• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

थाहा पाइराख्नुस् काठमाडौं उपत्यकाका यी क्षेत्र जहाँ कोरोना संक्रमित फेला परे, संक्रमित भेटिएपछि सात ठाउँमा सिल

आषाढ २१ २०७७
  • 21.7K
    SHARES
  • थाहा पाइराख्नुस् काठमाडौं उपत्यकाका यी क्षेत्र जहाँ कोरोना संक्रमित फेला परे, संक्रमित भेटिएपछि सात ठाउँमा सिल

    काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा मानिस र सवारीसाधनको बाक्लो उपस्थिति छ । कोरोना भाइरसको डरले देशभरका मानिस अझै घरबाट बाहिर निस्कन नसकिरहेका बेला देशकै राजधानी काठमाडौंमा भने भिडभाड बाक्लो छ । मानिसमा कोरोनाको डर र त्रास कम हुँदै गएको छ । 

    अहिलेसम्म काठमाडौं उपत्यका देशका अन्य सहरभन्दा तुलनात्मक सुरक्षित मानिँदै गए पनि पछिल्लो केही दिनयता उच्च जोखिममा परेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै एक सय ८४ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये असारमा मात्रै एक सय १४ जनामा कोरोनाको संक्रमण भएको हो । 

    १ असारयता १५ दिनमा ५१ जना संक्रमित थपिए । तर, त्यसपछिका तीन दिनमै ६३ नयाँ संक्रमित थपिएका छन् । हालसम्म संक्रमितमध्ये ३० जना भक्तपुर र १७ जना ललितपुरका हुन् । गत मंगलबार काठमाडौंमा १२ तथा ललितपुर र भक्तपुरमा एक–एकजनामा कोरोनाको संक्रमण पुष्टि भयो ।

    बुधबार पनि काठमाडौंमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई जना गरी एकैदिन १७ जना संक्रमित थपिए । बिहीबार त्यो संख्या बढेर ३२ पुग्यो । काठमाडौंका २८, ललितपुरका दुई र भक्तपुरका दुईजनामा संक्रमण भएको पुष्टि भएको थियो । शुक्रबार र शनिबार भने उपत्यकामा नयाँ संक्रमित भेटिएका छैनन् । 

    समुदायस्तरमै संक्रमण देखिन थालेको आशंकामा पछिल्लो साता ललितपुर र भक्तपुरका सात ठाउँमा सिलबन्दी गरिएको छ । थप व्यक्ति र समुदायमा फैलिन नदिन संक्रमितको क्षेत्र वरपर सिलबन्दी गरिएको हो ।महानगरीय प्रहरी कार्यालय काठमाडौंका अनुसार हाल उपत्यकामा ललितपुरको चापागाउँ र भक्तपुरका ६ ठाउँमा संक्रमण देखिएपछि संक्रमित बस्ने घर र टोल सिल गरिएका छन् । 

    भक्तपुरको कमलविनायक, बोडे, राधेराधे, चाँगुनारायण, दुवाकोट र गठ्ठाघरमा संक्रमितको घर सिलबन्दी गरिएको छ । काठमाडौंका गोकर्णेश्वर, जोरपाटी, नयाँ बानेश्वर, ठमेल, बालाजु, बालुवाटार, कपन, बुढानिलकण्ठ, टेकु, थापागाउँ, सुकेधारा, चन्द्रागिरी, ओमबहाललगायत क्षेत्रमा कोरोना संक्रमण भेटिएको छ । भक्तपुरको व्यासी, च्याम्हासिंह, कमलविनायक, चाँगुनारायण, दुवाकोट, राधेराधे, बोडे, ठिमी तथा ललितपुरका नखिपोट, भैंसेपाटी, टीकाथली, सातदोबाटो, लुभु, हात्तीवनलगायत क्षेत्रमा कोरोना संक्रमित भेटिएका छन् ।


    आषाढ २१, २०७७ आइतवार ०९:४७:०० बजे : प्रकाशित


    अर्कोसमाचार

     पाटन अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु

  • 72
    SHARES
  •  पाटन अस्पतालमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । यस्तै ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

    अस्पतालका निर्देशक डा विष्णु शर्माका अनुसार गएको १८ गते अस्पताल भर्ना भएकी  ३८ वर्षीय महिलाको आज बिहान १ बजे कोरोनाबाट मृत्यु भएको हो । कोरोना संक्रमित महिलाको आइसीयूमा उपचार भइरहेको थियो । 

    उक्त महिलामा इन्सेफ्लाइटिसको समस्या रहेको बताइएको छ । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ  
     


    श्रावण २८, २०७७ बुधवार ०९:५८:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # मृत्यु
  • # पाटन अस्पताल

  • क्यानाडानेपाल डेस्क

    जनकपुरका पूर्वमेयर गिरीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

  • 358
    SHARES
  • जनकपुरका पूर्वमेयर गिरीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु

    काठमाडौं | पछिल्लो समय नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै मंगलबार राति पनि जनकपुरमा एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा जनकपुरका पूर्वमेयर ७३ वर्षीय कृष्ण गिरी रहेका छन् । उनको कोरोनाको संक्रमणबाट मंगलबार राति मृत्यु भएको हो । स्वास्थ्मा समस्या आएपछि उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । 

