• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

यो साता चर्चामा:

सिरि ए : युभेन्ट्सको नमिठो हार

आषाढ २४ २०७७
  • 1.2K
    SHARES
  • सिरि ए : युभेन्ट्सको नमिठो हार

    काठमाडौं - गएराति सिरि ए अन्तर्गत भएको खेलमा युभेन्ट्स पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा युभेन्ट्स एसी मिलानसँग ४–२ गोलले पराजित भएको हो । 

    उक्त खेलको ४७ औं मिनेटमा युभेन्ट्सका मिडफिल्डर एड्रियन राबिओटले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि  राबिओटले गरेको गोलको ५ मिनेटमा नै क्रिस्टियानो रोनाल्डोले गोल गरी अग्रता दोब्बर बनाए । 

    त्यसपछि खेलको ६२ औं मिनेटमा ज्लाटन इब्राहिमोबिक, ६६ मिनेटमा फ्राङ्क केस्सेइ र ६७ औं मिनेटमा राफेल लेओले गोल गरे । त्यसपछि खेलको ८० औं मिनेटमा एन्टे रेबिकले गरी एसी मिलानलाई जित दिलाए । जितसँगै एसी मिलान क्लब ४९ अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ । भने युभेन्ट्सले लिगमा १० अंकको अग्रता लिने अवसर गुमाएको छ । 
     
     


    आषाढ २४, २०७७ बुधवार ०१:२७:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    मेस्सी चम्किदा बार्सिलोना पुग्यो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा

  • 138
    SHARES
  • मेस्सी चम्किदा बार्सिलोना पुग्यो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा

    काठमाडौं । शनिवार राति युएफा च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले नापोलीलाई ३–१ गोलले पराजित गर्दै समग्रमा ४–१ को नतिजा सहित क्वाटरफाइनलमा प्रबेश गरेको हो । 

    उक्त खेलमा बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले गरे । यसैबिच पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वार्टरफाईनलमा अब जर्मन क्लब बायर्न म्युनिखसंग खेल्नेछ । 


     


    श्रावण २५, २०७७ आइतवार ०९:११:५० बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

  • 160
    SHARES
  • सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । 
        
    सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बसेका छन् । उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दिपको पनि परीक्षण गरिएको हो । सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । 

    त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताए । सिपिएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन् । नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराएका थिए । त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो । 
        
    सन्दिपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । उनले तेस्रोपटक सिपिएल खेल्दै हुनुहुन्छ । यसअघि उनले सन् २०१८ र सन् २०१९ मा सिपिएल खेलेका थिए । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । रासस 


    श्रावण २४, २०७७ शनिवार १२:३६:२९ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    सानदार जित निकाल्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रबेश

  • 72
    SHARES
  • सानदार जित निकाल्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रबेश

    काठमाडौं - गएराति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा म्यान्चेस्टर सिटीले  रियल  मड्रिडलाई २-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

    उक्त खेलमा म्यान्चेस्टर सिटीको लागि रहिम स्टर्लिङ र ग्याब्रीएल जेससले एक एक गोल गरे भने रियलका करिम बेन्जेमाले एक गोल गरे । 

    उक्त खेलको ९ औं मिनेटमा स्टर्लिङले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २८ औं मिनेटमा रियलका बेन्जेमाले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    त्यसपछि खेलको ६८ औं मिनेटमा सिटीका जेससले गोल गरी टिमलाई जित दिलाए । जितसँगै सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रबेश गरेको छ । 


    श्रावण २४, २०७७ शनिवार १२:२८:०२ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    सानदार जित निकाल्दै सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रबेश

    Canada Nepal

    श्रावण २३

  • 42
    SHARES
  • सानदार जित निकाल्दै सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रबेश

    काठमाडौं - बिहीवार राति भएको खेलमा सानदार जित निकाल्दै सेभिल्ला युरोपा कपको क्वाटर फाइनलमा प्रबेश गरेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा सेभिल्लाले इटालियन सिरि ए क्लब रोमालाई २-० गोलले पराजित गरेको हो । 

    उक्त खेलको २१ औं मिनेटमा सेभिल्लाका सर्जियो रेगुईलनले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अन्तिम समयमा सेभिल्लाका यूसुफ एन नेसरीले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । 

    त्यसपछि खेलको अन्तिम समयमा रोमाका गिएन्लुका मन्सिनिले रातो  कार्ड पाएर बाहिरिए । मन्सिनि मैदानबाट बाहिरीए पछि टिम १० खेलाडीमा समेटिएको थियो । दोस्रो हाफभरी पनि दुबै टिमबाट गोल हुन सकेन । 


    श्रावण २३, २०७७ शुक्रवार १९:१६:०४ बजे : प्रकाशित

    युरोपा लिग : सानदार जित निकाल्दै इन्टर मिलान र म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रबेश

    Canada Nepal

    श्रावण २३

  • 38
    SHARES
  • युरोपा लिग : सानदार जित निकाल्दै इन्टर मिलान र म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रबेश

    काठमाडौं - बुधबार राति युरोपा लिग अन्तर्गत भएको खेलमा इन्टर मिलानले सानदार जित निकालेको छ । रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले गेटाफेलाई २-० गोलले पराजित गर्दै युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

    खेलमा इन्टरको जितमा खेलको ३३ औं मिनेटमा लुकाकुले र  ८३ औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गरे । जितसँग इन्टर युरोपा लिगको क्वाटरफाइनलमा प्रबेश गरेको छ । त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लास्कलाई पराजित गरेको छ । 

    युनाइटेडले लास्कलाई २-१ गोलले पराजित गर्न सफल भयो । खेलमा युनाइटेडको लागी जेस्से लिंगार्ड र एन्थोनी मार्सियलले एक एक गोल र  लास्कका लागि  फिलिप विएसिंगरले गोल गरे । जितसँगै म्यानचेस्टर युनाइटेड पनि लिगको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।  


    श्रावण २३, २०७७ शुक्रवार १८:२१:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • विश्व चर्चित गोलकिपर कासिलासले गरे सन्यास लिने घोषणा

    Canada Nepal

    श्रावण २०

  • 164
    SHARES
  • विश्व चर्चित गोलकिपर कासिलासले गरे सन्यास लिने घोषणा

    एजेन्सी । विश्व चर्चित खेलाडी तथा स्पेनका लेजेन्ड गोलकिपर इकर कासिलासले सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय  कासिलासले खेलाडी जीवनबाट टाढा रहने निर्णय गरेका हुन् । उनले मंगलबार फुटबल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । 

    गएको मे मा हार्ट अट्याकको समस्या भएपछि उनी उपचारको क्रममा रहेका थिए । हाल पोर्चुगलको पोर्टो एफसीमा  रहेका उनले अब फुटबल नखेल्ने बताएका हुन् । उनलाई विश्वकै महान गोलरक्षकको रुपमा पनि लिने गरिन्छ । उनी रियलबाट १६ बर्षदेखी खेल्दै आएका थिए ।   

    क्यासिलासले ३ च्याम्पियन्स लिग तथा पाँच ला लिगा उपाधि हात पारेका थिए। उनी गोल किपर रहेको स्पेनी टोलीले सन् २०१० मा पहिलो पटक फिफा विश्वकप जितेको थियो । 

     


    श्रावण २०, २०७७ मंगलवार १२:१९:०० बजे : प्रकाशित