्ष ओलीलाई राजनीतिक असर गर्दा त्यसको प्रभाव प्रचण्डलाई पनि पर्ने उनको भनाइ छ । मुलुकको राजनीतिक, समसामयिक विषय तथा उनीमाथि लागेको आरोपका विषयमा क्यानडानेपालसँगको कुराकानीमा उनले मुलुकको आवश्यकता र जनताका हितका लागि सरकारले काम गरेको दाबी गरे । आफ्नै पार्टीका नेताले प्रधानमन्त्री ओलीको राजीनामा माग्दा सिङ्गो पार्टीबारे जनतामा गलत सन्देश जाने भएकाले सचेत रहनु पर्ने उनको भनाइ छ । 

    आफूमाथि लागेको घुसको आरोपमा निराधार रहेको दाबी गर्दै पूर्वमन्त्री बाँस्कोटाले आफूले जवाफदेहिताअनुसार पदबाट राजीनामा दिएको बताए । आफूले घुस नलिएको र नमागेको भन्दै उनले भने, ‘जससँग रिस उठेको छ, त्यसैको फेक अडियो बनाउन कुनै गाह्रो छैन । ममाथि पनि त्यही भएको हो ।’ तर, सोबारे अनुसन्धान गर्न मार्ग प्रशस्तका लागि आफूले मन्त्री पदबाट राजीनामा दिएको नेता बाँस्कोटाले भने । 

    आफू धनगडी हुँदा उक्त अडियो सार्वजनिक गरेको भन्दै उनले वास्तविक कुरा बताउन सदनमा जाँदै गर्दा सभामुख कृष्णबहादुर महराले मन्त्री बाँस्कोटाले राजीनामा दिइसकेको बताएपछि आफु फर्किएको बताए । राजीनामा दिनु अघि नै सभामुख महराले राजीनामा घोषण गरेको र अडियोलाई लिएर प्रचण्डले सडकमा जुलुस नै निकालेको उनको भनाइ छ । 

    आफूलाई ओलीको  साथ रहे पनि तर गलत कार्यमा प्रधानमन्त्री ओलीले संरक्षण नगर्न बताएका बाँस्कोटाले भने, ‘नत्र आरोप लाग्दैमा मलाई मन्त्री पदबाट राजीनामा गर्नबाट रोक्नु पर्ने त ।’ घुस लिएको र भ्रष्टाचारको आरोप सरकारका अरु मन्त्रीमाथि पनि आरोप लाग्दै आएको छ । तर, आफूले अनुसन्धानमा असहज नहोस् भनेर राजीनामा दिएको बाँस्कोटाले बताए । 

    एमसीसी सम्झौताबारे अफवाह फैलाएको उनको आरोप छ । अमेरिकाले सेना ल्याउँदा सम्झौता नगर्ने गरेको विश्व इतिहास रहेको भन्दै उनले एमसीसी सम्झौतामार्फत आउने रकम नेपालको विकास र समृद्धिका लागि हुने बाँस्कोटाले बताए । एमसीसी सम्झौताबारे कुनै शंका भए संसदमा छलफल गर्न दिनुपर्ने भन्दै उनले सदनमा छलफल नगर्ने बाहिर बाहिर विरोध गर्नु उचित नभएको बताए । 

    नेपाल–भारत दुवैले एकअर्कासँग सम्बन्ध बिगार्न नचाहेको भन्दै नेता बाँस्कोटाले नेपालले पनि सम्बन्ध सुधार्न आवश्यक पहलका लागि आफू भारतीय दूतावास गएको स्वीकारे । आफूले हार्दा गरेको सुगौली सन्धि नेपालले मानेर नै नक्सा जारी गरेको बताएका उनले सोही सन्धिलाई आधार मानेर वार्ता गर्न भारतलाई भनेको जानकारी दिए । तर, मुलुक राष्ट्रियता, भौगोलिक अखण्डता रक्षाका लागि संघर्ष गरिरहेका बेला प्रधानमन्त्री परिवर्तनको कुराले मुलुक कमजोर हुने उनको भनाइ छ । साथै नागरिकता विधेयकमा समेटिएका विषयलाई लिएर भइरहेका विवादलाई उनले अनावश्यक भनेका छन् । भारतमा पनि नेपाली महिला विवाह गरेर गएपछि नागरिकतालाई कुर्नु पर्ने, त्यस्तै व्यवस्था नेपालमा गर्दा विवाद गर्नु अनुचित रहेको उनको भनाइ छ । 

