• Aug 12 2020 | २०७७, श्रावण २८गते

२०७७, श्रावण २८गते

यो साता चर्चामा:

क्रिकेटर गाँगुलीले भने - चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त छैन

आषाढ २४ २०७७
  • 316
    SHARES
  • क्रिकेटर गाँगुलीले भने - चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त छैन

    नयाँदिल्ली, एएफपी – भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताउनु भएको छ । क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित गर्नेगरी प्रस्ताव गरेको छ । 

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ देखि लागू हुनेगरी टेस्ट क्रिकेटलाई चार दिनमा सीमित गर्न प्रस्ताव गरेको छ । 

    विगतमा दक्षिण अफ्रिका र मोजाम्बिक तथा इङ्ल्यान्ड र आइरल्यान्डबीच अन्तर्राष्ट्रिय मान्यताप्राप्त चार दिने टेस्ट खेल भइसकेका छन् । तर भारतीय क्रिकेट बोर्डले आइसीसीको उक्त धारणाको विरोध गर्दै आएको छ ।

    भारतीय क्रिकेट बोर्डले आयोजना गरेको अनलाइन छलफलमा गाँगुलीले भन्नुभयो, “मलाई चार दिने टेस्ट खेलमा त्यति रुची छैन किनभने मेरो विचारमा अधिकांश टेस्ट खेलको नतिजा चार दिनमा आउँदैन ।”

    उहाँले खेल चार दिनमा सीमित भएपछि खेल्ने शैलीमै परिवर्तन आउँछ भन्नुभयो । उहाँले पाँच दिने टेस्ट खेल निकै प्रतिस्पर्धात्मक र उत्कृष्ट रहेको बताउनुभयो ।

    विश्व क्रिकेट परिषदको अध्यक्षका दाबेदार समेत मानिएका गाँगुलीले दिवा–राति टेस्ट खेल हुन सक्ने बताउनुभयो । सन् २०१८ मा अस्ट्रेलियासँग रात्रि टेस्ट खेल्न अस्वीकार गरेको भारतले गत वर्ष बंगलादेशसँग कोलकातामा गुलाबी बल प्रयोग गर्न सहमति जनाएको थियो ।

    दुई खेलको यस शृङ्खला अन्तर्गत कोलकाताको खेल तीन दिनभित्रै समाप्त भएको थियो । यो शृङ्खला भारतले २–० ले जितेको थियो ।
     


    आषाढ २४, २०७७ बुधवार ०९:३३:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    सानदार जित निकाल्दै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रबेश

  • 178
    SHARES
  • सानदार जित निकाल्दै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रबेश

    काठमाडौं - गए राति युरोपा लिग अन्तर्गत भएको खेलमा स्पेनिस ला लिगा क्लब सेभिल्लाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा सेभिल्लाले प्रीमियर लिग क्लब वुल्भ्सलाई १-० गोलले पराजित गरेको हो । 

    जितसँगै सेभिल्ला युरोपा लिगको सेमिफाइनलमा प्रबेश गरेको छ । उक्त खेलमा  सेभिल्लालाई जित दिलाउन लुकास ओकाम्पसले गोल गरे । 

    उनले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा कुनै गोल नभएपनि दोस्रो हाफमा गोल गरी सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । 

     


    श्रावण २८, २०७७ बुधवार ०७:२०:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग
  • # सेभिल्ला
  • # वुल्भ्स

  • क्यानाडानेपाल डेस्क

    सानदार जित निकाल्दै इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रबेश

  • 146
    SHARES
  • सानदार जित निकाल्दै इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रबेश


    काठमाडौं - सोमबार राति युरोपा लिग अन्तर्गत भएको खेलमा इटालियन सिरि ए क्लब इन्टर मिलानले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले जर्मन क्लब बायर लेभरकुसेनलाई २-१ गोलले हराउदै लिगको सेमिफाइनलमा पुगेको हो । उक्त खेलको १५ औं मिनेटमा  इन्टर मिलानका निकोलो बेरेल्लाले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि बेरेल्लाले गोल गरेको ६ मिनेटमै रोमेरो लुकाकुले गोल गरी इन्टर मिलानलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको २४ औं मिनेटमा लेभरकुसेनका काई हाभर्टले गोल गरे। जितसँगै इन्टर मिलान  युरोपा लिगको सेमिफाइनलमा प्रबेश गरेको छ । 