    उनको मंगलबार राति नै उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनलाई १५ दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । 

    नेपाली कांग्रेसको महासमिति सदस्य रहेका उनी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए । 


    श्रावण २८, २०७७ बुधवार ०९:३६:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जनकपुर
  • # कोरोनाभाइरस
  • # मृत्यु

  • क्यानाडानेपाल डेस्क

    चितवनका १६ जनासहित थप २१ जनामा देखियो कोरोना संक्रमण

  • 386
    SHARES
  • चितवनका १६ जनासहित थप २१ जनामा देखियो कोरोना संक्रमण

    काठमाडौं - चितवनका १६ जनासहित थप २१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार ३ सय १० जनामा नमूना परीक्षण गरिएकोमा चितवनका १६ जना, बाराका १ जना, बैतडीका १ जना, तनहुँका २ जना र रौतहटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर १, ३, ४, ८, १० र ११ का ७ जना पुरुष र  ५ जना महिला रहेका छन् भने इच्छाकामना गाउँपालिका–५ की ७८ वर्षीया वृद्ध पनि रहेकी छिन् । त्यस्तै सिमरा–९ बाराका ४५ वर्षीय पुरुष,  दिलासैनी–३ बैतडीका ४० वर्षीय पुरुष र रौतहटकी ८ वर्षीया बालिका रहेकी छिन् । 


     


    श्रावण २८, २०७७ बुधवार ०९:०९:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चितवन
  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    डोटीमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ३२ जना घाइते

  • 168
    SHARES
  • डोटीमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ३२ जना घाइते

    काठमाडौं - डोटीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा दुर्घटना भएको हो । 

    दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको र मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 
     
    घाइते भएकाहरुको उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जनाइएको छ । बस सडकबाट ३० मिटर तल खसेको बताइएको छ । 


    श्रावण २८, २०७७ बुधवार ०८:५३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डोटीमा बस दुर्घटना
  • # मृत्यु

  • क्यानाडानेपाल डेस्क

    निधन भएको ६ दिनपछि पूर्वमन्त्री बस्नेतका बाबुमा कोरोना पुष्टि, सयौंको संख्यामा थिए मलामी

  • 182
    SHARES
  • निधन भएको ६ दिनपछि पूर्वमन्त्री बस्नेतका बाबुमा कोरोना पुष्टि, सयौंको संख्यामा थिए मलामी

    काठमाडौं - काँग्रेस नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतका बाबुलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेता बस्नेतका बुबाको एक हप्ताअघि काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा निधन भएको थियो । 

    निधन भएको ६ दिनपछि मंगलबार स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले मनमोहन कार्डियो भास्कुलरमा निधन भएका वृद्धामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । 

    बस्नेतका बाबुको मलामीमा करिब २२ सय जना गएको बताइएको छ । कोरोना भएको व्यक्तिको मलामि गएपछि सिन्धुपाल्चोकको बाह्रविसेमा त्रास फैलिएको बताइएको छ । 


    काँग्रेस नेता बस्नेतले भने सामाजिक सञ्जालमार्फत आफ्ना बाबुको मृत्यु मिर्गौलाले काम नगरेपछि भएको डाक्टरहरुले जानकारी दिएको बताएका छन् । उनले मनमोहन कार्डियो भास्कुलर लैजानु अघि  कोरोना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको बताएका छन् । 

    उनले भनेका छन् - सम्पुर्णमा अपिल! हाम्रो ८४ वर्षिय पुजनिय पिताको मृत्युमा समेत राजनितिक कुचेष्टा सहित हस्पिटल बाट जबरजस्ती पि सि आर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सम्पुर्ण सन्चार माध्यम प्रती गहिरो खेद प्रकट गर्दछु। वास्तवमा बुबाको मृत्यु दुवै किड्नीको खराबीको कारणले यहि मिति २०७७/०४/२२ गते ११:४५ मा भएको थियो। उपचारमा सम्लग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पुर्णमा जानकारी गराउदछौं । 

    शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो । पहिला उपचार पछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुन समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो  डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं।  

    दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट  एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं । यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राती नै शब लैजान भन्ने अमानवीय हर्कद भयो ? मोहन बहादुर बस्नेत केन्द्रिय सदस्य नेपाली काङ्ग्रेस ।।

    samm.PNG


    श्रावण २८, २०७७ बुधवार ०८:३९:५५ बजे : प्रकाशित

    नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 562
    SHARES
  • नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै सप्तरीमा मंगलबार राति कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भएका ८० वर्षीय वृद्व रहेका छन् । उनलाई लगायतार ज्वरो आए कोरोना परिक्षण गरिएको थियो । उनको मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारको लागि एम्बुलेन्समा लैजादै गर्दा मृत्यु भएको हो । 

    राजविराज ६ स्थित सिरहा रोडमा बस्दै आएकी उनी मुटु, थाइराइड, सुगर, उच्च रक्तचापबाट पीडित रहेका थिए । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । 


    श्रावण २८, २०७७ बुधवार ०८:०७:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क