    मुलुकको राजनीतिक अवस्था, उनीमाथि लागेको आरोप, एमसीसी, नागरिकता विधेयकलगायत समसामयिक विषयमा नेकपाका नेता तथा पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग क्यानडानेपाल डटकमले गरेको भिडियो अन्तर्वार्ता :

     


    आषाढ १९, २०७७ शुक्रवार १६:४१:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    शान्त र गम्भीर मुद्रामा प्रधानमन्त्री ओली

  • 3.6K
    SHARES
  • शान्त र गम्भीर मुद्रामा प्रधानमन्त्री ओली

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो क्याबिनेट बैठकमा शान्त र गम्भीर मुद्रामा प्रस्तुत भएको बैठकमा उपस्थित एक मन्त्रीले बताएका छन् । प्राय प्रधानमन्त्रीको शैली अलि कडा र आफूले भनेको र बुझेको मात्र सहि जस्तो तर्क दिने गरेको तर यस पटक गम्भीर मुद्रामा प्राय एजेण्डामा छलफल गरेको ति मन्त्रीले बताएको समाचार जन आस्था पत्रिकामा प्रकाशित छ ।

    क्याबिनेट बैठकमा उपस्थित मन्त्रीका अनुसार साँढे दुई वर्षका धेरैवटा क्याबिनेट बैठकमध्ये एक दुई वटामा मात्र प्रधानमन्त्री यसरी शान्त र गम्भीर मुद्रामा देखिएका हुन् । "हिजोको बैठकमा वहाँले कुनैपनि किसिमको छेडखान, यो, त्यो केही गर्नुभएन । कुनै ठूलो मन्तव्य वा उपदेश पनि नदिनुभएको र नितान्त एजेण्डामा केन्द्रित हुनुभएकोमा अधिकांश मन्त्री प्रफुल्ल थिए ।"

    नेकपा पार्टी भित्र विवाद चर्किंदै गएको र दुई अध्यक्ष बीच एक हप्तादेखि बोलचाल समेत नभएकोले गर्दा प्रधानमन्त्री ओली अहिले के गर्ने कसो गर्ने भन्ने गम्भीर चिन्तामा परेका छन् । नेकपाका शिर्ष नेताहरु गुट बनाएर आफू विरुद्ध अभियान थाले पश्चात प्रधानमन्त्री ओली अहिले चिन्तित छन् ।

    यो पनि पढ्नुहोस : सहमतिका लागि प्रचण्डको ओलीलाई नयाँ प्रस्ताव : दुवै अध्यक्षले राजीनामा दिने !

    प्रचण्ड समूहले एकोहोरो रुपमा आफ्नो राजिनामा मागिरहेको बेला प्रधानमन्त्री ओलीले आफू महाधिवेशनबाट मात्र अध्यक्ष पद छोड्ने र अर्को चुनाव पश्चातमात्र प्रधानमन्त्री पद हस्तान्तरण गर्ने आफ्नो भनाई राख्दै आईरहेका छन् । तर प्रचण्ड समूह भने प्रधानमन्त्री ओलीको यो कुरामा सहमत भएका छैनन् ।

    यो पनि पढ्नुहोस : ओली र प्रचण्डबीच एक हप्तादेखि बोलचाल ठप्प

    पुष्प कमल दाहाल 'प्रचण्ड'को सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएसंगै अहिले प्रचण्ड होम आइसोलेशनमा बसिरहेका छन् । शिर्ष नेताहरुको वरिपरि कोरोना संक्रमण देखिन थाले संगै अहिले प्रचण्ड समूहको भेटवार्ता रोकिएको छ भने प्रचण्ड-ओलीको एक हप्ता देखि बोलचाल नै ठप्प भएको छ ।


    श्रावण २७, २०७७ मंगलवार २३:३४:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    ओली र प्रचण्डबीच एक हप्तादेखि बोलचाल ठप्प