     
     


    श्रावण २७, २०७७ मंगलवार ०८:०२:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग
  • # इन्टर मिलान
  • # बायर लेभरकुसेन

  • क्यानाडानेपाल डेस्क

    डब्ल्यूडब्ल्यूईका चर्चित रेस्लर कमालाको निधन 

  • 256
    SHARES
  • डब्ल्यूडब्ल्यूईका चर्चित रेस्लर कमालाको निधन 

    काठमाडौं । डब्ल्यूडब्ल्यूईका एक चर्चित रेस्लरको निधन भएको छ ।  रेस्लर जेम्स ‘कमाला’ श्यारिसको ७० वर्षको उमेरमा निधन भएको छ । उनको निधनले डब्ल्यूडब्ल्यूईले पनि सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेको छ । 
     
    कमालाको अटोबायोग्राफीका सह लेखक क्यानी क्उासनोवाले पनि उनको निधन भएको सामाजिक सञ्जालमा बताएका छन् । कमाला पहिलेदेखी नै विभिन्न रोगबाट पिडित रहेको बताइएको छ । उनको खुट्टामा समस्या रहेको बताइएको छ । उनी ८० को दशकमा सुपरस्टार थिए । 

    kk.PNG


    श्रावण २६, २०७७ सोमवार १८:३९:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डब्ल्यूडब्ल्यूई
  • # निधन
  • # रेस्लर

  • क्यानाडानेपाल डेस्क

    मेस्सी चम्किदा बार्सिलोना पुग्यो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा

  • 278
    SHARES
  • मेस्सी चम्किदा बार्सिलोना पुग्यो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा

    काठमाडौं । शनिवार राति युएफा च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले नापोलीलाई ३–१ गोलले पराजित गर्दै समग्रमा ४–१ को नतिजा सहित क्वाटरफाइनलमा प्रबेश गरेको हो । 

    उक्त खेलमा बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले गरे । यसैबिच पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वार्टरफाईनलमा अब जर्मन क्लब बायर्न म्युनिखसंग खेल्नेछ । 


     


    श्रावण २५, २०७७ आइतवार ०९:११:५० बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

  • 226
    SHARES
  • सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । 
        
    सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बसेका छन् । उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दिपको पनि परीक्षण गरिएको हो । सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । 

    त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताए । सिपिएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन् । नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराएका थिए । त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो । 
        
    सन्दिपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । उनले तेस्रोपटक सिपिएल खेल्दै हुनुहुन्छ । यसअघि उनले सन् २०१८ र सन् २०१९ मा सिपिएल खेलेका थिए । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । रासस 


    श्रावण २४, २०७७ शनिवार १२:३६:२९ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    सानदार जित निकाल्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रबेश

  • 146
    SHARES
  • सानदार जित निकाल्दै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रबेश

    काठमाडौं - गएराति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा म्यान्चेस्टर सिटीले  रियल  मड्रिडलाई २-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

    उक्त खेलमा म्यान्चेस्टर सिटीको लागि रहिम स्टर्लिङ र ग्याब्रीएल जेससले एक एक गोल गरे भने रियलका करिम बेन्जेमाले एक गोल गरे । 

    उक्त खेलको ९ औं मिनेटमा स्टर्लिङले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २८ औं मिनेटमा रियलका बेन्जेमाले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    त्यसपछि खेलको ६८ औं मिनेटमा सिटीका जेससले गोल गरी टिमलाई जित दिलाए । जितसँगै सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रबेश गरेको छ । 


    श्रावण २४, २०७७ शनिवार १२:२८:०२ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क