  • 302
    SHARES
  • ओली र प्रचण्डबीच एक हप्तादेखि बोलचाल ठप्प

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच एक हप्तादेखी नै बोलचाल ठप्प छ । पार्टी भित्रको अन्तरिक विवाद सुल्झाउन पटक पटक बालुवाटारमा छलफलमा जुटिरहने यी दुई अध्यक्ष पछिल्लो समय भेटघाट बन्द गरेका छन् । 

    गत असार १० गते बाट शुरु भएको स्थायी कमिटीको बैठकमा प्रचण्ड, गौतम, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिन माग गरेपछि शुरु भएको नेकपा विवाद अझै समाधान हुन सकिरहेको छैन । पार्टीकै विवाद समाधान गर्न भनि भेटघाट गरिरहेका प्रचण्ड ओलीले एक्कासी भेटघाट बन्द गर्दा धेरैको चासो बढेको छ । 

    उनीहरुबीच पार्टीको विवाद समाधानको लागि एक हप्तादेखी कुनै संवाद पनि नभएको बताइएको छ । गएको मंगलबार ओली, प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङसहितका ४ नेताहरुबीच पार्टी विवाद सम्बन्धी कुराकानी हुँदा शीर्ष नेताहरुबीच संवाद हुन सकेन । 

    त्यसपछि बुधबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले  ओलीको कार्यशैलीको विरोध गरेपछि बैठक नै हुन सकेन ।  त्यसपछि भने प्रचण्ड र ओली बीच कुनै संवाद नभएको बताइएको छ । त्यसदिनदेखी दुवैबीच फोनमा पनि कुराकानी नभएको  प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटा जुगलले बताए । 


    श्रावण २७, २०७७ मंगलवार २१:३४:३८ बजे : प्रकाशित

    देउवालाई गगन थापासहित १२ युवा नेताको ‘च्यालेन्ज’

    क्यानाडानेपाल

    श्रावण २७

  • 242
    SHARES
  • देउवालाई गगन थापासहित १२ युवा नेताको ‘च्यालेन्ज’

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका १२ युवा नेताहरुले सभापति शेरबहादुर देउवालाई पार्टीको विधि विधान, विरासत, परम्परा र पद्धतिलाई उल्लंघन गर्ने चेतावनी दिएका छन् । 

    डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव र किरण यादव मंगलबार संयुक्त विज्ञप्ति निकालेर सभापति देउवालाई सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार सभापति देउवामा नरहेको बताएका छन् । 
    ‘पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता पनि हो। कस्तो कांग्रेस बनाउने, विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो। सभापति व्यक्ति होइन, संस्था हो। उहाँसँग पार्टीलाई गुट उपगुटमा बिभाजित रहनदिएर कांग्रेसको इतिहास, बिरासत , परम्परा र पद्धतिलाई उल्लंघन गर्ने सुविधा छैन’, उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथीहरुलाई समान अवसर र न्यायबाट बञ्चित गर्ने अधिकार पनि छैन। सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन।’

    पार्टीका केन्द्रीय विभागहरुको गठन तत्काल रोक्न सभापति देउवालाई सचेत गराएका उनीहरुले गठन गरिएका विभागहरु खारेज गर्न माग पनि गरेका छन् ।

    ‘विभाग गठनका कार्य तत्काल रोकिनु पर्छ र गठन गरिएका औचित्यहिन विभागहरु खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ,’ विज्ञप्तिमा भनिएको  छ, ‘ ष्सबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यस विषयमा स्पष्ट हुनका लागि देशभरका साथीहरुलाई आग्रह समेत गर्दछौं ।’ 

    प्रेस विज्ञप्ति

    २०७७ साउन २७

    नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ। विधानतः चार वर्षको कार्यकाल भित्र महाधिवेशन सम्पन्न हुन नसक्ने बिशेष परिस्थिती देखिएमा मात्र उपयोग गर्न पाइने एक बर्ष कार्यकाल थप्न सकिने वैधानिक सुविधा प्रयोग गरेर बढाइएको अवधिमा महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिएको छ। निर्धारण गरिएको समय २०७७ फागुन भित्र कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गर्नु पर्ने ऐतिहासिक दायित्व केन्द्रीय समितिको काँधमा छ।

    यस्तो समयमा पार्टी भित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टी नेता बिच, नेता कार्यकर्ता बिच र पुरानो पुस्ता एवं नयाँ पुस्ताका बिचको सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनु पर्ने दायित्व हामी सबैको हो। यद्यपि यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ। पार्टी भित्र देखिएका बिवाद र आपसी तिक्ततालाई समाप्त गरि साथीहरुका बिचमा भावनात्मक एकता कायम गरि महाधिवेशनलाई हौसला पूर्ण महोत्सवको रुपमा निर्धारित समयतालिका भित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो। तथापि यस कार्यमा पनि सभापति अर्थात् नेतृत्वकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ।

    इतिहासको महत्त्वपूर्ण कालखण्डमा हाम्रो महाधिवेशन सम्पन्न हुँदैछ। संसारभरि अस्विकृत अलोकतान्त्रिक बिचारको बाहक राजनीतिक दल नेकपाको कुशासनमा लोकतन्त्र असुरक्षित छ। नयाँ पुस्ता राजनीतिसँग विकर्षित र टाढिएको छ। साच्चै भन्ने हो भने सिंगो पुस्ता तनावग्रस्त भई बिरक्तिएर बसेको छ र समकालिन राजनीतिप्रति उसको घृणाभाव झल्किन्छ।यस महाधिवेशनले यी सबै पक्षलाई आश्वस्त तुल्याउदै उत्पन्न तनाव, बिरक्ती र घृणा भावलाई अन्त्य गरी लोकतन्त्रको भविष्यलाई सुरक्षित तुल्याउँदै राजनीतिप्रतिको सम्मान, मर्यादा र प्रतिष्ठालाई पुनर्स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको छ। यसका लागि पनि नेतृत्वकै अग्रसरता आवश्यक देखिन्छ।

    यस घडीमा हामीले समयको पदचाप, पार्टीका साथिहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नु पर्दछ।तर दुर्भाग्यवश हामी, हामीलाई प्राप्त ऐतिहासिक बिरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुदै गएका छौं। हामी प्रतिको नेपाली जनताको भरोसा कमजोर हुँदै गएको छ। पार्टीको गौरवपूर्ण छवि ,व्यक्तित्व र कान्ति ह्रासोन्मुख हुँदैछ।हाम्रा प्रातः स्मरणीय नेताहरुले रचेको गौरव गाथालाई थप गौरवपूर्ण बनाउने दायित्व विमुख हुन थालेको छ। हामी लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेका छौं।र हाम्रो पार्टीको पहिचान र परम्पराको सट्टा अराजकता तर्फ उन्मुख भएका छौं। यसको जिम्मेदारीले लिनु पर्दछ।

    अहिले आएर सभापतिज्यूबाट पार्टीका विभिन्न विभाग गठनप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकर्षित भएको छ। पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता पनि हो। कांग्रेसको गौरवपूर्ण इतिहासको भारी उहाँकै काँधमा छ।कस्तो कांग्रेस बनाउने, विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो। सभापति व्यक्ति होइन, संस्था हो। उहाँसँग पार्टीलाई गुट उपगुटमा बिभाजित रहनदिएर कांग्रेसको इतिहास, बिरासत , परम्परा र पद्धतिलाई उल्लंघन गर्ने सुविधा छैन।

    अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथिहरुलाई समान अवसर र न्यायबाट बञ्चित गर्ने अधिकार पनि छैन। सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन।आफ्ना समकालीन साथीहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिड्ने सहुलियत पनि छैन। यसबाट गैरलोकतान्त्रिक शक्तिहरुसँग लोकतान्त्रिक मुल्य मान्यताको बिषयमा बहस गर्ने हाम्रो नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको छ।

    हामी यतिबेला पार्टिको बाह्रौं महाधिवेशन पश्चात् तत्कालीन सभापति सुशील कोइरालाले पार्टिका विभागहरु गठन गर्दा बर्तमान पार्टी सभापति ज्युले राख्नु भएको तर्क रअसहमतिलाई स्मरण गरिरहेका छौं। पदाधिकारी, समिति र बिभाग गठनमा दुई बर्ष मात्र ढिलो हुँदा बर्तमान सभापति ज्यु कै असहमति र बिरोधका कारण तत्कालिन निर्णय फिर्ता लिइयो अर्थात् कार्यान्वयन गरिएन। अनि अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी बैधानिक र उपयुक्त हुन सक्छन्? महाधिवेशन सम्पन्न भएको दुईमहिनाभित्र गरिनु पर्ने विभाग गठनको काम तत्काल किन भएन? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष , विश्वसनीय र भब्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र?

    हामीले बनाएका बिभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने? महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टिका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो?यस कार्यबाट महाधिवेशनको निष्पक्षता मा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको मिति तोकिसके पश्चात् बिभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो। तसर्थ बिभाग गठनका कार्य तत्काल रोकिनु पर्छ र गठन गरिएका औचित्यहिन विभागहरु खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ।यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।यस बिषयमा स्पष्ट हुनका लागि देशभरका साथिहरुलाई आग्रह समेत गर्दछौं। साथै अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफ सहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सहि दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं।

    जय नेपाल
    डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादव


    श्रावण २७, २०७७ मंगलवार १५:५५:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कांग्रेस विवाद

  • क्यानाडानेपाल

    रामेछापको दोरम्बामा तीन दर्जन बढी युवा कांग्रेस प्रवेश, महामन्त्री कोइरालाले गरे स्वागत

  • 190
    SHARES
  • रामेछापको दोरम्बामा तीन दर्जन बढी युवा कांग्रेस प्रवेश, महामन्त्री कोइरालाले गरे स्वागत

    काठमाडौं । तत्कालीन नेकपा माओवादीले आधार इलाका मान्दै आएको रामेछापको दोरम्बाका तनि दर्जनभन्दा बढी युवा नेकपा परित्याग गरी कांग्रेसप्रवेश गरेका छन् । उनीहरुलाई कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले टिका र खादा लगाएर स्वागत गरेका छन् । 

    महामन्त्री कोइरालाले नेकपा छोडेर युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेकाले आफुमा पनि उmर्जा थपिएको बताए । उनले कम्युनिष्टहरुको कुशासानका कारण नागरिकमा अविश्वास जागेको बताए । उनले नेपाली कांग्रेसको भनेको संघर्षको पर्यायवाची भएको भन्दै अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउन युवाहरुलाई आह्वान गरे । 

    नेपाल विद्यार्थी संघका नेता दिपेन्द्र खड्काका अनुसार दोरम्बाको वडा नम्बर ६ का नवराज गौतम, दिपेन्द्र गौतम विनाद गौतम, कुमार गौतम, सागर न्यौपाने लगायत अधिकांश युवाहरु नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

    रामेछापको दोरम्बा र वेथानलाई तत्कालिन माओवादीहरुले आधार क्षेत्र मान्दै आएका थिए । सो क्षेत्रका अधिकांश युवाहरु कम्युनिष्टहरुको भ्रष्ट चरित्रका कारण कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी नवराज गौतमले बताए ।


    श्रावण २७, २०७७ मंगलवार १२:१६:३६ बजे : प्रकाशित

    जसपाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे गरेको टिप्पणीको सचिवालयद्वारा गम्भीर ध्यानाकर्षण

  • 248
    SHARES
  • जसपाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे गरेको टिप्पणीको सचिवालयद्वारा गम्भीर ध्यानाकर्षण

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे गरेको टिप्पणीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  

    जसपाले प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा' केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको' भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र  खेदजनक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । 

    उनले प्रेस नोटमा भनेका छन् - प्रेस नाेट
    ‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेकाे विज्ञप्तिकाे एक अंशप्रति गंभीर ध्यानाकर्षण भएकाे छ ।  
    सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेकाे "...केपी आेली सरकारकाे कुनै ठाेस कार्ययाेजना नरहेकाे र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजाेर रहेकाे..." भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र  खेदजनक छ । 

    जसपाले भन्यो - 'प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर छन्'

    पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीकाे समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरकाे तरिका खासमा कुण्ठाग्रस्त गालीगलाेज मात्र हो र सोचको दिवालियापन नै हाे  ।

    राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरकाे अपसंस्कारकाे प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर हाेला । 

    सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नाे स्वार्थका राेटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्याराे देख्छन् र उज्यालाेकाे भर्त्सनामा जुट्छन् ।
    जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलाेचना, विराेध र गालीगलाेज गरिएकाे सन्दर्भ हाे, याे कुनै नाैलाे कुरा हाेइन । आफ्नाे निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसाे गर्दै आएकाे तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासकाे गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले काेही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ । 

    शीशाकाे घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ ।जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएकाे छ । 

    राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारकाे अालाेचना र विराेध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयाेग गरिने अपमानजनक, तथ्यहीन,भ्रामक  र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नैपर्छ, जाे सभ्य समाजकाे मूल्य र मानक विपरित रहेका छन् । तसर्थ: जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएकाे भाषा निन्दनीय रहेकाेतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु । 
    सूर्य थापा
    प्रधानमन्त्रीका प्रेस सल्लाहकार 
    २७ साउन २०७७

    117306412_181825516657394_1424763142605706737_o.jpg


    श्रावण २७, २०७७ मंगलवार ०९:५९:५१ बजे : प्रकाशित

    विराटनगरका मेयर भीम पराजुलीले मध्यरातमा पोखे आक्रोश : सहयोग नगर्ने यो त अतिभो

  • 594
    SHARES
  • विराटनगरका मेयर भीम पराजुलीले मध्यरातमा पोखे आक्रोश : सहयोग नगर्ने यो त अतिभो

    विराटनगर । कोरोनाको ‘हटस्पट’ बनिरहेको विराटनगर महानगरपालिकाको मेयर भीम पराजुलीले मध्यरातमा सामाजिक संजालमा निराशा व्यक्त गरेका छन् । उनको स्ट्याटसमा कोरोनाविरुद्ध काम गर्न पूर्ण सहयोग नपाएको आक्रोश पोखिएको पाईन्छ ।

    प्रदेश नम्बर १ को राजधानी विराटनगरमा कोरोना संक्रमण बढ्दो गतिमा छ । दुई हप्ताको लागि लकडाउन रहेको विराटनगरका मुख्य अस्पतालहरु अहिले कोभिड-१९ बाट ग्रस्त छन् । यसै बीच विराटनगरका मेयर भीम पराजुलीले आफूले काम गर्न नपाएको र हरेक काममा असहयोग भएको भाव व्यक्त गरेका छन् ।

    भीम पराजुलीका अनुसार पिसिआरको रिपोर्ट चाँडो गरिदिन समेत चाकडी गर्नुपर्ने साथै कोरोना विरुद्ध लड्न हरेक कदममा आफूलाई असहयोग गरिएको उल्लेख गरेका छन् । महानगरपालिकाको मेयर भए पश्चात पनि कोरोना विरुद्धको लडाईका लागि चाकडी गर्नुपर्ने भएकाले मेयर पराजुलीले स्थानीय सरकार प्रति आक्रोश व्यक्त गरेको हुनसक्छ ।

    यो पनि पढ्नुहोस : सहमतिका लागि प्रचण्डको ओलीलाई नयाँ प्रस्ताव : दुवै अध्यक्षले राजीनामा दिने !

    मेयर भीम पराजुलीले लेखेका छन् , "PCR को रिपोर्ट चाडो गराईदिनु पर्यो भनेर क-कसको चाकडि गर्नु पर्ने ? हरेक कुरामा असहयोग यो त अतिभो?"

    bhimparajulistatus.jpg

    विराटनगरका प्राय सबै सरकारीदेखि ठूला अस्पतालहरु अहिले कोभिड-१९ ग्रस्त भएकाले विराटनगर वासीहरु चिन्तित छन् । यसै बीच मेयरले समेत कोरोनासंग लड्न आफुले असहयोग पाएको निराशा व्यक्त गरेका छन् ।


    श्रावण २६, २०७७ सोमवार २३:११:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # भीम पराजुली
  • # विराटनगर

  • क्यानाडानेपाल डेस्क